तेस्रो गल्याङ महोत्सवको तयारी
जिल्लाको तेस्रो व्यापािरक केन्द्रको रुपमा रहेको गल्याङमा औद्योगिक व्यापार तथा कृषि महोत्सवको आयोजना गर्न लागिएको हो ।
भारतका सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमामा निरन्तर निरीक्षण
भारतको उत्तरप्रदेश राज्यमा वैशाखमा हुने लोकसभाको निर्वाचनका लागि सीमावर्ती भारतीय जिल्लाका सुरक्षा प्रमुखहरुले सिमानाको सुरक्षा अवस्थाबारे विभिन्न नाकामा पुगेर निरन्तर निरीक्षण गरिरहेका छन् ।
मार्चमा दक्षिण कोरियाको बेरोजगारी दर ९.१ प्रतिशतले घट्यो
मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ ।
मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु
मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ ।
धुलाम्य सडक तत्काल व्यवस्थित गर्न आग्रह
बाँकेको हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडक खण्डमा पर्ने सडक धुलाम्य र कष्टकर बनेको भन्दै सडकलाई तत्काल व्यवस्थित गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइएको छ ।
शैक्षिक सत्र सुरु नहुँदै कोशी प्रदेशका विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक
कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता व्यहोरेका विद्यार्थीहरूले यसपटक समयमै पुस्तक पाउने भएका हुन् ।
आप्रवासनसम्बन्धी नयाँ नियमका लागि ईयूले बुधबार मतदान गर्ने
युरोपेली सङघ (ईयू) ले आप्रवासन नीतिमा व्यापक फेरबदल गर्ने विषयमा बुधबार मतदान गर्ने भएको छ । मतदानले नयाँ प्रस्ताव पारित गरेमाविशेष गरी शरणार्थीहरूका लागि प्रवेश प्रक्रियालाई कडा बनाउनेछ र समूहका सबै देशहरूले जिम्मेवारी साझेदारी गर्न आवश्यक हुनेछ ।
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार
नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।
हेटौँडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता
हेटौँडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यता पाएको छ ।
इजरायलद्वारा दक्षिणी गाजाबाट सेना फिर्ता
इजरायलले आइतबार दक्षिणी गाजाबाट एउटा ब्रिगेड बाहेक सबै जमिन सेना फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकहरूलाई फर्किन रोकेको छ ।
‘मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’
विसं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किंदै हुनुहुन्थ्यो जनकपुरधामकी मञ्जुला ठाकुर ।
सबै धर्मको सम्मानले राष्ट्रिय एकता बलियो हुने
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले एक अर्काको धर्म र संस्कृतिको सम्मानले समृद्ध एवम् सवल समाज निर्माण हुनुका साथै राष्ट्रिय एकता बलियो हुने बताउनु भएको छ ।
लुम्बिनी सरकारको प्रवक्तामा पुन
लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दीपेन्द्रकुमार पुन मगरलाई दिइएको छ । विना विभागिय मन्त्रीको रुपमा नियुक्त हुनुभएका मन्त्री पुनलाई सरकारको प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो ।
सिङ्गो गाउँको एउटै खलाे
मानेभञ्ज्याङ गाउँपालिका ८ राघवपुर छाप गाउँको बिचमा एउटा खलाे छ । धान, गहुँ, कोदो, भटमासलगायत दाल तथा अन्न कुट्न झार्नका लागि जमिनलाई सम्याएर बनाइएको ठाउँलाई खलाे भनिन्छ ।
जनतामा आशा जगाउने काम मात्र गर्छौं : मन्त्री गिरी
सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताउनुभएको छ ।
एरिका अमेरिकामा नौ लाख नगदसहित सम्मानित
नेपालकी कराते स्टार एरिका गुरुङ अमेरिकामा नौ लाख रुपियाँभन्दा बढी नगद पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवक बेपत्ता
शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् ।
हेटौँडा–काठमाडौँ छोटो दूरीको मार्ग बन्द
हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक भोलि मङ्गलवारबाट बन्द हुने भएको छ ।
उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित
इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।
सरकार गठनमा नागरिक उन्मुक्ति निर्णायक
सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ । यसअघिको गठबन्धन सरकारबाट बाहिरिएको नागरिक उन्मुक्ति पार्टी नयाँ सरकार गठनका लागि निर्णायक देखिएको हो । नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेपछि सो पार्टी प्रदेश सरकारबाट हटेको थियो । बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिनुभएको थियो ।
भोली मादीमा सार्वजनिक बिदा
कास्कीको मादी गाउँपालिकाले चैत २७ गते मङ्गलवार सार्वजनिक बिदा दिएको छ । गुरुङ जातिको पर्व ट्होटेको अवसरमा पालिकाले बिदा दिएको हो ।
आजको मौसम: पश्चिमी वायुको प्रभावले आंशिक बदली कायमै
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण
मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो ।
कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले स्वास्थ्य सेवा संस्थाले सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने तथा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण गरी सेवाको दुरुपयोग गर्न नहुने धारणा राख्नुभयो ।