देशभित्रै रोजगारी बढाउन सोह्रबुँदे घोषणापत्र
पाँचौँ रोजगार सम्मेलनले आन्तरिक रोजगार प्रवर्धन दशकको सफल कार्यान्वयनका लागि आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्नेलगायतको १६ बुँदे घोषणापत्र जारी गरेको छ ।
‘स्थानीय र प्रदेशको काम सङ्घले गर्नुहुन्न’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम सङ्घले गर्नु संविधान र सङ्घीयताको मर्म तथा भावनाविपरीत हुने बताउनुभएको छ ।
घामसँगै हौसिन्छन् लोकबहादुर, सेतै फुल्छ डाँडाबारी
हरेक दिनको सङ्केत बिहानीले गरे झैँ लोकबहादुर मगरको भाग्य पनि प्रत्येक दिन लाग्ने घामले निर्धारण गरेको हुन्छ । लोकबहादुरलाई लाग्छ घाम कहिले नअस्ताओस् । जब जब घामको सट्टा पानी पर्छ उहाँ बेरोजगार हुन पर्छ । उहाँको एउटै रोजगारी हो नेपाली हाते कागज ।
पोखरा–छेन्दु चार्टर उडानको तयारी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा आगामी चैतदेखि सातामा एउटा चार्टर उडानको तयारी थालिएको छ । विमानस्थल बनेको दुई वर्षसम्म पनि नियमित उडान हुन नसकेपछि विमानस्थललाई चलायमान बनाउन पहल थालिएको हो ।
कर्णालीको पानी तानेर खेतीपाती
खेतीयोग्य जमिनमा सिँचाइका लागि कर्णाली नदीको पानी लिफ्ट प्रणालीबाट तानेर ट्याङ्कीमा खसालिएको छ । सौर्य ऊर्जा प्रणाली प्रयोग गरेर नदीको पानी तानेर ट्याङ्कीमा खसाल्ने काम सफल भएको छ ।
भूमाफियाको कब्जामा ७० बिघा
नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं. ४ (साविक शिवमन्दिर क, ख र ग तीन वटा नक्सामा रहेको १९१ बिघामध्ये करिब ७० बिघा जमिन चलखेल गरेर जिल्लाभन्दा बाहिरका भूमाफियाले कब्जा गरेको पाइएको छ ।
लगातार सात कारोबार दिन घटेको नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।
सोरमखोला सिँचाइ योजना अलपत्र
सर्लाहीको गोडैता नगरपालिका–२, बेल्वाजब्दीमा सोरमखोला सिँचाइ योजना अलपत्र पर्दा किसान मारमा परेका छन् ।
‘श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन आवश्यक’
सरकारले श्रम सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक आफ्नो अधिकारप्राप्तिबाट वञ्चित भएको सरोकारवालाले बताएका छन् ।
जलाशययुक्त आयोजनामा इयुको चासो
युरोपियन युनियनले नेपालका ठुला जलाशययुक्त आयोजनामा लगानी गर्न तयार रहेको बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगको शिष्टाचार भेटमा नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले यस्तो बताउनुभएको हो ।
सामाजिक सुरक्षा कोषमा आबद्ध हुन समझदारी
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ मा सामाजिक सुरक्षा कोष र सात वटा निजी क्षेत्रका छाता सङ्गठनबिच सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भित्रियो साढे सात अर्ब लगानी
चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा साढे सात अर्ब प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ ।
भन्सारमै बिग्रन थाल्यो तेह्र सय मेट्रिक टन मल
करिब आठ महिनादेखि तातोपानी भन्सार कार्यालयमा एक हजार तीन सय मेट्रिक टन रासायनिक मल गोदाममा थन्किएर बसेको छ ।
कृषि अनुदान व्यवस्थित गरिने
सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ ।
होलीले तान्यो चीनका फोटोग्राफर
हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ उपत्यका नेपाल भाषाका गीतले गुञ्जयमान हुन्छ ।
कृषि क्षेत्रको अनुदानलाई व्यवस्थित गर्दै सरकार : अर्थमन्त्रीसँग छलफल
आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग गरेको बैठकमा कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमबारे गम्भीर समीक्षा गरी नयाँ ढंगले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको छ।
सजिवनको फूल चुरेको डाँडादेखि मधेशको मैदानसम्म
जाडो जाने र गर्मी बढने क्रमसँगै ढकमक्क फूलले तराईका बारी बगैँचा, खेतखरिहान र सडकपेटीसम्म सेताम्मे देखिएका छन्। यो बहुपयोगी तरकारी सजिवनको फूल हो। फागुन महिना लागे यता ढकमक्क फुलले चुरेको डाँडादेखि मधेशका मैदानसम्मको रुपरंग फेरेको छ।
