आयोगले जारी गर्यो सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि
निर्वाचन आयोगले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि चुनाव प्रचारप्रसार र मतदानको दिन सवारीसाधन प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन सो कार्यविधि जारी गरिएको जानकारी दिनुभयो । निर्वाचन आयोग ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी आयोगले सो कार्यविधि जारी गरेको हो ।
युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् ।
म्याग्दीमा निर्वाचन केन्द्रित प्रशासनिक तयारी तीव्र
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय म्याग्दीले तयारीलाई तीव्र पारेको छ ।
तोकिएको मितिमै निर्वाचन हुन्छः संयोजक प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हुने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिएका छन्।
निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकार बङ्गलादेशमा
बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औँ आम चुनाव र जुलाईमा हुने जनमत संग्रह अनुगमन गर्न कम्तिमा ३९४ जना अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक र १९७ विदेशी पत्रकार बंगलादेश आइपुगेको जनाइएको छ ।
मधेसमा शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित छन् : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार उपेन्द्र यादवले वर्तमान राज्य व्यवस्था नागरिकलाई मौलिक आधारभूत सेवा प्रदान गर्न असफल भएको बताउनुभएको छ ।
एघार मतदान केन्द्र : सयभन्दा कम मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङका एघार मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता सङ्ख्या रहेको छ ।
भूमि समस्या समाधानका लागि उम्मेदवार प्रतिबद्ध
भूमिहीनले भूमि समस्या समाधानका लागि उम्मेदवारका प्रतिबद्धता खोज्दै आफ्ना माग घोषणापत्रमा समावेश गर्न ध्यानाकर्षणपत्र बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बर्दिया क्षेत्र नं. १ का भूमिहीनले उम्मेदवारसँग प्रतिबद्धता खोजेका हुन् । लामो समयदेखि विभिन्न समस्या झेल्दै आएका उनीहरूले समस्या समाधानका लागि के कस्ता एजेन्डा छन् भनेर प्रश्न गरेका छन् ।
सिन्धुली–२ मा रोचक भिडन्त
सिन्धुली जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन रोचक बन्दै गएको छ । पाँच स्वतन्त्रसहित १६ जना उम्मेदवार रहेको यस क्षेत्रमा चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले आफ्नै पार्टीका बागी उम्मेदवारको सामना गर्नु परेको छ ।
धमलाका लागि स्थानीय उम्मेदवार चुनौती
मत माग्ने शैलीका कारण रौतहट क्षेत्र नं. ४ मा चर्चामा रहनुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवारी ऋषि धमलालाई त्यहाँका स्थानीय उम्मेदवारसँग भिड्न चुनौती रहेको छ ।
दोलखामा मुख्य चार दलको प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा एक निर्वाचन क्षेत्रमा दोलखाका मुख्य चार दलको प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारी मनोनयन दर्ता गराएका १४ दलमध्ये नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
हरेक पालिकामा अनुगमनकर्ता खटाइँदै
सल्यान जिल्लाका ८३ वटै वडामा सञ्चालन हुन लागेको मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वयंसेवकहरूको नियमित अनुगमन गरिने भएको छ ।
लमजुङमा प्रत्यक्षतर्फ एक्लो महिला उम्मेदवार, मतदातासँग बेखबर
पुरुषभन्दा महिला मतदाता सङ्ख्या धेरै भएको लमजुङमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ एकजना मात्र महिला उम्मेदवार रहनुभएको छ । प्रत्यक्षतर्फका ११ पुरुष उम्मेदवारसँग एक्लो महिला उम्मेदवार निर्वाचनमा होमिनुभएको हो ।
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र–३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा छन् ।
पूर्वाधारमा निजी लगानी ल्याउन नयाँ मोडेलको तयारी
लगानी बोर्ड नेपालले स्विस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलमा आधारित भई पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी परिचालन गर्ने भएको छ । लगानी बोर्ड नेपालले ग्रिन ग्रोथ नेपालसँगको सहकार्यमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डले आह्वान नगरिएका प्रस्ताव पनि अघि बढाउने तयारी गरेको र त्यसका लागि बोर्डले स्विस च्यालेन्ज विधिबाट प्रस्ताव मूल्याङ्कन कार्यविधिको मसौदा तयार पारेको जानकारी दिनुभयो ।
फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन
आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगले राजनीतिक दललाई निर्देशन दिएको छ ।
पाँच वर्षमा १० प्रतिशतको आर्थिक वृद्धि र गरिबी ५ प्रतिशतमा झार्ने नेकपाको लक्ष्य
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी ५ वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाको निर्वाचन : नेकपाको संक्षिप्त ‘प्रतिबद्धता पत्र’ सार्वजनिक
नेपाली कम्युनिस्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
मधेसको नेता होइन, बेटा बन्न आएको हुँ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेसको नेता बन्न नभई बेटा (छोरा) बन्न मधेस आएको बताउनुभएको छ ।
निर्वाचन प्रहरीलाई नमुना मतदानको अभ्यास (फोटो फिचर)
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने तालिमप्राप्त निर्वाचन प्रहरीलाई नमुना मतदान स्थलको अभ्यास गराइएको छ ।
देश बनाउने र बदल्ने शक्ति रूपान्तरित कांग्रेसमा छ : सहमहामन्त्री सङ्ग्रौला
नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाले रूपान्तरित नेपाली कांग्रेसमा मात्र देश बनाउने र बदल्ने शक्ति रहेको बताउनुभएको छ ।
सुकुम्वासी समस्या समाधानमा प्राथमिकता
सुकुम्वासी समस्या समाधान गर्नु नै श्रम संस्कृति पार्टीको मुख्य राजनीतिक एजेन्डा रहेको पार्टीका उम्मेदवारहरूले बताएका छन् ।
निर्वाचन आचार संहिता कार्यान्वयन गर्न माग
आगामी फागुन २१ गतेको निर्वाचनका लागि इलाममा निर्वाचन आचार संहितासम्बन्धी अन्तरक्रियामा आचारसंहिता कार्यान्वयनको माग गरिएको छ ।
एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् ।