• १८ पुस २०८१, बिहिबार

‘बोगटीको अभाव महसुस भइरहन्छ’

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, चैत्र २४ गते । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधैँ अभाव महसुस हुने गरेको बताउनुभएको छ ।

शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।


कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ । उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो ।’’

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महसुस हुने गरेको प्रधानमन्त्रीले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो । पार्टीमा उहाँको अभाव खड्किरहन्छ ।’’