रौतहटमा ४० प्रतिशत मत खस्यो
रौतहटमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार दिनको १२:३० बजेसम्म ४० प्रतिशत मत खसेको छ ।
काभ्रेमा १२ बजेसम्म २२ प्रतिशत मतदान
काभ्रेपलान्चोक जिल्लामा मध्यान्ह १२ बजेसम्ममा २२ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार जिल्लामा महिला ३० हजार १९५ र पुरुष ४३ हजार ७५४ जनाले मतदान गरेका हुन् । कुल मतदाताको संख्या १२ बजेसम्ममा ७३ हजार ९५४ जनाले मतदान गरेका छन् ।
सप्तरीमा २६ प्रतिशत मत खस्यो
सप्तरीमा बिहीबार दिउँसो १ बजेसम्म २६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १ बजेसम्म २६ प्रतिशत मत खसेको हो ।
सर्लाही आइपुग्नु भयो कांग्रेस सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँमा मतदान गरेर बिहीबार दिउँसो सर्लाही आइपुग्नुभएको छ ।
बाँकेमा करिब २५ प्रतिशत मतदान, मतदाताको उत्साहजनक सहभागिता
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको छ।
दाङमा उत्साहजनक मतदान
प्रतिनिधिसभा सदस्य चयनका लागि आज भएको निर्वाचनअन्तर्गत दाङमा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।
बैतडीमा २८ हजार १४१ मत खस्यो
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
ताप्लेजुङमा २८ प्रतिशत मत खस्यो
ताप्लेजुङमा २८ प्रतिशत मत खसेको छ । बिहीबार दिउँसो १२ः१० बजेसम्ममा २८ प्रतिशत मत खसेको हो ।
किरीयापुत्रीद्वारा मतदान
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भइरहेको निर्वाचनमा किरीयापुत्रीले समेत मतदान गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
बाँकेमा दिउँसो १२ बजेसम्म करिब २५ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको छ ।
सल्यानमा अहिलेसम्म २०.६३ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सल्यानमा १२ बजेसम्म २०.६३ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ।
शोकबिच पनि मताधिकारको प्रयोग
मोरङको सुन्दरहरैँचा–५ स्थित जनसेवा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा शोकबिच पनि मतदाताको उल्लेख्य सहभागिता देखिएको छ ।
सल्यानमा अहिलेसम्म २०.६३ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सल्यानमा १२ बजेसम्म २०.६३ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।
मताधिकार प्रयोग गर्ने अवसर नगुमाऔँः मुख्यमन्त्री यादव
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट क्षेत्र नं १ को गढीमाई नगरपालिका–८ स्थित बिनग्रा माविको मतदान केन्द्रमा मतदान गर्नुभएको ।
ताप्लेजुङमा १५ प्रतिशत मत खस्यो
ताप्लेजुङमा १५ प्रतिशत मत खसेको छ । बिहीबार बिहान ११ः१० बजेसम्ममा १५ प्रतिशत मत खसेको हो ।
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा मतदान
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रहादुर बानियाँले हेटौँडा–१८, दोभान चौरमा रहेको कमला आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
हुम्लामा आधा घण्टा रोकिएको मतदान पुनः सुरु
हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिका–२ स्थित मष्टादेव आधारभूत विद्यालय मतदान केन्द्रमा आधा घण्टा रोकिएको मतदान कार्य पुनः सुरु भएको छ ।
सप्तरी कारागरामा मतदान सकियो
सप्तरी कारागार कार्यालय राजविराजमा मतदान सकिएको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा ६८ जना कैदीबन्दीले मतदान गरेका हुन् ।
सल्यानमा २२ प्रतिशत मत खस्यो
सल्यानमा दिउँसो सवा १२ बजेसम्म २२ प्रतिशतभन्दा बढी मतदान भएको छ ।
धनकुटामा पाँच घण्टामा १४ प्रतिशत मत खस्यो
धनकुटामा १२ बजेसम्ममा १४ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारीअनुसार १२ बजेसम्म १६ हजार ५ सय ५२ मत खसेको छ ।
भोजपुर जिल्ला कारागारमा मतदान
जिल्ला कारागार भोजपुरमा शतप्रतिशत मतदान भएको छ । ४६ जना मतदाता रहेको कारागारमा ४६ जनाले नै मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
सर्लाहीको बलरा–जब्दी मतदान केन्द्रको विवाद मिल्यो, मतदान सुचारु
सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका-४, जब्दी गाउँमा रहेको प्राथमिक विद्यालय मतदान केन्द्रमा उत्पन्न विवाद समाधान गरी मतदान पुनः सुरु भएको छ ।
सुनसरी-१ मा २० प्रतिशत मत खस्यो
सुनसरीको निर्वाचन क्षेत्र १ मा अहिलेसम्म २० प्रतिशत मत खसेको छ।