शङ्करदेव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रूपमा विकास गरिने : मन्त्री गुरुङ
शङ्करदेव क्याम्पस पूर्व विद्यार्थी समाजको तेस्रो साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शङ्करदेव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रूपमा विकास गर्न आफूले सक्ने सहयोग गर्ने बताउनुभएको छ ।
विद्यार्थी छैनन् ‘प्राविधिक धार’ मा
प्राविधिक ज्ञान र सिप भएका जनशक्ति तयार गर्ने उद्देश्यका साथ दोलखाका चार वटा माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत सञ्चालन भएका बाली विज्ञानको पठनपाठनमा समस्या आएको छ । सम्बन्धित निकायको खासै चासो नहुनु, विद्यार्थी भर्ना न्यून र अन्य आयस्रोत नहुँदा बाली विज्ञान प्राविधिक धार सञ्चालनमा सङ्कट आएको बताइएको छ ।
एसईई पास बालबालिकालाई बाल विकासको सम्मान
बाल विकास समाजले हरेक वर्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत एसईई पास गर्ने बालबालिकाहरुलाई सम्मानित गरेको छ ।
पाठशाला : जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ
पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् ।
शिक्षा विधेयक यथास्थितिमा स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिले कै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पार्नु भएको छ । हामीले यसभन्दा अघि पनि भनेका छौ र फेरी पनि भन्छौ जस्ताको त्यस्तै अवस्थामा विधेयकलाई स्वीकार गर्न सकिँदैन, उहाँले भन्नुभयो ।
मङ्गल क्याम्पसमा सांस्कृतिक कार्यक्रम
यहाँस्थिति मङ्गल बहुमुखी क्याम्पसका स्नातक तहका विद्यार्थीले सांस्कृतिक कार्यक्रम गरेका छन् । शनिबार कीर्तिपुरस्थित क्याम्पसमा आयोजना भएको स्वागत र बिदाइ कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका हुन् ।
‘शिक्षा क्षेत्रको परिवर्तनमा शीर्ष नेतृत्वको ध्यान गएन’
शिक्षा सेवीहरूले राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिक परिवर्तनको नेतृत्व गर्न सक्षम भए पनि शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि भने ध्यान नदिएको गुनासो गरेका छन् ।
शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि
नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ ।
कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताउनुभएको छ ।
बढाऔँ बालबालिकामा लगानी
बालबालिका देशका कर्णाधार हुन्– धेरै भनिने र सुनिने कथन हो यो । बालबालिकालाई साँच्चिकै देशका कर्णाधार बनाउन लगानी पनि चाहिन्छ तर सङ्घीयताको कार्यान्वयनसँग बाल अधिकारका पक्ष स्थानीय तहमा सरेको छ । त्यसरी सर्दा बालबालिकामा हुने लगानी खुम्चिएको अनुभव गरिएको छ । बालबालिकाका लागि पालिकाले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बाल अधिकार नै सङ्कुचित बन्दै गएको छ । त्यही भएर यस वर्ष मनाइने ५९ औँ राष्ट्रिय बाल अधिकार दिवसको नारा नै ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ तय गरी बालबालिकाका लागि लगानी बढाउन पहल थालिएको छ । हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाइन्छ । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले पछिल्लो पटक तीनै तहका सरकारबाट बा
छाप्रोदेखि सुरु भई सुविधासम्पन्न पृथ्वीनारायण क्याम्पस
पोखरामा २०१७ सालअघिसम्म उच्च शिक्षा हासिल गर्न काठमाडौँ वा बनारस जानुपर्ने बाध्यता थियो । तत्कालीन समयमा स्नातक पास गरेकाहरू चार जना मात्र हुनुहुन्थ्यो ।
राहत शिक्षकलाई राहत दिने विधेयक
राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक अनुदान कोटा स्वतः शिक्षक दरबन्दीमा परिणत हुने भएको छ। शिक्षकको स्थायी खुला प्रतिस्पर्धामा राहत, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकका लागि कुल दरबन्दीको ५० प्रतिशत सिट छुट्याइएको छ। बाँकी ५० प्रतिशतमा खुला प्रतियोगिताका आधारमा परीक्षा लिएर पदपूर्ति गरिने छ। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बुधबार सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ। विधेयकमा सो प्रावधान प्रस्ताव गरिएको हो।
शिक्षा विधेयक दर्ता : विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा
लामो समयको प्रतीक्षापछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा आज दर्ता गरेको छ ।
सामुदायिक विद्यालयले दिवा खाजा पकाएरै खुवाउनुपर्ने
इटहरी उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई दिवा खाजा विद्यालयमै पकाएर खुवाउनुपर्ने अनिवार्य नियम उपमहानगरले लगाएको छ ।
दक्षिण एसियाली मुलुकका शिक्षाकर्मी सम्मानित
प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट नेपाल, भारत र भुटानका शिक्षासेवी र संस्था सम्मानित भएका छन् ।
प्राविधिक शिक्षामा छात्रवृत्ति
जिल्लाको गौरीशङ्कर गाउँपालिकाले प्राविधिक विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । प्राविधिक जनशक्ति उत्पादनको लागि शैक्षिक छात्रवृत्ति कार्यक्रम अन्तर्गत गाउँपालिकाले छात्रवृत्ति प्रदान गरेको हो ।
ग्रामीण भेगका विद्यालयलाई रेडक्रसको सहयोग
नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले सामुदायिक विद्यालयलाई खेल तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
नवलपुरको कावासोती १० स्थित रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
‘निजी विद्यालयले शिक्षामा गरेको लगानीको कदर भएन’
निजी विद्यालयले गुणस्तरीय शिक्षाका लागि पर्याप्तता लगानी गरेको तर राज्यले सोअनुसार कदर नगरेको वक्ताहरूले बताएका छन् ।
चितवन मेडिकल कलेजमा आध्यात्मिक पुस्तकालय
कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान दिन पुस्तकालय स्थापना गरिएको बताउनुभयो । विद्यार्थीलाई असल चरित्रसँगै स्वास्थ्यसम्बन्धी विज्ञ बनाउन र उनीहरुमा पढाइका क्रममा हुने तनावबाट मुक्ति दिन पुस्तकालय सञ्चालन गरिएको उहाँको भनाइ छ ।
दुई वर्षको लक्ष्य १५ वर्षसम्म अपूरो
सरकारले दुई वर्षभित्रमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १५ वर्ष बित्दा पनि पूरा भएको छैन । सुरुका दिनमा अभियान केही प्रभावकारी देखिए पनि केही वर्षयता सुस्ताएको छ । सरकारले पहिलो
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातक तहको भर्ना सुरु
नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक स्नातक तहमा आइटी विषय अध्ययनका लागि भर्ना सुरु गरेको छ ।
शिक्षाको गुणस्तर बढाउन व्यावहारिक ज्ञान आवश्यक
शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
कक्षा १२ को पूरक परीक्षाको समयतालिका परिवर्तन
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समयतालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।