शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चन्द्रपुर (रौतहट), फागुन २१ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट क्षेत्र नं १ को गढीमाई नगरपालिका–८ स्थित बिनग्रा माविको मतदान केन्द्रमा मतदान गर्नुभएको ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मतदान गर्दै उहाँले आफ्नो योग्य जनप्रतिनिधि चयन गर्न मताधिकार प्रयोगको अवसर नगुमाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री यादवले सहज, सुरक्षित र विवेकपूर्ण ढङ्गले अभिमत जाहेर गरी देशको भविष्य निर्माणमा योगदान गर्न अपिल गर्नुभयो ।
यसैबिच, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रौतहटका चार निर्वाचन क्षेत्रका ५४१ वटै मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको जानकारी दिनुभएको छ । रासस