• २२ फागुन २०८२, शुक्रबार

कञ्चनपुरमा रास्वपाका उम्मेदवार अगाडि

blog

कञ्चनपुर–२ मा मतगणना हुँदै । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट 
कञ्चनपुर, फागुन २२ गते ।
कञ्चनपुरमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिपक राज बोहरा दोब्बर मतका साथ अगाडि हुनुहुन्छ ।

क्षेत्र २ मा ४ हजार ६५४ मत गणना हुँदा रास्वपाका उम्मेदवार दिपक राज बोहरा २ हजार ४२७ मत ल्याउनुभएको छ। भने नेपाली कांग्रेसका एनपी साउदले ९३६, नेकपा एमालेका वचन बहादुर सिंहले ६२५, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधव पन्तले २२८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र १ मा पनि शुक्रबार बिहानदेखि मतगणना थालिएको थियो । सात सय मत गणना हुँदा क्षेत्र १ मा पनि रास्वपाका उम्मेदवार जनक बहादुर धामी भारी मतका साथ अग्रता लिइरहनुभएको छ । धामीले ४०१ मत प्राप्त गर्दा, उज्यालो नेपाल पार्टीका उम्मेदवार माइकल तामाङले १०६, नेकपा एमालेका तारालामा तामाङले सय मत तथा कांग्रेका उम्मेदवारले ९७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र ३ मा पनि रास्वपाका उम्मेदवारले अग्रता लिइरहनुभएको छ । क्षेत्र ३ को दोधारा चादनी नगरपालिका वडा नम्बर १ को ६ सय मत गणना गर्दा रास्वपाका उम्मेदवार ज्ञानेन्द्र महताले २६० मत, कांग्रेसका हरि बोहराले एक सय मत, नेकपा एमालेका डा.दिपक प्रकाश भट्टले ६१ मत प्राप्त गर्नुभएको छ ।