काठमाडौँ, पुस २१ गते । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको विभागीय डर्बीमा दुवै टोलीले पाएको अवसर गुमाएका थिए ।
पहिलो हाफमा पुलिसकी पूजा रानाको गोललाई रेफ्रीले मान्यता नदिएपछि विवादको कारण खेल २५ मिनेट रोकिएको थियो ।