फूलको कारोबार घट्यो
भर्खर बिदा भएको तिहारमा नेपालमा उत्पादित सयपत्री फूलका मालाको माग र खपत निराशाजनक भएको छ ।
वित्तीय सूचक स्वस्थ र सन्तुलित
सरकारी स्वामित्वको नेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड ८७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८७ औँ वार्षिकोत्सवका अवसरमा आमनेपालीलाई सरल र सहज रूपमा अझ बढी प्रभावकारी, गुणस्तरीय, आधुनिक प्रविधिमैत्री एवं विश्वसनीय बैङ्किङ सेवा प्रदान गर्दै राष्ट्रको उन्नति र प्रगतिमा अझ धेरै सहकार्य गर्ने र देशकोे आर्थिक निर्माणमा सारथि बन्ने प्रतिबद्धता बैङ्कले व्यक्त गरेको छ ।
बैङ्कहरुले घटाए ब्याजदर
वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैङ्कहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।
सिक्किमकाे भोटेकुकुर प्रजननका लागि पाँचथरसम्म
सिक्किम, भारतको गेजिङका मिलन गुरुङ आफूले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङ्वरक गाउँपालिका–२, पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपुग्नुभएको छ । मिलनका छिमेकी तेन्जिङ भोटिया पनि आफ्नो माउ कुकुर लिएर पानीभित्ताकै किपालमु शेर्पाको गोठ आइपुग्नुभएको हो ।
वाणिज्य बैङ्कहरूले घटाए ब्याजदर, कसको कति ?
मङ्सिर महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले निक्षेप ब्याजदर घटाएका छन् । बैङ्किङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।
पूर्वाधारको पर्खाइमा मालिका धुरी
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
नेपाल बैङ्कको चुक्ता पुँजी १४ दशमलव ६९ अर्ब
नेपाल बैङ्कको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब पुगेको छ । ८७ वर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैङ्कको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब रहेको बैङ्कका सूचना अधिकारी प्रकाश कुमार अधिकारीले जानकारी दिनुभयो ।
विदेशबाट फर्किएर फूलखेती
हरेक वर्ष तिहारको समयमा फूलको माग बढ्दै गएपछि बाँके जिल्लाका युवाले तिहार लक्षित व्यवसायीक फूल खेती गरेका छन्।
स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र
तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो ।
११ किलो सुन प्रकरणमा थप एक महिला पक्राउ
दोलखाको बिगु गाउँपालिका–१ जामुनेबाट बरामद भएको ११ किलो अवैध सुन अन्तर्राष्ट्रिय भुक्तानी क्रिप्टोमार्फत कारोबार भएको खुलेको छ ।
सबैका लागि कोरला नाका खुला
मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको [नेचुङ–लिजी] बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो ।
लक्ष्मी पूजाको दिन गतवर्षभन्दा बढी विद्युत् माग
यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ।
कालीगण्डकीबाट बीस लाखको फूल निर्यात
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो ।
‘कर सचेतनामूलक भिडियो प्रतियोगिता’
करसम्बन्धी विविध जानकारीको अभावमा सेवाग्राही प्रभावित हुँदै गएको भन्दै स्याङ्जामा‘कर सचेतनामूलक भिडियो प्रतियोगिता’ गरिने भएको छ ।
तिहारमा पैँतालिस करोडको झिलिमिली बत्ती आयात
यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।
बजेटको घोषणामा न्यून प्रगति
निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बजेटमा गरिएका व्यवस्थामा अत्यन्त न्यून प्रगति भएको पाइएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष २०७९/८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत (२२ बुँदा) मा शून्य प्रगति देखिएको हो । बजेटमा व्यवस्था भएका यससम्बन्धी व्यवस्थामध्ये पूर्ण कार्यान्वयन भएका बुँदा ११ मात्र (१८ प्रतिशत) मात्र रहेको पनि परिसङ्घले उल्लेख गरेको छ । २९ वटा बुँदामा भने आंशिक मात्र कार्यान्वयन भएको बजेट वाचको अध्ययनमा देखिएको छ । यो करिब ४७ प्रतिशत हो ।
कोशी प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घट्यो
डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्।
