विधि संरक्षकबाटै उल्लङ्घन
संरक्षण गर्नुपर्नेबाटै विधिको परिपालना भएन भने के हुन्छ ? मुलुकमा अहिले यो प्रश्न गम्भीर रूपमा उठेको छ। नेपालको संविधानको भाग–६ ले राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरेको छ। संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा कार्यकारी अधिकारको कल्पनासमेत गरेको छैन। कल्पना नगरेको विषय संविधानमा व्यवस्था हुने कुरा भएन। संविधानले कार्यकारीको मूल जिम्मेवारी कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीलाई दिएको छ। राष्ट्रपतिलाई संविधान संरक्षकको जिम्मेवारी दिएको छ। संविधनको भाग ६ अन्तर्गत धारा ६१ को उपधारा ४ मा ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनिएको छ। राष्ट्रपतिलाई दिएको त्यो जिम्मेवारीले त्यस सर्वोच्च संस्थाबाट गल्ती हुँदैन भन्ने मान्यता स्थापित गर्ने संविधानको मूल मर्म देखिए पनि राष्ट्रपतिबाटै गम्भीर उल्लङ्घन भएपछि तनाव उत्पन्न भएको छ।
सुपथ मूल्य पसल
विपन्नले कष्ट सहनु परेकैले हुनुपर्छ, ठूला चाडपर्वलाई लिएर अनेक भनाइ र उखान नेपाली समाजमा चल्दै आएका छन्। त्यसै क्रममा दशैँलाई लिएर ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई,’ भन्ने समेत गरिन्छ। शरद् ऋतुमा आउने दशैँको धार्मिक तथा सांस्कृतिक महत्व विशिष्ट छ। नेपाली समाजलाई यो चाडले एकता, सद्भाव र समन्वयका निम्ति ठूलो ऊर्जा दिन्छ। तर चाडपर्व असाध्यै महँगा हुँदै गएका छन्। सीमित आय भएका परिवारलाई दशैँ चर्को पर्दै गएको छ। परिवारलाई कपडा किन्नै प¥यो। खानपानको व्यवस्था गर्नै प¥यो अनि नरनाता, कुल कुटुम्ब आ
मन्दीको प्रभाव न्यूनीकरण
विश्व अर्थतन्त्रमाथि महामन्दीको खतरा मडारिरहेको देखिएको छ। तीन वर्षअघिदेखि विश्वभर कोरोना (कोभिड १९)को प्रभावले अर्थतन्त्र थिलथिलो भएको थियो। लगानी घट्दै गयो। खास गरी पर्यटनलगायतका सेवाले अर्थतन्त्रमा विश्वभर नै निराशा छायो। हवाई सेवा कम्पनीहरू इतिहासमा कहिल्यै नबेहोरेको घाटामा पुगे। होटल व्यवसाय त चौपटै थियो। रोजगारी गुमाएका श्रमिकहरूको सामाजिक सुरक्षामा खर्च गर्न सरकारहरू बाध्य थिए।
ऐतिहासिक दिनको लक्ष्य
आज ऐतिहासिक दिन । नेपाली जनता आफैँले संविधान बनाएर जारी भएको दिन। यो दिन अर्थात् २०७२ असोज ३ गते आउनका लागि नेपालले लगभग सात दशकको सङ्घर्षपूर्ण यात्रा गर्नुप-यो। शताब्दीभन्दा लामो राणाशाहीविरुद्ध २००७ सालको क्रान्ति सफल भएपछि नै नेपाली जनता आफैँले आफ्नो संविधान बनाउने अवसर आउनुपर्ने थियो। राजा त्रिभुवनको अब देशका शासन व्यवस्था नेपाली जनता आफैँले बनाएको संवैधानिक विधिअनुसार चल्ने प्रतिबद्धता थियो त्यतिखेरै। निर्वाचन भएन। टर्दै गयो। अनेकौँ प्रयोगपछि बल्ल २०१५ सालमा संसद्को निर्वाचन भयो। देशमा निर्वाचित सरकार बन्यो। प्रजातान्त्रिक सरकारले अनेक राम्रा काम गर्दै थियो। निरङ्कुश राजतन्त्रलाई त्यो मान्य भएन। फलस्वरूप २०१७ साल पुस १ गते राजा महेन्द्रको सैनिक ‘कु’ बाट मुलुक फेरि निरङ्कुश अन्धकारमा पस्यो।
विधायिकाको पूर्ण कार्यकाल
संविधान सभाले सात वर्षअघि निर्माण गरेको नेपालको संविधानअनुसार निर्वाचित पहिलो प्रतिनिधि सभाको गए मध्यरातबाट कार्यकाल पूरा भएको छ। बीचमा अनेक अवरोध आए पनि यो पूर्ण कार्यकाल हो। पाँच वर्षअघि २०७४ सालमा भएको निर्वाचनले स्थापना गरेको प्रतिनिधि सभा आगामी मङ्सिर ४ गते नयाँ निर्वाचनको सुखद सन्देश दिँदै बिदा भएको हो। लोकतान्त्रिक व्यवस्थामा आवधिक निर्वाचनले नै ताजा जनादेश दिन्छ र त्यसैअनुसार विधायिकाले आफ्नो कार्यकाल पूरा गर्छ। विगतको विधायिकामा राजनीतिक दल, सांसद र कार्यकारीमा पुगेको दल तथा व्यक्तिहरूको भूमिकाको सबै हिसाबकिताब भने ताजा जनादेशले नै गर्नेछ।
