एकिन्द्र तिमिल्सेना
टीकापुर, फागुन २२ गते । प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले सुरुवाती अग्रता लिनुभएको छ । एक हजार १६४ मतको गणना गर्दा चौधरीले ३४८ मत पाउनु भएको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिनुभयो ।
स्वतन्त्र उम्मेदवार फागुराम थारुले २४१ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कोमल ज्ञवालीले १९९ मत, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारुले ९९ मत, नेकपा (एमाले)का द्वारिकाप्रसाद न्यौपानेले ६८ मत पाउनुभएको छ ।
यस्तै, उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिपकुमार चौधरीले ६२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले २४ मत पाउनु भएको छ । ३४ मत बदर भएका छन् । १५ जना उम्मेदवार रहेकामा अन्य उम्मेदवारले १० भन्दा कम मत पाएका छन् । यहाँ ५९ हजार ६१ मत खसेको छ ।