• १४ पुस २०८१, आइतबार

मच्छिन्द्र फाल्गुनन्द गोल्डकपको फाइनलमा

blog

सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै मच्छिन्द्र र चर्च ब्वाइजका खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल 

फिदिम, पुस १३ गते । मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिमस्थित फिदिम माविको खेल मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) क्लबलाई १–० गोलले हरायो । 

मच्छिन्द्रको जितमा दयानन्द इङलाबमले गोल गर्नुभयो । मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दि म्याच घोषित हुँदै १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । सोमबार हुने फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज क्लबबिच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपियाँ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।