सुनको मूल्य स्थिरः चाँदीको घट्यो
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
डुबान प्रभावित क्षेत्रको वैकल्पिक खेती चैते धान
कैलालीको डुबान प्रभावित क्षेत्रमा चैते धान खेती वैकल्पिक खेती बनेको छ । बर्खे धानलाई बाढीले नोक्सान गर्ने गरेका कारण डुबान प्रभावित क्षेत्रका किसानका लागि चैते धान वैकल्पिक खेती बनेको हो ।
विषादी परीक्षण प्रयोगशाला अलपत्र
कर्णाली प्रदेशमा भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा के कति छ भनेर परीक्षण गर्न सुर्खेतको हर्रे नाकामा प्रदेश सरकारले स्थापना गरेको विषादी प्रयोगशाला सञ्चालनमा नआई अलपत्र परेको छ ।
विद्युत् कटौतीको सम्भावनाले चिन्ता
भारतले साँझ ६ देखि बिहान ६ बजेसम्मका लागि विद्युत् कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योग पर्ने देखिएको छ ।
विद्युत् प्राधिकरण साढे दुई खर्ब घाटामा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाहिर चर्चामा आए जसरी नेपाल विद्युत् प्राधिकरण नाफामा नरहेको दाबी गर्नुभएको छ । उहाँले प्राधिकरण अझै साढे दुई खर्ब घाटामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै यथार्थ जनताले बुझ्नुपर्ने भएकाले सदनमार्फत जानकारी गराएको बताउनुभयो ।
स्टार्टअप उद्यम कर्जा चैत अन्तिम सातादेखि
चैत अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठाले परियोजना अन्तिम छनोटमा परेका उद्यमीलाई स्टार्टअप उद्यम कर्जा वितरण गर्न लागेको हो ।
नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु
नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यबारे गृहकार्य सुरु भएको छ ।
जापानी कार निर्माताकम्पनीद्वारा अमेरिकी करको असरबारे चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको आयातमा कर लगाउने योजना अघि बढाए जापानका शीर्ष कार उत्पादन कम्पनीहरूले उत्पादन कटौती गर्न बाध्य हुनसक्ने बताउनुभएको छ । उद्योग जापानी अर्थव्यवस्थाको एक विशाल स्तम्भ हो ।
नीलमको प्रेरणादायी यात्रा : शिक्षिकादेखि डेपुटी गभर्नरसम्म
विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक-प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि र सफलताले करिअरप्रति नीलमसँग अतिरिक्त अपेक्षा थिएन ।
सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
पैदलयात्रीबाट असुली रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन
चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९, चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएको छ ।
विदेश जाने सत्र प्रतिशत बढे
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ ।
स्थानीयले बन्द गरे जलविद्युत् आयोजना
मुआब्जा नदिएको भन्दै खोटाङमा सञ्चालित एक जलविद्युत् आयोजना स्थानीय नागरिकले बन्द गरेका छन् । केपीलासगढी गाउँपालिकाका स्थानीयले माथिल्लो रावा खोला साना जलविद्युत् आयोजना बन्द गरेका हुन् ।
सुरु भयो पोखरा–छेन्दु उडान
चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान सुरु भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस्तो उडान गरेको हो ।
ससर्त अनुदानमा आयोजना नतोक्न सुझाव
स्थानीय सरकारमा हस्तान्तरण भई जाने ससर्त अनुदानका लागि निश्चित आयोजना वा कार्यक्रम नतोक्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारलाई सुझाव दिएको छ ।
कोषको साठी प्रतिशत रकम खर्च गर्नुपर्ने
अब बैङ्क तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत रकम खर्च गर्नुपर्ने भएको छ । सामाजिक उत्तरदायित्वको नाममा मनोमानी खर्च गर्नबाट नियन्त्रण गर्ने उद्देश्यले राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने खर्च पारदर्शी र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरेको हो ।
कैदीबन्दीको कमाइ मासिक पैँतालिस हजारसम्म
क्षमताभन्दा करिब पाँच गुणा मान्छे, सँगसँगै गज्जबको उद्योग पनि । जहाँबाट वर्षको तीन करोड २६ लाख रुपियाँभन्दा बढीको सामग्री उत्पादन र बिक्रीवितरण हुन्छ । पुरुषले न्यूनतम सात हजारदेखि ४५ हजार रुपियाँसम्म कमाउँछन् । यो गुल्मी कारागारको अवस्था हो ।
फोनपेको यूपीआई भुक्तानी सेवामा एकवर्षे सफलता
नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले सीमापार यूपीआई क्यूआर कोडमा आधारित पर्सन–टु–मर्चेन्ट (ए२ः) कारोबारको एक वर्ष पूरा गरेको छ ।
अर्थ समितिमा भन्सार विधेयकमाथि छलफल
प्रतिनिधिसभा, अर्थ समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि आज छलफल भएको छ । विधेयकमाथिको दफावार छलफलका क्रममा समितिले भन्सारका कर्मचारीलाई विभागीय कारबाहीको विषय हटाएको छ ।
दाङमा राजस्व सङ्कलन वृद्धि
आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४२ करोड १३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।
नेप्से परिसूचकमा निरन्तर गिरावट
यो साताको कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ।
सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा ११०० ले वृद्धि
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।