काठमाडौँ, पुस २३ गते । नेपाल पुलिस क्लबले एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा बागमती प्रदेशमाथि सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले बागमतीलाई २–० गोलले हरायो । पुलिसको जितमा निरु थापा र पूजा रानाले गोल गर्नुभयो ।
यसअघि पहिलो चरणको लिगमा पनि पुलिसले बागमतीलाई १–० गोलले हराएको थियो । माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा पाँच टोलीबिच प्रतिस्पर्धा हुनेछ ।
जसमा आर्मी र बागमतीसहित नेपाल पुलिस, नेपाल एपिएफ क्लब र वालिङ नगरपालिका रहेको छ ।