धनगढीमा पाँच बिघामा व्यावसायिक फूल खेती
कैलालीको धनगढीमा पाँच बिघा जमिनमा व्यावसायिक फूल खेती गरिएको छ। चाडपर्वमा हुने प्लाष्टिक मालाको प्रयोग रोक्ने र स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यका साथ नगर क्षेत्रको विभिन्न स्थानमा फूल खेती गरिएको हो।
ऋणमाथि ऋणकै भारी
आठबिसकोट नगरपालिका–११, चौरका ३४ वर्षीय डिल्लीबहादुर विकले चार वर्षअघि सात लाख खर्च गरेर बनाएको घर भूकम्पले चिरैचिरा बनाइदियो । भारतको कमाई र ऋण सापट गरी बनाएको घर बस्नै नहुने बनाएपछि दाउरा राख्न बनाइएको कटेरोमा बस्दै आएका डिल्लीबहादुरलाई चिन्ता छ, अब घर कसरी बनाउने ? उहाँले भन्नुभयो, “घर बनाएको ऋण तिरेकै छैन, भूकम्पले फेरि ऋण बढायो । अब ऋण तिर्न कालापहाड जानुको विकल्प छैन ।”उहाँका अनुसार, बाहिरबाट हेर्दा घर केही नभएको जस्तो छ । देख्दा चिटिक्क छ तर घरको चारैतिर भूकम्पले चिरा परेको छ । स्थानीय ५२ वर्षीय कोमल खत्रीका छोराले नौ लाख खर्च गरी बनाएको घरको ऋण तिर्न भारततिरै कमाई गर्दै छन् । घर बनाएको ऋण तिरिनसक्दै अर्को घर बनाउनुपर्ने बाध्यता खत्रीलाई आएको छ । उहाँले भन्नुभयो, “घर कसरी बनाउने, ऋण कसरी तिर्ने ? भ
कैलालीमा धान खरिद सुरु
कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले किसानको धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले जिल्लाको तीन ठाउँमा काँटा लगाएर किसानको धान खरिद गर्न थालेको हो । धनगढीको मोहनपुर, टीकापुर नगरपालिकाको टीकापुर र भजनी नगरपालिकाको भजनीबाट कम्पनीले किसानको धान खरिद गरिरहेको प्रमुख इन्जिला बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “कात्तिक १९ गतेबाटै किसानको धान खरिद गर्ने कार्य सुरु भएको हो । यो वर्ष हामीले गत वर्ष तुलनामा एक महिनाअघिबाटै धान खरिद गरिरहेका छौँ ।”
धान थन्काउँदै किसान
तनहुँको भानु नगरपालिका–८ बलेफाँँटमा किसानलाई धान भित्र्याउने चटारो । जिल्लाका भानुका चुदीफाँट, बलेफाँट, व्यासको साँगेफाँट, रिस्तीफाँटलगायतका क्षेत्रमा पाकेका धान भित्र्याउन व्यस्त छन् ।
हुम्लाबाट अल्लोको लोक्ता र धागो निकासी
हिमाली जिल्ला हुम्लाबाट पहिलो पटक अल्लोको लोक्ता र धागो निकासी गर्न उद्यमी सफल हुनुभएको छ । त्यसै खेर गएको अल्लोलाई प्रशोधन गरेर अदानचुली गाउँपालिका–४ को मण्डाल्नी अल्लो कपडा उद्योगले ती सामग्री निकासी गर्न सफल भएर आर्थिक उपार्जनसमेत गरेको हो । उद्योगकी सञ्चालन प्याउरा जैसीले पहिलो पटक नौ लाख मूल्यको अल्लोको लोक्ता र धागो प्रशोधन गरेर सुर्खेत निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले वनमा खेर गएको अल्लो सङ्कलन गरेर गाउँमै स्थापना भएको प्रशोधन उद्योगबाट धागो निकाल्ने र सुर्खेतमा निकासी गर्ने गरिएको बताउनुभयो ।
अन्यत्रबाट पैठारी हुने फूलको जिम्मेवारी क्वारेन्टाइनले नलिने
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अनधिकृत रूपमा अन्यत्रबाट पैठारी हुने सामग्रीको जिम्मेवारी लिन नसक्ने स्पष्ट पारेको छ । क्वारेन्टाइनले फूल आयातका लागि इजाजत दिएको भनि फूल व्यवसायीबाट कृषि मन्त्रालयसम्म गुनासो पु¥याएपछि क्वारेन्टाइनले सो कुरा स्पष्ट पारेको हो । क्वारेन्टाइनले विज्ञप्ति जारी गरी राज्यले पैठारी निषेध नगरेका कुनै पनि बिरुवा तथा बिरुवाजन्य उपजहरूको बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ मा भएको व्यवस्था अनुरूप तोकिएको प्रक्रिया पु¥याएर पैठारी गर्न पाउने व्यवस्था रहेको उल्लेख गरेको छ ।
तिस प्रतिशतले बढ्यो विप्रेषण, शोधनान्तर उच्च बचतमा
वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषणमा उल्लेख्य वृद्धि आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा विप्रेषण ३० प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । यस हिसाबले चालू आवको तीन महिनामा प्रतिमहिना औसतमा एक खर्ब २१ अर्ब रुपियाँभन्दा बढी विप्रेषण भित्रिएको देखिन्छ । गत आवको सोही अवधिमा भने विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।