• १० फागुन २०८२, आइतबार

निर्वाचनविरुद्धको कसरत निस्तेज पार्नुपर्छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा झापा क्षेत्र ५ का उम्मेदवार केपी शर्मा ओली ।

बिष्णुप्रसाद पोखरेल

दमक, फागुन १० गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचन भाड्ने शक्तिहरु सक्रिय रहेकाले सबै प्रकारका कसरतलाई निस्तेज पार्नुपर्ने बताउनुभएको छ । 

उहाँले एमाले निर्धारित समयमा निर्वाचनको पक्षमा रहेको बताउँदै उहाँले यस्तो बताउनुभएको हो । “हामीले निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा सुरुदेखि नै अडान राख्दैआएका छौं” ओलीले भन्नुभयो, “अहिले बिभिन्न वहानाबाजी गर्ने, मुलुकलाई अराजकतातर्फ धकेल्नका लागि गतिविधि गर्ने, सामाजिक सहिष्णुतालाई आघात पर्ने गरी क्रियाकलाप भइरहेको भन्दै यो निर्वाचन भाँड्ने षडयन्त्र भएको हुनसक्छ ।” 

झापाको क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका ओलीले आइतबार दमकमा भएको एक कार्यक्रममा बोल्दै सरकार, राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचनका लागि गरेको लगानी खेर जान अवस्था ल्याउन दिनहुने जनाउनुभयो । 

अब जस्तोसुकै अवस्था आए पनि निर्वाचन रोकिनु हुन्न भन्नेमा हामी स्पष्ट छौ, ओलीले भन्नुभयो, “यसमा सरकार गम्भीर बन्नुपर्छ र निर्वाचनलाई निष्पक्ष तथा भयरहित बनाउन लाग्नुपर्छ ।” एमाले अलमल नगरी निर्वाचनको पक्षमा लाग्ने र सबैभन्दा ठुलो राजनीतिक शक्तिको रुपमा उदय हुने दाबी गर्नुभयो ।