कर्णालीको बजेट : पहिलो चौमासिकमै निराशाजनक
कर्णाली प्रदेशमा विगतमा जस्तै यो वर्ष पनि बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले अपेक्षित बजेट खर्च गर्न सकेन । बरु विगतको तुलनामा अझ कमजोर देखिएको छ । आव २०८०/८१ का लागि सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनको सुरुवाती चार महिनामा ७.११ प्रतिशत मात्रै खर्च भएको छ । गत आवमा सरकारले यही अवधिमा ७.६३ प्रतिशत रकम कार्यान्वयन गरेको थियो ।
कोशीमा प्रतिस्थापन विधेयकः प्रदेशको बजेट ३६ अर्ब ७४ करोड पुग्यो
कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको हो।
साताको शेयर बजार : आठ अङ्कको सुधार
तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम भएको छ ।
मुक्तिनाथ कृषि कम्पनीको आइपिओ
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको छ । कम्पनीले शुक्रबारदेखि प्राथमिक सेयर (आइपिओ) को आवेदन खुला गरेको हो । कम्पनीले जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल रहेको छ । आइपिओमा मङ्सिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिने छ ।
अदक्ष नेपाली विदेशतिर दक्ष विदेशी नेपालमा
औसतमा दैनिक एक हजार पाँच सय नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेला नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठुलो सङ्ख्या अदक्ष जनशक्ति हो । यसबाहेक सानो सङ्ख्यामा दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा सरकारले ६९० विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।
चार महिनामा तेह्र अर्बको खाद्यान्न आयात
चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब रुपियाँ बराबरको खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, जौ र फापर) आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा १३ अर्ब १६ करोड ४१ लाख ७० हजार रुपियाँको खाद्यान्न आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा ११ अर्ब ८३ करोड ७९ लाख १९ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा खाद्यान्न आयात बढेको छ । गत वर्ष सरकारले आयातमा कडाइ गरेका कारणले खाद्यान्नको आयातमा गिरावट आएको थियो । चालु आवको चार महिनामा तीन अर्ब १५ करोड १७ लाख ८९ हजार रुपियाँको ८३ लाख २५७ केजी चामल आयात भएको छ ।
टोखा–छहरे सुरुङ मार्ग बन्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताउनुभएको छ ।
सरकारद्वारा मनिप्लान्ट सहकारी सम्मानित
आन्तरिक राजस्व कार्यालयले मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ०७८–७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान गरेको छ।
एभरेष्ट बैंकको टोखा शाखा उद्घाटन
एभरेष्ट बैंक लिमिटेडले टोखा नगरपालिका ६ मा १२८ औं शाखा खोलेको छ। शुक्रबार बैंकका सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले टोखा नगरपालिका वडा नं. ६, नयाँ शाखाको उद्घाटन गर्नुभएको हो।
म्याग्दीमा स्थानीय जातका धानको उत्पादन बढ्यो
म्याग्दीको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले यस वर्ष १७ मुरी स्थानीय जातका गौरिया र गुडुरा धान भित्र्याउनुभयो । सोही गाउँपालिकाको वडा नं ५ छिसबाङका विकल सेनले पनि गत वर्षकोभन्दा दुई मुरी बढी गौरिया धान थन्क्याउनुभयो ।
एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता
सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोडं बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान
झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् ।
भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने
जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।
जलस्रोतको दिगो उपयोगमा जोड
नेपालले दिगो र उत्तरदायी किसिमबाट जलस्रोतको उपयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार काठमाडौँमा आयोजित जलविद्युत्को दिगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागीले जलविद्युत् क्षेत्रको दीर्घकालीन विकासका लागि पनि जिम्मेवारपूर्ण उपयोग आवश्यक रहेको धारणा राखेका हुन् ।
श्रम स्वीकृति लिने घटे
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिमा भन्दा केही घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउन, भदौ, असोज र कात्तिकमा दुई लाख छ हजार ३१६ जना बिदेसिएका छन् जुन गत वर्षको सोही अवधिभन्दा ६४ हजार २०८ ले कमी हो ।
माग नबढ्दा खस्कियो अन्तर्राष्ट्रिय वस्तु व्यापार
अर्थतन्त्रमा देखिएको मन्दीको असर मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा पनि देखिएको छ । मुख्य चाडपर्व तथा हिउँदका लागि आयात बढ्नुपर्नेमा त्यसको विपरीत कात्तिकमा व्यापार खस्किएको छ । गत वर्ष उत्साहप्रद रहेको निर्यात व्यापार पनि कात्तिकमा खुम्चिएको छ । भन्सार विभागका अनुसार कात्तिकमा नेपालले एक खर्ब चार अर्ब रुपियाँको वस्तु आयात गरेको छ । जबकि असोजमा नेपालले करिब एक खर्ब ४८ अर्ब रुपियाँको आयात गरेको थियो ।
विद्युत् निर्यात उत्साहजनक
भन्सार विभागको तथ्याङ्कले मुलुकको अन्तर्राष्ट्रिय व्यापार खस्कँदै गएको देखाइरहँदा मुलुकको विद्युत् निर्यातमा भने उत्साहजनक प्रगति देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपियाँको विद्युत् भारतर्फ निर्यात गरेको छ ।
खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राख्नुभएको छ । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् । उहाँले धानको उचित मूल्य पाउनुभएको छैन ।
फेवा किनारदेखि सराङकोटसम्म जोड्ने अन्नपूर्ण केबलकार
पोखरा प्राकृतिक बनोटका दृष्टिले हेर्दा आफैमा सुन्दर पर्यटकीय गन्तव्य हो। त्यसमा पनि फेवाताल, पातले छाँगो, नजिकै देखिने अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमाल र पोखरा बजारलाई आकाशबाटै अवलोकन गर्दै केबलकारबाट १० मिनेटमै सराङकोट पुगिने भएपछि पोखरामा आन्तरिक एवम् बाह्य पर्यटकको चापाचाप छ।
बाँकेमा धान उत्पादन बढ्यो
बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिनुभयो।
ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने बैंक
बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा रु तीन अर्ब २० करोड कर दाखिला गरेको थियो ।
ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उहाँले ऋण लिएर जथाभाबी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने बताउनुभयो ।
‘नेपालमा भविष्य छ’ भन्ने सकारात्मक भाष्य स्थापित गरौँ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताउनुभएको छ । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज (बिहीबार) समापन गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरिएको जानकारी दिनुभयो ।
तरकारीको हब गुराँसे दैलेख [फोटो फिचर]
दैलेखको गुराँसे क्षेत्र । गुराँस गाउँपालिकाको केन्द्रसमेत रहेको गुराँसे तरकारीको हब मानिन्छ । यहाँको चार हजार पाँच सय बढी किसानहरूको मुख्य आम्दानीको श्रोत तरकारी खेती हो ।