सर्लाहीका तीनवटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै
सर्लाहीका तीनवटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र परिचालन गरिने भएको छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन क्षेत्र नं. १ अन्तर्गतका तीनवटा मतदान केन्द्रमा महिला कर्मचारीलाई मात्र जिम्मेवारी प्रदान गरिएको हो ।
खानेपानी र बाढी मुख्य समस्या
काठमाडौँको कागेश्वरी मनोहरा वडा नं. ८ गोठाटारका राधेश्याम शर्मा भण्डारी भोट माग्न आउने उम्मेदवारलाई प्रश्न गर्नुहुन्छ, “मेलम्ची आयोजनाको खानेपानी कहिले आउँछ ?” उहाँको प्रश्न पूरा हुन नपाउँदै उम्मेवादहरूको जवाफ हुन्छ, “निर्वाचनमा विजयी भएपछि पहल गर्छु ।”
राजनीतिमा अगाडि, विकासमा पछाडि
चुनाव नजिकिएसँगै धनकुटाको मुगामा उम्मेदवारको आउजाउ बाक्लिएको छ । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि मुगाली मतदातालाई फकाउन उम्मेदवार पालैपालो मुगामा चुनावी अभियान र घरदैलो गर्दै पुग्ने गर्नुभएको छ । मुगाको समस्यालाई आधार बनाएर भोट माग्ने गर्नुभएको छ तर मुगाले उम्मेदवारसँग आस गर्न छाडिसकेका छन् ।
उम्मेदवारलाई गिज्याइरहेको हुलाकी सडक, छ वर्षमा पनि बनेन
नवलपरासी–१ मा विकासनिर्माण, रोजगारी सिर्जना, कृषिमार्फत समृद्धिलगायतका विभिन्न लोकप्रिय प्रतिबद्धताका साथ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
‘निर्वाचन हुन्छ, शङ्का नगर्नूस्’
गोरखापत्र संस्थान अन्तर्गत रहेका विभिन्न प्रकाशनमा आबद्ध सञ्चारकर्मीका लागि निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । निर्वाचन आयोगसँगको सहकार्यमा गोरखापत्र संस्थान अन्तर्गत गोरखापत्र एकेडेमीले कार्यक्रमको आयोजना गरेको हो ।
सबै दलका नारामा सुशासन
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन् । आवधिक निर्वाचनभन्दा दुई वर्षअघि नै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको जग भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने, सरकारी सेवा डिजिटल माध्यमबाट सहज र सर्वसुलभ सेवा हो । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको मूल मुद्दा यही हो ।
निर्वाचन चिह्नको दुरुपयोग नगर्न आयोगको निर्देशन
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न दुरुपयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ।
धनुषा–४ मा आजपाका उम्मेदवार महतो रास्वपा प्रवेश
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सम्पत महतो आम जनता पार्टी (आजपा) परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ ।
निर्वाचन खर्चका लागि बैंक खाता खोल्न उम्मेदवारलाई ताकेता
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये हालसम्म ३० जनाले मात्र निर्वाचन खर्च प्रयोजनका लागि बैंक खाता खोलेका छन् ।
सुरक्षाका लागि तयार निर्वाचन प्रहरी
पाँचथरमा निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई पोसाक उपलब्ध गराइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरसहितका सुरक्षा एकाइले आइतबार उनीहरूलाई पोसाक वितरण गरेका हुन् ।
निर्वाचनको विकल्प निर्वाचन नै हो : प्रमुख भण्डारी
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता शिक्षाका लागि गोरखापत्र संस्थानले आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उदघाटन निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गर्नुभयो ।
निर्वाचनमा तीन दिन बिदा दिन आयोगको सिफारिस
निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताका लागि तीन दिन बिदा सिफारिस गरेको छ ।
बाँके ३ का उम्मेदवार जिएमका सङ्कल्प पत्र सार्वजनिक
बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जिएमले समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको छ ।
निर्वाचन सामग्री स्याङ्जा आइपुग्यो
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री स्याङ्जा आइपुगेको छ ।
सल्यानमा घरदैलो मतदाता शिक्षा अभियान
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानमा घरदैलोमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
सप्तरीका २०९ मतदान स्थल अति सम्वेदनशील
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीमा रहेको २९८ मतदान स्थल मध्ये सुरक्षा विश्लेषणको आधारमा २०९ वटालाई अति सम्वेदशीलको सूचीमा राखिएको छ ।
निर्वाचनविरुद्धको कसरत निस्तेज पार्नुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचन भाड्ने शक्तिहरु सक्रिय रहेकाले सबै प्रकारका कसरतलाई निस्तेज पार्नुपर्ने बताउनुभएको छ ।
पेचिलो निर्वाचनलाई सरल बनाएका छौं : प्रमुख निर्वाचन आयुक्त भण्डारी
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शताब्दीकै पेचिलो निर्वाचनलाई आयोगले सरल बनाएको बताउनुभएको छ ।
मुस्ताङमा नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास
मुस्ताङमा यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ तथा संयुक्त सुरक्षा अभ्यास गरिएको छ ।
कालापानीमा स्वामित्व स्थापना गराउने प्रतिबद्धता
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दार्चुलाका उम्मेदवार धर्मानन्द जोशीले दार्चुलाको समुन्नति, युवाको नेतृत्व, विश्वासको निरन्तरता र पाँचबर्से दृष्टिसहितको प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ ।
रौतहटका दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्र
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटको दुई मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइएको छ । गौर नगरपालिका –५ स्थित आधारभूत विद्यालय बालमन्दिर भवन ‘क’ र ‘ख’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइएको छ ।
गुल्मीमा खाद्यद्वारा ३६ प्रकारका निर्वाचन सामग्री प्रदान
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आवश्यक ३६ प्रकारका निर्वाचन सामग्री निर्वाचन कार्यालयलाई उपलब्ध गराएको छ ।
‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक फरक नयाँ दृश्यहरू देखिएका छन् ।