इलाममा दुई अस्थायी मतदान केन्द्र
फागुन २१ को निर्वाचनका लागि इलाममा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । इलाम सदरमुुकामस्थित बाल मन्दिर र कारागार कार्यालयमा गरी दुईवटा अस्थायी मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।
निर्वाचन सुरक्षामा कडाइ : तनहुँमा ११८ जनाले बुझाए हतियार
निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले प्रशासनले गरेको आह्वानअनुसार जिल्लाका ११८ जना नागरिकले आफूसँग रहेका इजाजतप्राप्त हतियार बुझाएका छन् ।
निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान नबनाउन आग्रह
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान नबनाउन आग्रह गर्नु भएको छ ।
निर्वाचन आचारसंहिताबारे सञ्चारकर्मीसँग छलफल
आउँदो फागुन २१ को निर्वाचनलाई लक्षित गरि जिल्ला निर्वाचन कार्यालय इलामले सञ्चारकर्मीहरुसँग निर्वाचन आचारसंहिता विषयक छलफल गरेको छ ।
सल्यानमा मतदान केन्द्र अनुगमन सम्पन्न
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानका सबै मतदान केन्द्रको स्थलगत अनुगमन सम्पन्न गरिएको छ। कपुरकोट गाउँपालिकाका १० मतदान केन्द्रको अनुगमनसँगै जिल्लाभरका मतदान केन्द्रको निरीक्षण कार्य टुङ्गिएको हो।
महामन्त्री पौडेलको प्रतिज्ञा : काठमाडौँ–५ लाई ‘डिजिटल इनोभेसन हब’ बनाउने
नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि १४ बुँदे ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्नुभएको छ ।
स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैन : सूचना अधिकारी घिमिरे
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न नपाउने स्पष्ट पार्नुभएको छ ।
म्याग्दीमा निर्वाचन तयारी : मतपत्र रुजु र प्याकिङ
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारीमा जुटेका छन् ।
बाँकेमा निर्वाचन सुरक्षाका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लामा पाँच हजार भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
म्याग्दीमा मतदान अधिकृतलाई अभिमुखीकरण सुरु
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिृकत र सहायक मतदान अधिकृतलाई सोमबारदेखि अभिमुखिकरण सुरु गरिएको छ ।
तनहुँमा निर्वाचन तयारी तीव्र : १३५० मतपेटिका तयारी अवस्थामा
अमरराज नहर्कीतनहुँ, फागुन ११ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा भौतिक र मानवीय व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार निर्वाचनलाई स्वच्छ र मर्यादित रूपमा सम्पन्न गर्न जिल्लाभरि एक हजार ३५० वटा मतपेटिका आवश्यक पर्ने र ती सबै व्यवस्थापन भइसकेको छ ।कार्यालयको सूचना अधिकारी दुर्गामाया आलेका अनुसार मतदानका लागि आवश्यक मतपेटिकाहरू जिल्ला आइपुगिसकेको छ । आलेले भन्नुभयो, “धेरैजसो मतपेटिका पुरानै स्टकमा रहेका र केही थप गरी पर्याप्त मात्रामा तयारी अवस्थामा राखिएको छ ।’’ प्रत्येक मतदान केन्द्रमा जाने टोलीहरूले सर्वदलीय बैठकसहित निर्वाचन सफल बनाउन आ–आफ्नो तर्फबाट योगदान दिने तयारी समेत भएको छ।मतपेटिका र अन्य सामग्रीको व्यवस्थापनसँगै निर्वाचनका लागि खटिने मुख्य जनशक्तिको पनि टुङ्गो लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशन गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली सार्वजनिक गरेको हो । विवरण अनुसार क्षेत्र नम्बर १ मा १५८ जना मतदान अधिकृत र १३४ जना सहायक मतदान अधिकृत खटिनेछन् भने क्षेत्र नम्बर २ मा १५६ जना मतदान अधिकृत र १५६ जना नै सहायक मतदान अधिकृत छनोट भएका छन् ।छनोट भएका यी कर्मचारीहरूलाई सोमबार बिहान ११ बजे दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा विशेष प्रशिक्षण दिइने कार्यक्रम तय भएको छ । तालिमपश्चात् आवश्यक कर्मचारी र निर्वाचन सामग्रीसहित उनीहरूलाई आ–आफ्नो कार्यक्षेत्र ९मतदान स्थल० मा खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।जिल्लामा हाल २ लाख ५४ हजार ३९७ मतदाता कायम छन् । मतपत्रहरू यसअघि नै क्षेत्र नं १ को हकमा दमौली र क्षेत्र नं २ को हकमा दुलेगौँडामा सुरक्षित राखिसकिएको छ । निर्वाचनलाई लक्ष्य गरी मतदाता शिक्षाका लागि १० वटै पालिकामा स्वयंसेवक समेत परिचालन गरिसकिएको छ । जसले मतदान प्रक्रिया र बदर मत न्यूनीकरणबारे घरदैलोमै पुगेर जानकारी गराइरहेको कार्यालयले जनाएको छ ।