पूर्वाधारमा व्यापक लगानी
मुलुकलाई समुन्नत बनाउन पूर्वाधारमा लगानी बढाउनु आवश्यक छ। पूर्वाधार विकास बिना देशको आर्थिक तथा सामाजिक विकासको सपना पूरा हुँदैन। व्यापक पूर्वाधार विकासले रोजगारी सिर्जना गर्छ। उद्योगधन्दा र कलकारखाना निर्माणका लागि थप लगानीको बाटो खोल्छ र अनेक क्षेत्रमा लगानी सिर्जना गर्छ। मुलुकको मौजुदा पूर्वाधार सन्तोषजनक छैन। सडक पूर्वाधारमा अझै अनेक समस्या छन्। आवश्यक पुलहरू बन्न सकेका छैनन्। देशको राजस्व लगभग साधारण खर्चमा ठिक्कै हुने अवस्था छ । पूर्वाधार लगानीमा पुँजीगत खर्च गर्न बाह्य सहयोग र ऋणको निर्भरता निरन्तर बढ्दै गएको छ।
सार्वजनिक जग्गाको संरक्षण
मानिसमा लोकलाज, धर्म, पाप, पुण्य, कानुनकाइदा आदिको विचार हुन सक्यो भने समाजमा सदाचार कायम हुन सक्छ। यी कुराको विचार नगर्दा समाजमा अनेक अराजकता देखा पर्छन्। लोकलाज, धर्म, पाप, पुण्य, कानुनकाइदा आदिको अभावमा समाजमा विभिन्न किसिमका विसङ्गति देखिन्छन्। अहिले यस्तै अनेक घटना देखिन थालेका छन्। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित एक सार्वजनिक चरिचरन स्थल दशकौँ अघिदेखि व्यक्तिको नाममा दर्ता भएको मात्र प्रकाशमा आएको छ। सार्वजनिक जग्गा दर्ता मात्र होइन, सोही जमिनलाई बैङ्कमा धितो राखेर ऋण लिइएको अवस्थासमेत छ। लिएको ऋण समयमा तिरेको पाइएन। ऋण नतिरेपछि यो जग्गा लिलामी भएको सूचना पत्रिकामा प्रकाशित भएपछि मात्र स्थानीयले जानकारी पाए। स्थानीयले जानकारी पाउनसमेत वर्षौं लाग्यो।
अध्यक्ष लीको मैत्रीपूर्ण भ्रमण
नेपाल र चीनबीचको लामो ऐतिहासिक सम्बन्ध रहेको छ । यो अझ घनिष्ठ बनाउने अनेक आयाम छन् । त्यसमध्ये बेलाबखतमा हुने द्विपक्षीय उच्चस्तरीय भ्रमणको विशिष्ट महत्त्व रहन्छ । यस्ता उच्चस्तरीय भ्रमणले सम्बन्धका आयामलाई फराकिलो बनाउन सहयोग गर्दै आएको छ । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ तथा सौहार्दपूर्ण बनाउन यताका वर्षहरूमा महत्त्वपूर्ण उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । यस्ता उच्चस्तरीय द्विपक्षीय भ्रमणले दुई देशबीचको सम्बन्ध घनिष्ट हुनुका साथै एकअर्कालाई उच्च महत्त्व दिएको समेत स्पष्ट छ । यसै सन्दर्भमा चीनको विधायिका राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कङ्ग्रेस) स्थायी समितिका अध्यक्ष ली झान्सुले सोमबारदेखि नेपालको महत्त्वपूर्ण भ्रमण आरम्भ गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणमा लीको यो भ्रमण भएको हो । चिनियाँ विधायिकाको उच्च नेतृत्व तथा चीनका तेस्रो वरिष्ठतम नेताको यो भ्रमण विधायिका क्षेत्रमा अझ विशिष्ट महत्त्व छ ।
चोरीपैठारी नियन्त्रण
नेपाल भारतबीचको खुला सिमाना आधुनिक राज्यका निम्ति अनौठो अपवाद हो। तीनतिर भारतबाटै सिमाना जोडिएको नेपालको सीमावर्ती गाउँ, बस्ती र सहरमा वारिपारिको सम्बन्ध अनौठो नै छ। नेपाल र भारतबीच कतिपयले रोटीबेटीको सम्बन्धसमेत भन्छन्। यस्तै सम्बन्धले अनेक चर्चा परिचर्चा पाइरहेका हुन्छन्। दुई मुलुकबीचको खुला सिमानाले गर्दा मुख्यतया सीमावर्ती व्यापारको आफ्नै विशेषता छन्। खुला सिमानामा वारपार त हुने नै भयो र त्यसमा सरसमान पनि वारिपारि हुने गर्छ। भन्सारको खुकुलो नीतिका कारण दैनिक थुप्रै नेपाली सीमावर्ती बजारमा किनमेल गरेर स्वदेश फर्किने गरेका हुन्छन्। कतिपय सरसमान वारिबाट पारिसमेत जान सक्ने हुन्छ। यसको प्रत्यक्ष फाइदा सीमावर्ती क्षेत्रका उपभोक्तालाई पुग्ने