• ९ मंसिर २०८१, आइतबार

डा. केसीलाई शिक्षा अवार्ड प्रदान

blog

डा.राजेन्द्र केसी । फाइल तस्बिर

काठमाडौं, कात्तिक २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउथवेस्टर्न स्टेट कलेजका प्रमुख डा.राजेन्द्र केसीलाई ‘आउट स्ट्याण्डिङ एजुकेसन अवार्ड प्रदान गर्नुभएको छ । 

नेपालको शिक्षा सेवामा उदाहरणीय योगदान गर्नुभएको भन्दै उहाँलाई उत्कृष्ट शैक्षिक पुरस्कार-२०२३ प्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शिक्षामा निजी क्षेत्रको सहभागिताले गुणात्मकता कायम गरेको विचार व्यक्त गर्नुभयो । 

डा. केसीले आफू र आफ्नो संस्थामात्र नभएर उत्कृष्ट कार्य गर्ने सबैलाई यस्ता सम्मानले प्रेरित गर्ने बताउनुभयो । यसैबिच, काठमाडौँ, वसुन्धरास्थित सो क्याम्पसका प्रमुख डा. राजेन्द्र केसी‘स्कुल एजुकेशनल लिडर अफ द इयरः२०२३’बाट जापानमा सम्मानित हुनुभएको छ ।

उत्तम भौतिक पूर्वाधार तथा संरचनामार्फत गुणस्तरीय शिक्षाप्रदानगर्ने शैक्षिक संस्थाका प्रमुखलाई डा. केसीको कार्यदक्षता तथा सामाजिक कार्यकासो अवार्डबाट सम्मान गरिएको संस्थाले जनाएको छ ।हालै २०२३ मा जापानको टोकियोमा आयोजित विशेष कार्यक्रममा डा. केसीलाई सो अवार्ड जापान प्रदान गरिएको थियो । 

यसअघि क्याम्पस प्रमुख डा.केसीलाई बेलायतको हाउस अफ कमन्सले महात्मा बुद्ध शान्ति पुरस्कार–२०२२ बाट सम्मान गरेको छ ।

डा. केसीलाई लाई ‘शिक्षामा उत्कृष्टताका लागि अन्तर्राष्ट्रिय केन्द्र र ‘कला, संस्कृति र शिक्षाको स्थिरताको लागि समाजको संयुक्त आयोजनामा डिसेम्बर २०, २०२० मा भारतको नयाँ दिल्लीबाट भर्चुअलरुपमा सञ्चालित ‘अन्तर्राष्ट्रिय शिक्षा शिखर सम्मेलनमा‘प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यालय’ विधाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।