• २२ फागुन २०८२, शुक्रबार

गाईघाटमा मतगणना सुरू

blog

त्रियुगा मावि गाईघाटको गणना सुरु हुँदै । तस्बिर : भक्तिबिलास पोखरेल

भक्तिविलास पोखरेल
गाईघाट, फागुन २२ गते ।
उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को त्रियुगा मावि गाईघाटमा मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययका अनुसार मतपेटिका ढुवानी लगाएतका काम राति १२ बजेसम्म सकिएको र सर्वदलीय बैठक बसेर बिहान ३ बजेबाट मत गणना सुरू गरिएको हो । उदयपुर क्षेत्र नम्बर १ मा एकलाख ४२ हजार ८०४ कुल मतदाता मध्य ८० हजार ५९ मत खसेको छ ।

उदयपुरको क्षेत्र नम्बर १ को त्रियुगा मावि गाईघाट र क्षेत्र नम्बर २ को उदयश्री क्याम्पस कटारी मा मतगणना स्थल तोकिएको छ । क्षेत्र नम्बर २ को पनि आज बिहान सम्म मतपेटिका आइसक्ने र बिहान १० बजेबाट गणना सुरू गर्ने तयारी गरिएको छ ।

क्षेत्र न १ मा ४२० मत गणना गर्दा घण्टी १६३, सूर्य ६६,माटो ५७, तारा ४५ र रुखले ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।