धनकुटामा आइपुग्यो निर्वाचनका लागि मतपत्र
धनकुटामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ ।
भाषण होइन, अब काम गरेर देखाउँछु : नेता कोइराला
पाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइराला यतिबेला विराटनगरका भित्री बस्ती र टोलहरूमा पुगेर जनभावना बुझ्न व्यस्त हुनुहुन्छ ।
निर्वाचन नहुने शङ्का हट्यो : अर्थमन्त्री
अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने शङ्का हटेको बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले शुरुवाती दिनहरुमा अनेकौँ चुनौतीहरु आइपरेपनि निरन्तरको संवाद र दलहरुसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताउनुभएको हो ।
पार्टीको झन्डा जलाएको विरोधमा एमालेको आपत्ति
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजारभन्दा बढी जनशक्ति
सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दाबढी जनशक्ति जिल्लामा खटिएका छन् ।
ठाडीका मतदाता विश्वसनीय प्रतिवद्धतामा केन्द्रित
सिरहा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत भारतीय सीमासँग जोडिएको भागानपुर गाउँपालिका वडा नम्बर ४ ठाडी बजारका मतदाताहरू विगतका अधुरो प्रतिवद्धताका कारण यस पटकको निर्वाचनमा विश्वसनीय प्रतिवद्धता खोजिरहेका छन्।
निर्वाचन सुरक्षामा संवेदनशीलता सुनिश्चित गर्दै सशस्त्र प्रहरी परिचालन निर्देशन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल परिचालन हुनुपर्ने निर्देशन अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले दिनुभएको छ।
बाजुरामा देउडा खेलेर मत माग्दै उम्मेदवार
बाजुरामा चुनावी सरगर्मी तीव्र बनेको छ । यहाँका सात दल र एक स्वतन्त्र उम्मेदवार आ–आफ्ना अभियान तीव्र पार्दै मतदाता भेटघाट र घरदैलोमा सक्रिय रहेका छन् ।
लमजुङमा बदलिँदो चुनाव प्रचार : डिजिटलसहित प्रत्यक्ष भेटघाटमा जोड
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा यसपटक राजनीतिक दलहरूले पुराना चुनावी शैली परिवर्तन गरेका छन् । ठुला सभाभन्दा पनि टोल–बस्तीमा बैठक, घरदैलो र साना कार्यक्रम सञ्चालन गर्दै सामाजिक सञ्जालमार्फत प्रचारलाई प्राथमिकता दिइएको छ ।
मतदाता रिझाउन नेपाल जनता पार्टीको नयाँ शैली
नेपाल जनता पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदातालाई आकर्षित गर्न नयाँ शैली अपनाएर बिहीबार अभियानको औपचारिक सुरुवात गरिएको हो ।
भारतीय नम्बर प्लेटका सवारी आचारसंहिता विपरीत प्रयोग
रौतहटमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका सवारी साधन उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा प्रयोग गरिरहेको पाइएको छ ।
स्याङ्जा–१ मा कांग्रेस उम्मेदवार ढकालको दस बुँदे सङ्कल्प सार्वजनिक
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं.–१ बाट नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकालले दस बुँदे सङ्कल्प सार्वजनिक गर्नुभएको छ ।
महोत्तरी–१ मा मतदाताका प्रश्न ‘लोकतन्त्रको उपलब्धि गाउँसम्म कहिले पुग्छ ?’
“लोकतन्त्र र सङ्घीयता आएको दुई दशकमा देश र जनताका लागि के भयो ? रोप्ने बेलामा आलुको बिउ ५० रुपियाँ किलो हुन्छ । किसानले उब्जाएपछि १० रुपियाँमा पनि बिक्दैन । अनि गाउँका युवा विदेश नगए के गरी बस्ने ? यही हो लोकतन्त्र ?”
