शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
स्याङ्जा– १ मा रास्वपाको अग्रता
अर्जुन काफ्ले
स्याङ्जा, फागुन २२ गते । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणमा स्याङ्जा– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनन्जय रेग्मीले अग्रता लिनुभएको छ ।
यहाँ चार हजार पाँच मतगणना हुदाँ डा रेग्मीले एक हजार २६९ मत ल्याउनुभएको हो ।
यस्तै, दोस्रो स्थानमा नेकपा एमाले मिनप्रसाद गुरुङले एक हजार १९७ र तेस्रो स्थानमा नेपाली कांग्रेसका भरत राज ढकालले ९९२ मत ल्याउनुभएको छ । यहाँको हरिनाश गाउँपालिकाका –४, ५, ६ र ७ को मतगणना गरिएको हो ।
हिजो भएको मतदानमा यहाँ एक लाख ३१ हजार ५१ मतमा ७१ हजार ३५० मत खसेको थियो ।