काठमाडौँ, पुस २२ गते । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाविरुद्ध गोलवर्षा गरेको छ ।
सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा एपिएफले वालिङलाई ९–० गोलले हरायो ।
एकपक्षीय खेलमा एपिएफको जितमा रश्मीकुमारी घिसिङले चार गोल गर्नुभयो । गीता राना र सरु लिम्बुले दुई दुई तथा अनिता केसीले एक गोल गर्नुभयो ।