काठमाडौँ, पुस २५ गते । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा नेपाल पुलिस क्लबलाई सजिलै हराएको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसलाई ६–० गोलले हरायो । अघिल्लो चरणमा एपिएफ र पुलिसले गोलरहित बराबरी खेलेका थिए।
माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा पाँच टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । जसमा आर्मी र बागमतीसहित नेपाल पुलिस, नेपाल एपिएफ क्लब र वालिङ नगरपालिका रहेको छ ।