शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अनिल पराजुली
हेटौँडा, फागुन २१ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रहादुर बानियाँले हेटौँडा–१८, दोभान चौरमा रहेको कमला आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
मुख्यमन्त्री बानियाँले उक्त मतदान केन्द्रमा पुगेर आज दिउँसो मतदान गर्नुभएको हो ।
१०२ वडा रहेको मकवानपुरमा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र रहेको छ भने तीन लाख १५ हजार ३३४ जना मतदाता छन् ।४० वडा रहेको निर्वाचन क्षेत्र नं. १ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र रहेको छ । यहाँबाट एक लाख ५८ हजार ४३५ जना मतदाता छन् ।