फुटबलसँगै नेपाल चीन सांस्कृतिक आदनप्रदानको अवसर
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चीनको चिङ्घाइ फुटबल क्लबसँग शनिबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि राम्रो अवसर भएको बताउनुभएको छ ।
इरानलाई हराउँदै कतार फाइनलमा
आयोजक कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहामा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा कतारले इरानलाई ३–२ गोलले हरायो ।
मेयर कप फुटबल : सेन्ट जेभियर्स र मोडेल एकेडेमी च्याम्पियन
नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्र) र नेपालगन्ज मोडेल एकेडेमी (छात्रा)मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
मच्छिन्द्रलाई यु–१६ फुटबल लिग उपाधि
एन्फा यु–१६ फुटबल लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।
दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा
जोर्डन कतारमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहामा मङ्गलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २–० गोलले हरायो ।
चिनियाँ युवा फुटबल टोली नेपालमा
दशरथ रङ्गशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न चिनियाँ युवा टोली बुधबार काठमाडौँ आइपुगेको छ । नेपालले चीनको चिङ्घाइ फुटबल क्लबसँग माघ २७ गते शनिबार मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।
न्यू दर्पण क्लबलाई डाँफे कपको उपाधि
बाँकेको खजुरा गाउँपालिका–४ ईगाउँस्थित न्यू दर्पण युवा स्पोर्टस् क्लबले पहिलो पटक डाँफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
साफ यु–१९ महिला फुटबल : नेपाललाई हराउँदै भारत फाइनलमा
भारत बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा मङ्गलबार भारतले नेपाललाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
मेयर कप फुटबल फाइनल बुधबार
नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । फाइनल खेलको तयारी पूरा भएको आयोजक बाँके जिल्ला फुटबल सङ्घले जनाएको छ ।