४६.५ प्रतिशतले निर्यात वृद्धि
कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्कअनुसार निर्यात उल्लेख्य बढेको हो ।
टपरीको माग धानी नसक्नु
रौतहट, फागुन २७ गते । हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना–टपरीको माग अत्यधिक बढेको छ । समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुना–टपरी उत्पादन गर्दै आइरहेको छ । तर, समूहमा आबद्ध भएका महिलाले सालको पात टिपेर पञ्चिङ मेसिनद्वारा उत्पादन गरिएको दुना टपरीको माग थेगिनसक्नु छ । हातेमालो सामुदायिक उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले समूहमा आबद्ध भएका महिलालाई उद्यमशीलताको विकास गर्न सालको दुना–टपरीको व्यावसायिक उत्पादन गर्दै आइरहेको बताउनुभयो । “यहाँ उत्पादन भएको दुना–टपरीको माग थेगिनसक्नु छ”, उहाँले भन्नुभयो, “ग्राहक आफैँ समूहको कार्यालयमा आएर लिएर जाने गर्नुहुन्छ । हामीले अझै पनि मागअनुसारको आपूर्ति गर्न सकेका छैनौँ ।”समूहका अनुसार सालको पातबाट बनाइएको प्रति टपरीको मूल्य रु. चार, ठूलो दुनाको रु. दुई र सानो दुनोको रु. एक बजार मूल्य तोकिएको छ । “प्लाष्टिकबाट उत्पादन भएको प्लेटभन्दा सस्तो र धार्मिक दृष्टिकोणले पनि चोखो हुने भएकाले सालको दुना–टपरीको माग अत्यधिक छ”, समूहका कार्यालय सचिव लक्ष्मण महतोले भन्नुभयो, “यहाँ उत्पादन भएको दुना–टपरीको महिला उद्यमीलाई आवश्यक पर्ने सबै खर्च दिएर समूहले पनि मासिक रु. ३० हजारभन्दा धेरै रकम बचत गर्दै आइरहेको छ ।” समूहले महिला उद्यमीले सालको पात टिपेर र सामान्य खालको टपरी खुटेर ल्याउनेसँग टपरी प्रतिगोटा रु. दुई मा खरिद गर्ने गर्छ । बिजुलीको महसुल र टपरी बनाउनेलाई ज्याला र अन्य खर्चका लागि भने प्रतिटपरी रु. दुई लिँदै आइरहेको छ । दुना–टपरी बनाउने उपकरण चलाउँदै आइरहनुभएकी लक्ष्मी लामाले आफ्नै गाउँघरमा सानो भए पनि उद्यम गर्न पाएकामा हर्षित भएको बताउनुभयो । “आफ्नै गाउँघरमा बसेर दैनिक छ सय आम्दानी गर्दै आइरहेकी छु । यसले पक्कै पनि हाम्रीलाई काम गर्न सहयोग पुर्याएको छ”, उहाँले भन्नुभयो, “समूहमा आबद्ध भएका महिलाले फुर्सदको समयमा सामुदायिक वनबाट सालको पात टिपेर ल्याउनुहुन्छ ।”टपरी बनाउनका लागि सालको पातलाई सामान्य ढङ्गले खुटेर फलामको डाइमेसिनमा राखेर टपरी वा दुनाको आकार दिने गरिन्छ । समूहले २०८० जेठ १० गतेदेखि व्यावसायिक रूपमा सालको दुना–टपरीको उत्पादन गर्दै आइरहेको छ । यहाँ दैनिक दैनिक छ सय टपरी र एक हजारको हाराहारीमा सानाठूला दुना उत्पादन हुने गर्छ ।
माग सम्बोधन नभए जलविद्युत् आयोजना ठप्प पार्ने रघुगङ्गावासीको चेतावनी
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले स्थानीयवासीको माग पूरा नगरे आयोजना निर्माणलाई ठप्प पार्ने चेतावनी दिएका छन् । आयोजना प्रभावितहरुले गाउँपालिका भित्र हाल निर्माणाधीन अवस्थामा रहेका पाँच वटा जलविद्युत आयोजनाहरूलाई विभिन्न ३१ बुँदे माग राखेका छन् । माग पूरा नगरे जलविद्युत आयोजना निर्माण अवरुद्ध पार्ने स्थानीयहरूको भनाई छ ।
रुखो पाखामा कफी फलाउँदै राप्ती नगरपालिका
विपन्न वर्गकोलागि आफ्नै बारीमा आयआर्जन गर्ने गरी पूर्वी चितवनको पहाडी क्षेत्रमा कफी सुरु भएको छ ।
फागु गायन र नृत्य संरक्षण गरिँदै
फागुपूर्णिमाको दिन ऐतिहासिक स्थल लालपाटीमा फागु संस्कृति जगेर्ना गर्न विशेष कार्यक्रम गरिने भएको छ । फागु परम्परा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले बगनासकाली–२ स्थित लालपाटीमा फागु गायन तथा नृत्य प्रतियोगिता गर्न लागिएको हो ।
बाँझो जग्गामा केरा खेती
वर्षौंदेखि यसै बाँझिएर रहेको जग्गालाई सदुपयोग गर्दै गुल्मीमा केरा खेती सुरु गरिएको छ ।
खाद्यलाई धान बेच्न किसानको अरुचि, स्थानीय तहले पनि चासो देखाएनन्
मधेश प्रदेशका स्थानीय तहले उत्पादन खरिदबिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग कारोबार गर्न चासो देखाएका छैनन् । जसका कारण किसानले निजी व्यापारीलाई धान र गहुँ बेच्न बाध्य छन् ।