शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ ।
सहमतिपछि खुल्यो नेसंविमा लागेको ताला
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला खुलेको छ ।
सरकार र शिक्षकबिच औपचारिक वार्ता आज
आन्दोलनरत विद्यालय शिक्षक र सरकारबिच शुक्रबार औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र शुक्रबार बिहान ९ बजे वार्ता गर्ने सहमति भएको हो। बिहीबार दुई चरणमा छलफल भए पनि कुनै ठोस सहमति भने भएको छैन। पहिलो चरणमा बिहान गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबिच वार्ता भएको थियो।
गण्डकीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित
मन्त्रिपरिषदबाट पारित भई सङ्घीय संसदमा रहेको विद्यालय शिक्षा विधेयक २०८० को विरोधमा देशैभरका शिक्षक आन्दोलनमा छन् ।
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न रास्वपाको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न शिक्षकहरूसँग आग्रह गरेको छ ।
शिक्षकलाई आन्दोलनको स्वरुप परिवर्तन गर्न महामन्त्री थापाको आग्रह
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गर्नुभएको छ ।
सामुदायिक विद्यालयका पठनपाठन प्रभावित
सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलन गर्न काठमाडौंमा केन्द्रित भएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो ।
विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको प्रदर्शन (फोटो फिचर)
विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज (बिहीबार)पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आज दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।
गृह मन्त्रालय र शिक्षकबिच सुरक्षा केन्द्रित छलफल
शिक्षक आन्दोलनको दोस्रो दिन सुरक्षासँग सम्बन्धित भएर गृहमन्त्री सहितको टोलीसँग शिक्षक सङ्गठनका प्रतिनिधिहरूले छलफल गरेका छन् । निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि सरकारले बल प्रयोग गर्ने तयारीसँगै दुर्घटना हुन नदिन र संयमित भएर आन्दोलनका कार्यक्रम अगाडी बढाउन दुवै पक्षबिच छलफल भएको शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले जानकारी दिनुभयो ।
सार्वजनिक बिदाबाहेक विद्यालय बन्द गरे कारबाही
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले कुनैपनि बहानामा विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।
बिपीले व्यावहारिक शिक्षामा जोड दिएका थिए : डा. केदारभक्त माथेमा
नेपाली कांग्रेसको ११०औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको बिपी साहित्य सम्मेलनको स्थगित तेस्रो दिनको कार्यक्रम बुधबार सुरु भएको छ ।
विद्यालय शिक्षा विधेयक छलफलपछि मात्र अघि बढाउनुपर्छ : केन्द्रीय सदस्य महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरोकारवालाहरूसँगको व्यापक छलफलपछि र संविधानसम्मत रूपमा विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय
काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।
माइतीघरमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंको माइतीघरमा शिक्षकहरुले प्रदर्शन गरेका छन् ।
‘सडकबाट शिक्षकका समस्या समाधान हुन्न’
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सार्वजनिक विद्यालयका शिक्षकहरू आफ्ना मागबारे सरकारलाई जानकारी नै नगराई आन्दोलनमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबार आयोजना गरेको कार्यक्रममा उहाँले सडक आन्दोलन गरेर मात्रै माग पूरा नहुने भएकाले वार्ता र छलफलमा आउन शिक्षकलाई अनुरोध गर्नुभयो । शिक्षकका माग सम्बोधन गर्नकै लागि विगतमा मन्त्रीपरिषद्ले पारित गरिसकेको विधेयकमाथि थप एक महिना छलफल गरेर सरोकारवालाको सहमतिमा टु्ङ्ग्याएको बताउँदै उहाँले भन्नुभयो,
प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिन्छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेश सरकारले शिक्षा दिवस २०८० को अवसरमा प्रदेशभरका आठ उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरेको छ ।
‘सरकार संसदमा दर्ता भएको शिक्षा विधेयकमा छलफल गर्न तयार’
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकूल नहुने गरी संसदमा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
संविधानको मौलिक हक : निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनका चुनौती
आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक व्यवहारतः कार्यान्वयनमा अझै चुनौती देखिएको छ ।
विद्यार्थीमा सफलताको भोक हुनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
न्याम्सको दीक्षान्त समारोह असोज १८ मा हुने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को दीक्षान्त समारोह यही असोज १८ गते हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं न्याम्सका सहकुलपति मोहनबहादुर बस्नेतको अध्यक्षतामा आईतबार बसेको २७ औं सिनेट बैठकले न्याम्सको दीक्षान्त समारोह असोज १८ गते गर्ने निर्णय गरेको हो ।
सामुदायिकमा घटे विद्यार्थी
विद्यार्थीको अभावमा शैक्षिक संस्था समायोजन हुँदै गएका छन्। ११ पालिका रहेको स्याङ्जामा ७१ विद्यालय समायोजन भइसकेका छन्। तथापि शिक्षकको दरबन्दी र सङ्ख्या घटेको छैन। समायोजन भएका विद्यालय प्रयोगविहीन भएका छन्। खाली रहेका विद्यालयको अन्य प्रयोजन र संरक्षण हुन सकेको छैन। एक दशकको अन्तरालमा विद्यार्थीको सङ्ख्या निकै घटेको छ। गाउँ गाउँमा खुलेका सामुदायिक विद्यालय अस्तव्यस्त अवस्थामा चलिरहेका छन्। विद्यार्थी सङ्ख्या बढाएरै भए पनि विद्यालय जोगाउन स्वयं शिक्षक नै लागिपरेका छन्। उनीहरूको ध्यान गुणस्तरीय शिक्षा प्रदान गर्नमा छैन, छ त केबल गाउँको विद्यालय जोगाउन र आफ्नो जागिर घरपायक नै रहिरहोस् भन्नेमा मात्रै जोड छ। विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन गुणस्तरीय र आधुनिक शिक्षामा जोड दिनु अपरिहार्य रहेको छ तर सरोकारवालाको यसतर्फ ध्यान नै गएको छैन । पछिल्लो समय केही पालिकाले राहत तथा अस्थायी शिक्षकलाई अन्यत्र जिल्लामा पठाउने प्रयास गरिरहेको भए पनि राजनीतिक दबाबकै कारण यसले सार्थकता पाउन सकेको छैन।
आज राष्ट्रिय शिक्षा दिवस
‘समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ ।
विद्या भूषणबाट ९६२ जना विभूषित (नामावली सहित)
सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।
आन्दोलनरत शिक्षकलाई वार्ताका लागि आह्वान
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मङ्गलबार अपराह्न ३ बजे वार्तामा सहभागी हुन अनुरोध गरेको छ। विद्यालय शिक्षासम्बन्धी विधेयक सार्वजनिक भएपछि महासङ्घले त्यसप्रति आपत्ति जनाउँदै असोज ३ गतेबाट देशभरिका विद्यालयमा पठनपाठन ठप्प पारी राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेको छ।