फडिन्द्र अधिकारी
लेखनाथ, चैत २६ गते । कास्कीको मादी गाउँपालिकाले चैत २७ गते मङ्गलवार सार्वजनिक बिदा दिएको छ । गुरुङ जातिको पर्व ट्होटेको अवसरमा पालिकाले बिदा दिएको हो ।
मङ्गलवार पालिका अन्तर्गतका सबै कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष देवीजंग गुरुङले जानकारी दिनुभयो । उहाँले ट्होटेको अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदाय लगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामनासमेत गर्नुभएको छ ।
गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मङ्गलवार यो पर्व मनाउने चलन छ ।