शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) फागुन २२ गते । बर्दियामा दुई वटा क्षेत्र मतगणना शुक्रबार हुँदैछ । बर्दिया क्षेत्र नं २ को सर्वदलीय बैठक बसेपछि बिहान ३ः३० बजेदेखि मतगणना सुरु भएको जानकारी आएको छ । क्षेत्र नं १ को बिहान ८ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत कमल घलेले जानकारी गराउनुभएको छ ।
क्षेत्र नं २ को पहिलो नतिजा भने अझै आइसकेको छैन । बिहीबार राति अबेरसम्म मतपेटिका बुझ्ने काम नसकिएको हुनाले आज मात्र मतगणना सुरु भएको मुख्य निर्वाचनको कार्यालयले जानकारी गराएको छ ।