काठमाडौँ, माघ १७ गते । एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी हेटौँडामा जारी २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
प्रतियोगिता अन्तर्गत आठौँ चरणको खेल सम्पन्न हुँदा रुपेशले सिएम नवीन तण्डुकालाई पराजित गर्नुभयो । अर्को खेलमा उहाँले पुरुषोत्तम सिलवालसँग बराबरी खेल्नुभयो ।
प्रतियोगितामा एफएम क्षितिज भण्डारी, काठमाडौँका पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले संयुक्त दोस्रो स्थानमा हुनुहुन्छ ।
यसैगरी महिलातर्फ नेशनल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको मुखमा हुहुन्छ । यस्तै उदीयमान खेलाडीद्वय बाँकेकी ईशा गिरि र काठमाडौँकी एञ्जल महर्जन दोस्रो स्थानमा हुनुहुन्छ ।