शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कविराज घिमिरे
हिले, फागुन ८ गते । धनकुटामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाका अनुसार प्रत्यक्षतर्फ एक लाख २७ हजार थान र समानुपातिकतर्फ एक लाख ३२ हजार थान मतपत्र शुक्रबार दिउँसो आइपुगेको हो । नेपाली सेनाको सहयोगमा ल्याइएको मतपत्र मिलाएर राख्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतपत्र रुजु गरेर तयारी अवस्थामा राखिने छ ।
यस निर्वाचनमा धनकुटामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । धनकुटामा १४ राजनीतिक दलका र चार स्वतन्त्र गरी कुल १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । जिल्लाका ११९ मतदान स्थलमा १६६ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।