पुष्प प्रदर्शनी हुने
आगामी १ चैतदेखि २६ औँ पुष्प प्रदर्शनी (फ्लोरा एक्स्पो) हुने भएको छ ।
आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा
सरकारले सन् २०२५ देखि २०३५ लाई आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेको छ । पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ को सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गर्नुभएको हो ।
निर्यातको आम्दानी भ्रमणमै ठिक्क
वस्तु निर्यात गरेर मुलुकले प्राप्त गर्ने आम्दानी नेपालीले विदेश भ्रमणमा गर्ने खर्च करिब बराबर हुने पाइएको छ ।
एउटै नम्बर प्लेटका दुई ट्रक नियन्त्रणमा
विराटनगर भन्सार कार्यालयमा मालवस्तु बोकेर भारतबाट आएका दुई वटा मालवाहक ट्रकको एउटै नम्बर भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
खुम्चियो आन्तरिक कर्जा
चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल आन्तरिक कर्जा खुम्चिएको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ३.२ प्रतिशतले बढेकामा समीक्षा अवधिमा १.३ प्रतिशत मात्रले बढेको छ ।
शिवशिखर बहुउद्देश्यीय सहकारी अनियमितता, धितो लिलाम गर्दै बैङ्क
भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विभिन्न जिल्लामा रहेको चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढ्ने भएको छ । नेपाल एसबिआई बैङ्कले सूचना प्रकाशित गरी जग्गासहित चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएपछि बचतकर्ता झस्किएका छन् ।
नेप्से परिसूचक लगातार गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो छ दिनदेखि लगातार गिरावट देखिएको छ । गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक सोमबार पनि ओरालो देखिएको हो ।
रेमिट्यान्सको उत्पादनशील उपयोग
कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम स्वदेशमा पठाउने रकम रेमिट्यान्स हो । यसलाई नेपालीमा विप्रेषण भनिन्छ । सामान्य अर्थमा विदेशको कमाइ नै रेमिट्यान्स हो । वैदेशिक रोजगारमा गएर कमाएको रकम स्वदेशमा प्राप्त भएपछि सो रकम रेमिट्यान्स हुन आउँछ ।
ढाका कपडाबाट वार्षिक पाँच लाख आम्दानी
साहारा लिम्बूफुङलिङ, फागुन २६ गते । ढाका कपडा बुनाइबाट वार्षिक पाँच लाख आम्दानी हुने गरेको छ । वचनकुमारी नाल्बो लिम्बूले ढाका कपडा बुनेर नै वार्षिक पाँच लाखको हाराहारीमा आम्दानी गरिरहनुभएको छ ।ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका ४ लिङतेप घर भई हाल फुङलिङ नगरपालिका वडा नं ७ मा सोनी ढाका कपडा उद्योग सञ्चालन गर्दै आउनुभएकी वचनकुमारी नाल्बोले ढाकाबाट नै जीविकोपार्जन गर्नुभएको छ ।५२ वर्षीया लिम्बू विगत २२ वर्ष अघिदेखि नै ढाका बुन्दै आएको बताउनुहुन्छ । करिब आठ वर्ष अघिदेखि भने उहाँ आफैंले उद्योग सञ्चालनमा ल्याएर मनग्गे आम्दानी गरिरहनुभएको छ । योसँगै उहाँले पाँच जना महिलालाई रोजगारीसमेत प्रदान गर्नुभएको छ ।उहाँको ढाका कपडा उद्योगमा साडी, चौबन्दी चोली, कोट, सर्ट, मेख्ली, बर्की, टोपी लगायतका कपडा तयार हुन्छ । एउटा साडीको मूल्य न्यूनतम पाँच हजारदेखि १० हजारसम्म पर्ने उहाँको भनाइ छ । अहिले सबैभन्दा धेरै साडीको नै माग रहेको पनि लिम्बूले बताउनुभयो ।ढाका कपडा मिटरको भने एक हजार दुई सयदेखि एक हजार पाँच सय पर्ने गर्दछ । ढाका कपडाको अर्डर धेरै काठमाडौँबाट आउने गरे पनि उद्योगबाट नै बिक्री भइसक्ने लिम्बू बताउनुहुन्छ । बालबालिकादेखि युवा पुस्ताका लागि विभिन्न पहिरन तयार हुने भएका कारण पनि अहिले ढाका कपडा सबैको रोजाइ बनेको छ । यही कारण पनि ढाका कपडाले राम्रो बजार पाएको छ ।