नवलपरासी–२ मा प्रधान पुनः जनअनुमोदनको दौडमा
नेपाल प्रहरीको उच्च कमान्ड सम्हालेर अवकाश पाएका व्यक्तिहरू प्रायः सल्लाहकार वा कूटनीतिक भूमिकामा सीमित हुने गर्छन् ।
निर्वाचन लक्षित वन गस्ती तीव्र, संयुक्त टोली परिचालन
निर्वाचनको समयमा स्थानीय तस्करहरू चोरीछिपी काठ कटानीमा सक्रिय हुने गरेको भन्दै डिभिजन वन कार्यालय रौतहटले वन सुरक्षा गस्ती तीव्र बनाएको जनाएको छ ।
देश र जनताको भाग्य बदल्छौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशबाट यही फागुन २१ गतेको निर्वाचनका लागि आफ्नो वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले, डिपी अर्याललगायतका नेताले एक सय वटा नीतिगत आधार उल्लेख भएको वाचापत्र सार्वजनिक गर्नुभएको हो ।
समृद्धिका लागि पच्चिस स्तम्भ
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ का सन्दर्भमा प्रजातन्त्र दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा विशेष समारोहबिच घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखिएको छ ।
देश रूपान्तरण गर्ने सङ्कल्प
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य प्रणालीको पुनर्संरचना, शासकीय सुधार र आर्थिक विकासमार्फत देशलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउने बताउनुभएको छ । कांग्रेसको प्रतिज्ञापत्रमा आधारित प्रश्नोत्तर ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यव्रmमलाई बिहीबार सम्बोधन गर्दै उहाँले राज्य सत्ता सञ्चालन गर्दा भएका सम्पूर्ण कमीकमजोरी सच्याएर देश रूपान्तरण गर्ने घोषणा गर्नुभएको हो ।
घरदैलोमा व्यस्त मकवानपुर–१ का उम्मेदवार
आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि १४ दिन बाँकी रहेको छ । मकवानपुरको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार आआफ्नो प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । आफ्ना चुनावी एजेन्डासहित मतदाता भेटघाट, प्रचारप्रसारलगायत गतिविधिमा उम्मेदवार सक्रिय छन् ।
निर्वाचन सामग्री तनहुँ आइपुग्यो, तयारी तीव्र
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री तनहुँ आइपुगेको छ । निर्वाचन आयोगले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान सञ्चालनका लागि पठाएको मतपत्र, मतपेटिका, छाप, स्ट्याम्प प्याड, मतदाता नामावली लगायत सामग्री पठाएको हो ।
दलित उम्मेदवारमध्ये झन्डै पचास प्रतिशत स्वतन्त्र
दलित समुदायबाट प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका करिब २३२ जनामा झन्डै ५० प्रतिशत स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्रमा पनि अधिकांश युवा उम्मेदवार छन् । पहाडमा भन्दा मधेश र सहरी क्षेत्रका दलितले बढी मात्रामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रत्यक्षतर्फको १६५ सिटका लागि ६५ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४९० उम्मेदवार चुनावी मैदानमा हुँदा २३२ जना अर्थात् ६.९० प्रतिशत दलित चुनावी मैदानमा छन् । तथ्याङ्क अनुसार २३२ जनामा करिब ११२ स्वतन्त्र उम्मेदवार रहेको समता फाउन्डेसन र डिग्निटी इनिसिएटिभको अध्ययनले देखाएको छ ।
बर्दिया– १ का एमाले उम्मेदवारको प्रतिबद्धता पत्र सार्वजनिक
प्रतिनिधि सभा निर्वाचन बर्दिया क्षेत्र न १ का नेकपा एमाले उम्मेदवार शालिकराम अधिकारीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो क्षेत्रमा गर्न सक्ने कामहरूको विवरण सहित पत्रकार सम्मेलन मार्फत प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
नेता घरघरमा, मतदाता सीमापार
जसरी हिउँदको चिसोलाई बढ्दो गर्मीले माथ दिँदै छ त्यसै गरी आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा चुनावी गर्मागर्मी बढेको छ । मतदाताका लागि यो निर्वाचन थप चुनौतीपूर्ण बनेको छ । किनकि यहाँ विगतको लामो विरासत बोकेका दलका वरिष्ठ नेताहरूसँगै परिवर्तनको शङ्खघोष गर्ने नयाँ जोसजाँगरसहितका नयाँ पार्टी र नेताहरूबिच घम्साघम्सी हुने देखिएको छ ।
एमालेको घोषणापत्र : २५ आधार स्तम्भमा के छ ?
नेकपा (एमाले) को फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका चुनावी घोषणापत्र बिहीबार सार्वजनिक भएको छ ।