काठमाडौँ, पुस १८ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणमा बागमती युवा क्लबमाथि सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा आर्मीले बागमतीलाई २–० गोलले हरायो । आर्मीको जितमा दुवै गोल विमलाले गर्नुभयो । उहाँले २५औँ र ७१औँ मिनेटमा गोल गर्दै आर्मीलाई सजिलै जिताउनुभयो ।
सामेबारदेखि सुरु भएको दोस्रो चरणको लिगको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुभयो । माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा पाँच टोलीबिच प्रतिस्पर्धा हुनेछ ।
जसमा आर्मी र बागमतीसहित नेपाल पुलिस, नेपाल एपिएफ क्लब र वालिङ नगरपालिका रहेको छ ।