हेर्दा सामान्य देखिने तान, अनि थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने एउटा माध्यम भएकोले आफूले ढाका उद्योग नै रोजेको लिम्बूको भनाइ छ । यस्तै ढाका कपडा उद्योगले घरेलु तथा साना उद्योग कार्यालयबाट पनि राम्रो अवसर पाएको लिम्बू सुनाउनुहुन्छ । जहाँ जहाँ औद्योगिक मेला हुन्छ त्यहाँ घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा ढाका कपडा प्रदर्शनीमा गएर ढाका कपडा बिक्रीसँगै आफ्नो सीप क्षमतालाई प्रदर्शन गर्न सकिने उहाँको भनाइ छ । लिम्बूले ढाका कपडा उद्योगबाट पैसासँगै सम्मान पनि उत्तिकै पाउनुभएको छ । विगत लामो समयदेखि उद्यमी भई अरूलाई पनि उद्यमी व्यवसायी बन्न प्रेरित गरेको भन्दै उहाँलाई गत साल सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले सम्मान गरेको थियो ।
कांग्रेसले सुरु गर्यो ‘मिसन रोजगारी’
स्थानीय तहदेखि सङ्घसम्म रोजगारी सिर्जनाका माध्यम खोज्ने उद्देश्यसहित नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गरेको छ । देशव्यापी रूपमा एक वर्षसम्म सञ्चालन गरिने यस अभियानको आइतबार कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा औपचारिक घोषणा गरिएको छ ।
सिइओका लागि दस जनाको आवेदन
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि १० जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार आइतबार साँझसम्म नेप्सेको सिइओ पदका लागि १० जनाको आवेदन परेको हो ।
कुलमान घिसिङद्वारा स्पष्टीकरण पेस
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई आफ्नो विषयमा स्पष्टीकरण पेस गर्नुभएको छ ।
सवा छ अर्बको लसुनको खोजी
चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालमा छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ । यो देशको आन्तरिक खपतका लागि हो वा यसमा अन्य कुनै कारण छ भन्ने आशङ्का भएको छ ।
पूर्वतयारीका आयोजना प्रस्ताव गर्न जोड
अर्थ मन्त्रालयले पूर्वतयारी भएका आयोजनाका लागि मात्र बजेट प्रस्ताव गर्न जोड दिएको छ ।
पुनर्निर्माण र पुनर्स्थापना प्राथमिकतामा
गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण र पीडितलाई पुनस्र्थापना गर्ने काम प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभएको छ ।
दुध बेच्दा ‘गोल्ड मेडल’
दुध दुहेर डोकोमा हाली बजारसम्म लगेर बिक्री गर्दा गोल्ड मेडल (स्वर्णपदक) पाइन्छ भन्ने उदाहरण बन्नुभएको छ– काभ्रेपलाञ्चोक, मण्डनदेउपुर–९ का जोगलाल तामाङ ।
विषादीको विकल्पमा गहुँत
मकवानपुरका किसानले विषादीको विकल्पमा गहुँत सङ्कलन गरेर प्रयोग गर्न थालेका छन् । व्यावसायिक कृषिको आरम्भ भएसँगै बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्न विषादीको प्रयोग वृद्धि भइराखेका बेला यहाँका किसानले प्राकृतिक उपचार अपनाउन थालेका हुन् ।
नेप्से परिसूचकमा ४६ अङ्कको गिरावट
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट भएको छ । आइतबार नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार सात सय ७२ दशमलव १० को विन्दुमा )झरेको हो ।
राष्ट्रिय वाणिज्य बैँकद्वारा ९४ जना कर्मचारीलाई पूर्व सेवाकालिन तालिम
राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनोट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
इलामको मिठाइ भारतमा विक्री
