• ९ मंसिर २०८१, आइतबार

प्रधानमन्त्रीद्वारा उत्कृष्ट शैक्षिक पुरस्कार प्रदान

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, कात्तिक २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउथवेस्टर्न स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसीलाई ‘आउट स्ट्याण्डिङ एजुकेशन अवार्ड प्रदान गर्नुभएको छ । नेपालको शिक्षा सेवामा उदाहरणीय योगदान गर्नुभएको भन्दै शुक्रबार उहाँलाई उत्कृष्ट शैक्षिक पुरस्कार–२०२३ प्रदान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपालको शिक्षामा निजी क्षेत्रको सहभागिताले गुणात्मकता कायम गरेको विचार व्यक्त गर्नुभयो । डा. केसीले आफू र आफ्नो संस्थामात्र नभएर उत्कृष्ट कार्य गर्ने सबैलाई यस्ता सम्मानले प्रेरित गर्नेछ भन्नुभयो ।


यसैबीच, काठमाडौ, वसुन्धरास्थित सो क्याम्पसका प्रमुख डा. राजेन्द्र केसी ‘स्कुल एजुकेशनल लिडर अफ द इयरः२०२३’ बाट जापानमा सम्मानित हुनुभएको छ । उत्तम भौतिक पूर्वाधार तथा संरचनामार्फत गुणस्तरीय शिक्षाप्रदान गर्ने शैक्षिक संस्थाका प्रमुखलाई डा. केसीको कार्यदक्षता तथा सामाजिक कार्यका सो अवार्डबाट सम्मान गरिएको संस्थाले जनाएको छ । हालै २०२३ मा जापानको टोकियोमा आयोजित विशेष कार्यक्रममा डा. केसीलाई सो अवार्ड जापानमा प्रदान गरिएको थियो ।


यसअघि क्याम्पस प्रमुख डा.केसीलाई बेलायतको हाउस अफ कमन्सले महात्मा बुद्ध शान्ति पुरस्कार–२०२२ बाट सम्मान गरेको छ । यस्तै उहाँ एनआरआई वेलफेयर सोसाइटी (युके च्याप्टर), प्राइड अफ एसिया अवार्ड, लगायत दर्जनौ पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ ।

साउथवेस्टन स्टेट कलेज तथा प्रमुख डा. केसीलाई लाई ‘शिक्षामा उत्कृष्टताका लागि अन्तर्राष्ट्रिय केन्द्र र ‘कला, संस्कृति र शिक्षाको स्थिरताको लागि समाजको संयुक्त आयोजनामा डिसेम्बर २०, २०२० मा भारतको नयाँ दिल्लीबाट भर्चुअलरुपमा सञ्चालित ‘अन्तर्राष्ट्रिय शिक्षा शिखर सम्मेलनमा ‘प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यालय’ विधाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।

साथै, नेपालको शैक्षिक विकास तथा अनुसन्धान गतिविधिहरूमा उत्कृष्ट योगदानको कदर डा. केसी र उहाँ नेतृत्वको साउथवेस्टर्न स्टेट कलेजलाई उत्कृष्ट कलेज अफ द इयर–२०२२ (दुबई), भारत–नेपाल फ्रेन्डसिप समिट, साउथ एसियन इन्टरनेशनल लिडरसिप अवार्ड, प्राइड अफ एसिया अवार्ड(२०२३) प्रदान गरिएको छ ।