धनुषा–३ मा मतगणना जारी, तीन क्षेत्रमा सुरु हुन सकेन
धनुषाका चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म निर्वाचन क्षेत्र नम्बर ३ मा मात्र मतगणना सुरु भएको छ भने अन्य तीन क्षेत्रमा गणना सुरु हुन सकेको छैन ।
रुकुमपूर्वमा प्रचण्ड अगाडि
रुकुमपूर्वको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले अग्रता लिनुभएको छ ।
झापा–५ र २ मा रास्वपा अगाडि
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गर्नुभएको छ ।
भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं। १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
काठमाडौँ–७ र १० मा रास्वपाको अग्रता
काठमाडौँ निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार गणेश पराजुलीले चार हजार ६७७ मतसहित अग्रता लिनुभएको हो ।
धादिङ १ मा आशिका तामाङको अग्रता
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत एकराज अधिकारी का अनुसार गल्छी गाउँपालिका वडा नम्बर ५ का तीन मतदान केन्द्रको मतपेटिका खोलेर प्रारम्भिक मतगणना सम्पन्न गरिएको छ ।
चितवन ३ मा रास्वपाकी सोविता अगाडि
चितवनको निर्वाचन क्षेत्र नं. ३ को प्रारम्भिक मतगणनामा रास्वपाकी उम्मेदवार सोविता गौतमको सुरुवाती अग्रता लिनुभएको छ ।
चितवन–२ मत परिणामको पछिल्लो अवस्था
चितवनको निर्वाचन क्षेत्र नं. २ मा भएको मत गणनाको पछिल्लो विवरण अनुसार रास्वपाका रवि लामिछानेले अग्रता कायम गर्नुभएको छ ।
रुपन्देहीका दुई क्षेत्रमा रास्वपा र एकमा एमालेको अग्रता
प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता लिनुभएको छ ।
सप्तरीका चार वटै मतगणनाको तयारी हुँदै
सप्तरीका ४ वटै निर्वाचन क्षेत्रको मतगणनाको तयारी सुरु भएको छ । बिहीबार राति अबेरसम्म मतपेटिका सङ्कल भएको हुँदा शुक्रबार बिहान मतगणनाको तयारी सुरु गरिएको हो ।
स्याङ्जा–२ मा सुरु हुन सकेन मतगणना
स्याङ्जा–२ मा बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणमा सुरु हुन सकेको छैन । गएराति सर्वदलिय बैठक ब
काभ्रेपलाञ्चोकमा ९ बजेदेखि मतगणना सुरु हुने
प्रतिनिधि सभा सदस्य निर्वाचन काभ्रेपलाञ्चोकको मतगणना शुक्रबार बिहान ९ बजेबाट सुरु हुने भएको छ ।
कालिका–२ का तीन मतदान केन्द्रको मतगणना सम्पन्न
रसुवाको कालिका गाउँपालिका–२ कालिकास्थानस्थित कालिकाहिमालय क्याम्पसमा रहेका मतदान केन्द्र क, ख र ग को मतगणना परिणाम सार्वजनिक भएको छ ।
कैलाली–१ मा कांग्रेसलाई सुरुवाती अग्रता
प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले सुरुवाती अग्रता लिनुभएको छ ।
सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी
सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा अहिले बिहानबाट मतगणना सुरु गरिँदै छ । चारवटै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक राखेर आचारसंहिता तयार पारी मतगणना सुरु गर्ने तयारी गरिएको हो ।
काठमाडौँ–३ मा रास्वपाका पाण्डेको अग्रता
उक्त पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो ।
पाल्पा–१ मा रास्वपाका पन्तको अग्रता
पाल्पा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले अग्रता लिनुभएको छ । उहाँले ५३३ मत ल्याउनुभएको छ ।
कञ्चनपुरमा रास्वपाका उम्मेदवार अगाडि
कञ्चनपुरमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिपक राज बोहरा दोब्बर मतका साथ अगाडि हुनुहुन्छ ।
झापा–५ मा प्रारम्भिक नतिजा सार्वजनिक
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा जिल्ला क्षेत्र नं. ५ मा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । देशभर चासोका साथ हेरिएको यस क्षेत्रको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको हो ।
बर्दियामा २ मा मतगणना सुरु, १ मा सर्वदलीय बैठक बस्दै
बर्दियामा दुई वटा क्षेत्र मतगणना शुक्रबार हुँदैछ । बर्दिया क्षेत्र नं २ को सर्वदलीय बैठक बसेपछि बिहान ३ः३० बजेदेखि मतगणना सुरु भएको जानकारी आएको छ ।
स्याङ्जा– १ मा रास्वपाको अग्रता
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणमा स्याङ्जा– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनन्जय रेग्मीले अग्रता लिनुभएको छ ।
गाईघाटमा मतगणना सुरू
उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को त्रियुगा मावि गाईघाटमा मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययका अनुसार मतपेटिका ढुवानी लगाएतका काम राति १२ बजेसम्म सकिएको र सर्वदलीय बैठक बसेर बिहान ३ बजेबाट मत गणना सुरू गरिएको हो ।
रौतहट ४ को मतगणना सुरु
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४ को मतगणना सुरु भएको छ ।
काठमाडौँ–९ मा पनि रास्वपाको अग्रता
हालसम्म गनिएका चार हजार २३४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले दुई हजार २४४ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मेनुका घिमिरेले राससलाई बताउनुभयो ।