तनहुँको शिव माध्यामिक विद्यालयमा शुक्रबार 'बुक फ्रि डे'
तनहुँको व्यास नगरपालिका–१० स्थित शिव माध्यामिक विद्यालयले हरेक शुक्रबार बिना किताब विद्यालय आउने व्यवस्था गरेको छ ।
पढ्नलाई उमेरले छेक्दैन
वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गर्नुभएकी दुजीकुमारी ओली ।
सरकार र राहत शिक्षकबिच वार्ता हुने
सरकार र राहत शिक्षकबिच शुक्रबार औपचारिक वार्ता हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आधिकारिक पत्र पठाएपछि शुक्रबार औपचारिक वार्ता हुने भएको हो। शिक्षामन्त्री अशोककुमार राईसहित आन्दोलनरत राहत शिक्षक र बालविकास शिक्षक प्रतिनिधिबिच सिंहदरबारमा अनौचारिक संवाद भएपछि शुक्रबार वार्ता हुने भएको हो। राहत, अनुदान शिक्षक र बालविकास शिक्षकबिच छलफल भएपछि वार्तामा बस्न आधिकारिक रूपमा पत्र पठाएको शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले बताउनुभयो। “राहत र बालविकास शिक्षकका प्रतिनिधि बसेर मन्त्रालयमा अनौचारिक छलफल भयो। उहाँहरूले वार्तामा बस्न औपचारिक रूपमा पत्र पठाउनु पर्छ भन्नुभयो। हामीले मन्त्रालयको तर्फबाट वार्तामा बस्न पत्र पठायौँ,” लम्सालले भन्नुभयो, “शुक्रबार राहत र बालविकास शिक्षकका प्रतिनिधि बसेर संवाद गरेर सहमतिको निकास निकाल्छौँ।”
बहसमा शिक्षा विधेयक
विवादमा तानिएको विद्यालय शिक्षासम्बन्धी विधेयकबारे यति बेला सरोकारवालामाझ बहस र छलफल सुरु भएको छ । यसको बहस नेपाली कांग्रेसको संसदीय दलसम्म पुगिसकेको छ भने अन्य दलका नेताले पनि समस्या समाधान हुने गरी विधेयक पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । मार्टिन चौतारीले बुधबार आयोजना
नेपालगञ्जका विद्यालयमा बिहीबार सार्वजनिक बिदा
नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबार नेपालगञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई सार्वजनिक बिदा दिएको छ ।
आत्महत्या न्यूनीकरण अभियानमा प्रहरी
“आशा जगाऔँ, जीवन बचाऔं” भन्ने मूल नाराका साथ प्रहरी आजभोलि विद्यालयहरुमा पुग्ने गरेको छ । विद्यार्थीको बाल मानसपटलमा सकारात्मक उर्जा भर्न मुस्कानसहित प्रहरी यतिबेला विद्यालयहरुमा पुग्ने गरेको छ ।
स्मृति प्रतिष्ठानद्वारा शैक्षिक सामग्री वितरण
ताप्लेजुङस्थित भूपू बेलायती आर्मी स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
भौतिक पूर्वाधारको अभावमा आधारभूत तहका अधिकांश सामुदायिक विद्यालय
चन्द्रपुर नगरपालिकामा रहेको आधारभूत तहका अधिकांश सामुदायिक विद्यालय भौतिक पूर्वाधारको अभावमा सञ्चालित छन् ।
जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण
सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत उक्त आयोजनाले विद्यालयको सुविधासम्पन्न भवन निर्माणमा सहयोग प¥याएको हो । निर्माणाधिन भवन शिलान्यास गर्दै नगरप्रमुख दधिराज सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु
राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।
विद्यालय शिक्षा विधेयकप्रति अपनत्व लिन सुझाव
राष्ट्रिय सभाका सदस्यले विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० लाई सबैले अपनत्व लिने गरी बनाउन जोड दिनुभएको छ । उहाँहरूले विधेयकमा आफूले देखेको त्रुटिबारे सुझाव दिन सम्बन्धित सरोकारवालालाई आग्रह गर्नुभयो । राष्ट्रिय सभाको दिगो विकास र सुशासन समितिले आयोजना गरेको छलफलमा समितिका सभापति प्रकाश पन्तले संसद्मा दर्ता भएको विधयेक सम्बन्धमा आफूलाई लागेको विषयमा अनलाइन वा पत्राचारकै माध्यमले सुझाव दिन अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “संसद् सचिवालयले यसरी विभिन्न माध्यमबाट आएको सुझावलाई समितिमा छलफलका लागि प्रस्तुत गर्ने छ ।”
सडकमा सुतेर राहत शिक्षकको विरोध
राहत शिक्षकहरुले सडक आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आज काठमाडौंको माइतीघरमादेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका हुन् ।
रोबोट बनाउने विद्यार्थी वैज्ञानिक भएको महसुस गर्दै (फोटो फिचर)
बालबालिकाहरु ध्यान दिएर काम गर्दैछन् । कोही कागज काट्दैछन्, कोही रङ भर्दैछन् । कोहीले तार जोड्दै छन्, कोहीे चिप्स जोड्नमा व्यस्त छन् ।
५० प्रतिशत रकम जुटाउन नसक्दा विद्यालय भवन बनाउन आएको रकम मन्त्रालयमै फिर्ता
पर्वतको कुस्मा नगरपालिकास्थित दुर्लुङ थुममा रहेको सूर्यप्रकाश माध्यमिक विद्यालयले भवन निर्माणका लागि आएको रकम मन्त्रालयमै फिर्ता गर्ने भएको छ । दुई वर्षसम्म पनि भवन निर्माण गर्न नसकेपछि विद्यालयले भवन निर्माणका लागि आएको ३६ लाख रकम फिर्ता पठाउन लागेको हो ।
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छ बुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताउनुभएको छ।
गुरुकुलमा अनुशासनसँगै व्यावहारिक ज्ञान
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–८ का सुजन अधिकारी ज्योतिष बन्ने चाहनाले गुरुकुलमा भर्ना हुनुभयो ।
शिक्षक घर फर्कँदै, छुटेको कक्षा बिदामा पढाइने
नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ ।
सरकार र आन्दोलनरत शिक्षकबीच छ बुँदे सहमति
नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ। शुक्रबार साँझ सरकार र शिक्षक महासंघबीच सात बुँदामा सहमति भएको हो।
सहमतिमा राहत शिक्षकको असन्तुष्टि
शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो। तर, राहत शिक्षकले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन्।
शिक्षकको आन्दोलन फिर्ता हुन्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षक महासंघको आन्दोलन भोलिदेखि फिर्ता हुने बताउनुभएको छ।
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले सरकार र शिक्षकबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने तयारी भएको जानकारी दिनुभयो ।
सिंहदरबारमा सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच वार्ता जारी रहेको हो ।
गुल्मीको कालीगण्डकीले विद्यालय बन्द गरे कारबाही गर्ने
गुल्मीको कालीगण्डकी गाउँपालिकाले विद्यालय बन्द गरेमा नियमानुसार कारबाही गर्ने निर्णय गरेको छ । विद्यार्थीहरुको नियमित पठनपाठनको हक अधिकारलाई बञ्चित नगर्नको लागि नियमित विद्यालय सञ्चालन गर्न यहाँका सबै विद्यालयलाई अनुरोध गरिएको छ ।
शिक्षकको प्रदर्शन : सडकमै नाचगान (फोटो फिचर)
आन्दोलनरत शिक्षकहरुले आज (शुक्रबार) तेस्रो दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।