बझाङमा निर्वाचनमा दुई हजार ८ सय ८३ सुरक्षाकर्मी परिचालन गरिने
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङमा प्रशासन र निर्वाचन संयन्त्रले तयारी तीव्र पारेका छन् ।
निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा सुरक्षा गस्ती
बाजुराका नौ वटै पालिकामा सुरक्षा गस्ती खटाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै यहाँका नौ वटै पालिकामा रहेका मतदान स्थलमा सुरक्षा गस्ती खटाइएको हो ।
मतपत्रबाहेक सबै निर्वाचन सामग्री आइपुग्यो मुस्ताङ
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका आवश्यक पर्ने मतपत्रबाहेक सम्पूर्ण साम्रागी आइपुगेको छ ।
मुस्ताङमा ६ महिला निर्वाचन अधिकृत
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ६ जना महिलालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
सप्तरीमा निर्वाचन सुरक्षाका लागि सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने
फागुन २१ मा हुने निर्वाचनको सुरक्षाका लागि सप्तरीमा ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ ।
गुल्मीमा उम्मेदवारले खोलेनन् बैंक खाता
गुल्मीमा प्रतिनिधि सभाका उम्मेदवारले बैंक खाता खोल्नका लागि आनाकानी गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नका लागि निर्वाचन आयोगले आग्रह गरेपनि गुल्मीका उम्मेदवारहरुले खाता खोल्नका लागि अटेर गरेको पाइएको छ ।
मर्निङ वाकदेखि योगसम्मको सक्रियता
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दाङ क्षेत्र नं. २ का उम्मेदवारले मतदातालाई रिझाउन विभिन्न शैली अपनाइरहेका छन् । परम्परागत घरदैलो अभियान र चुनावी सभासँगै अहिले उम्मेदवारहरूले बिहानको समय उपयोग गर्दै मर्निङ वाक, योग, पूजापाठदेखि तरकारी बजारसम्म पुगेर मत माग्न फरक शैली अवलम्बन गर्न थालेका छन् ।
तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोट
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको छनोट गरिएको छ ।
सडकको हिउँ पन्छाएर मतदान केन्द्र यथावत राखिने
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ जोड्ने सडकमा जमेको हिउँ यसै साताभित्र पन्छाएर मतदातालाई घर फर्किन सहज बनाइने भएको छ ।
पेशागत सुरक्षा सुनिश्चित गर्ने उम्मेदवारलाई मजदुरको मत
मजदुरहरूको पेशागत सुरक्षा र आर्थिक सशक्तीकरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मत दिने सप्तरीका मजदुरहरूले बताएका छन्।
पुनर्स्थापना गर्नेलाई भोट
छुट मुक्त कमैयाले पुनर्स्थापनाको पहल गर्ने उम्मेदवारलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । कमैया मुक्ति भएको साढे दुई दशक बिते पनि अझैसम्म पुनस्र्थापनाको पर्खाइमा रहेका उनीहरूले गाँस, बास र कपासका लागि पहल गर्ने उम्मेदवारलाई भोट दिने बताएका हुन् । जमिनदारका घरमा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।
निर्वाचन सुरक्षाका लागि गस्ती गर्दै प्रहरी
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन म्याग्दीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम
प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन नजिकिएसँगै गुल्मी जिल्लामा निर्वाचन तयारीलाई तिब्र पारिएको छ।