इलाम, फागुन २५ गते । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ । कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘सेड्युल’ हुन्छ । तर, घुमफिर गरेर घर फर्किँदा पर्यटक रित्तै जाँदैनन् । उनीहरु नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्छन् ।दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लगिने गरेको छ । “कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्”, चितवनबाट घुम्न आउनुभएका रोशन सापकोटाले भन्नुभयो, “ललिपप नलिई नआउनु भनेका छन् । रु छ हजारको किनिसके, जुन हेर्यो, त्यहीँ लैजानुजस्तो छ ।”कोसेली सामान बिक्रीका लागि बजारमा लहरै सजाएर राखिएको छ । एउटा पसलले सामान्यतया पाँचदेखि १० हजारसमम्म बिक्री गर्छन् । फिक्कलमा सयभन्दा बढी पसल खुलेका छन् । “हिजो रु नौ हजारको बिक्री भयो । कुनै दिन चार– हजारको मात्रै बिक्छ । सिजन सुरु हुँदैछ । पोहोर त सिजनमा दिनकै रु ३० हजारसम्म बेचेको”, स्थानीय सुजन सापकोटाले भन्नुभयो ।यहाँ आउने पर्यटक खाली हात जाँदैनन् । कुनै न कुनै कोसेली बोकेर जाने चलन नै बसिसकेको स्थानीय बताउँछन् । “इलाम आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, इलामबाट छुर्पी, बम्बइसन र ललिपप पनि खरिद गरेर लग्नैपर्छ भन्ने मान्यता नै स्थापित भएको छ ।” स्थानीय व्यापारी अमीर आचार्य भन्नुहुन्छ, “फिक्कलमा सबैभन्दा बढी चल्ने कोसेली बस्तु हो । धेरै पसल छन्, कुनै खाली हुँदैनन् ।”काठमाडौँमा व्यवसाय गरिरहनुभएका दीपक खड्का चिनजानका कोही इलामबाट काठमाडौँ आउने सूचना पाए इलामे कोसेली मगाइहाल्नुहुन्छ । “छोरीले इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्”, उहाँले भन्नुभयो, “इलामको ललिपप र छुर्पी नमगाइ हुँदैन ।”दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसनले अहिले इलामको घरेलु उद्योगलाई टेवा पुगेको छ । अचेल यहाँका गाउँगाउँमा छुर्पी, ललिपप र बम्बइसन बनाइन्छ । यी मिठाई अहिले ‘इलाम ब्रान्ड’का रुपमा स्थापित हुँदै गएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उर्गेन लामाले बताउनुभयो ।जिल्लामा दुई दर्जनको हाराहारीमा ललिपप उद्योग छन् । यहाँ उत्पादित मिठाइको माग स्थानीय बजारका साथै काठमाडौँ र भारतलगायत अन्य मुलुकमा समेत रहेको उद्यमी शिवलाल प्रधान बताउनुहुन्छ । सानो एक प्याकेट ललिपपको खुद्रा मूल्य रु ५० र ठूलो रु एक सयमा बिक्री हुँदै आएको छ । उपहारका लागि कलात्मक ढङ्गले प्याकेजिङ गरिएको ‘गिफ्ट ललिपप’समेत इलामका बजारमा पाइन्छ ।इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दूध सङ्कलन गर्दै आएका छन् । स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दूध बिक्री हुने गरेका थियो । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेका थिए । ललिपप, बम्बइसनजस्ता मिठाई उद्योगले पाँच हजार लिटर र भारतीय बजारमा तीन हजार लिटर दूध बिक्री हुने गरेको छ । इलाममा १८ चिज कारखाना, एक सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ ।इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ ।
धनगढी र सुर्खेतमा उडान गर्ने यतीको तयारी
यती एयरलाइन्सले गन्तव्य विस्तार गर्ने उद्देश्यले एकैदिन दुई वटा विमानस्थलमा प्रदर्शन उडान गरेको छ ।
उखु अभावले क्रसिङ प्रभावित
सर्लाहीका दुई वटा चिनी उद्योगले यस वर्षको क्रसिङ बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ । जिल्लाको दक्षिणी क्षेत्रस्थित महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकोलले चालु सिजनका लागि उखु क्रसिङ बन्द गरेका हुन् ।
तीन क्रसर उद्योग बन्द
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले आफ्नो नगरपालिकाभित्र अवैध रूपमा सञ्चालन भएका तीन वटा खानीजन्य उद्योग (क्रसर) बन्द गराएको छ ।
बजार अनुगमन अब गाउँमा पनि
गुल्मीमा पहिले सहर बजार मात्रै केन्द्रित हुने गरेको बजार अनुगमन अहिले ग्रामीणस्तरमा पनि हुन थालेको छ । गाउँमा कमजोर अनुगमनको फाइदा उठाउँदै सहरबाट म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्यवस्तुहरू गाउँमा पठाउने गरेको गुनासो बढ्दै आएपछि अनुगमन थालिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ ।