मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ ।
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो ।
पाक्न लागेको धान ढुसीले नष्ट
भोजपुर नगरपालिका–५ स्थित बोखिमका किसानको पाक्न लागेको धानमा ढुसीको माध्यमद्वारा लाग्ने मरुवा रोग (ब्लास्ट) का कारण धान नष्ट भएको छ ।
तिहारमा बिजुली जाँदैन ढुक्क भएर प्रयोग गर्नुस्: प्राधिकरण
तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । आगामी शनिवारबाट तिहार सुरु हुँदै छ । तिहारको समयमा विद्युत् प्रवाहमा कुनै कमी नहुने भएकाले निर्धक्क भएर विद्युतीय सामग्रीको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।
सहिद प्रहरीका परिवारले रोपेको सयपत्री फूल बजारमा
सुर्खेतका सहिद प्रहरीका परिवारले गरेको फूलखेती बजारमा पठाउन पाइने भएको छ । नेपाल प्रहरीका शहीद परिवारले तिहारलाई लक्षित गरी रोपेका फूलहरू बजारमा पठाउन थालिएको हो । बिहीबारबाट शहीद प्रहरीका परिवारको जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षाका साथ फुल खेती सुर्खेत बजारमा पठाइएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीम प्रसाद ढकालले जानकारी दिनुभयो । नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशको सहयोगमा १५ परिवारले रोपेका फूल बिक्रीका लागि बजार पठाइएको हो ।
थन्कियो दुग्धजन्य पदार्थ
भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् ।
भारतबाट भित्रिने खसी–बोका रोक्न माग
नेपाल व्यावसायिक बाख्रापालक महासङ्घले सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने माग गरेको छ । महासङ्घले आफूहरुको पेसा–व्यवसायको संरक्षणका लागि हाल भइरहेको सरकारी प्रयास न्यून उपलब्धि दिने, नाम मात्रैका र वास्तविक किसानको पहुँचभन्दा बाहिर रहेको जनाएको छ ।
आयुर्वेदिक औषधी कम्पनीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनिवार्य
अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पूरा गर्नुपर्ने भएको छ । हाल नेपालमा सञ्चालित आयुर्वेदिक औषधी कम्पनीहरूले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्न सकेका छैनन् । नेपालमा ८० वटा आयुर्वेदिक औषधी उद्योग दर्ता भए पनि ५५ वटा कम्पनी सञ्चालनमा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जिएमपी) लागु भएपछि जडीबुटीजन्य तथा परम्परागत औषधीजन्य उद्योगले समेत अनिवार्य जिएमपी लागु गर्नैपर्ने छ ।
कर्पोरेसनले बढायो चिनीको कोटा
साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको बुुधबारदेखि ‘कोटा’ बढाएको छ । कर्पोरेसनले गएको मङ्गलबारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोरा दिँदै आएकामा बढाएर २० बोरासम्म पु¥याएको हो । बोरामा ५० केजी चिनी हुन्छ ।
दाङका किसानले पाएनन् धानको समर्थन मूल्य
दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबिच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिद बिक्री भइरहेको छ ।
भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले २६ लाख दिने
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले २६ लाख रकम सहयोग गर्ने निर्णय गरेको हो ।
दुई महिनामा पच्चिस सय मेट्रिक टन केरा आयात
सरकारले निर्यातलाई प्रोत्साहन गर्ने र आयातलाई विस्थापित गर्ने नीति बनाएर काम गरिरहेको छ तर यहाँस्थित नेपाल–भारत नाकाबाट निर्यात कम र आयात बढी हुँदै आएको छ । सो क्रममा चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा मात्रै यो नाकाबाट दुई हजार २६६ मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
गुणस्तरहीन फूलको अवैध आयात रोक्न पहल
कृषि विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्रले अस्वस्थ एवं गुणस्तरहीन फूलको अवैध आयात रोक्न देशभरका प्लान्ट क्वारेन्टाइन कार्यालयलाई पत्राचार गरेको छ । केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभर सञ्चालित प्लान्ट क्वारेन्टाइनका १४ वटा कार्यालयलाई फूलको गुणस्तर परीक्षणका लागि पत्राचार गरेको हो । केन्द्रले बिरुवा संरक्षण ऐन २०६४ र नियमावली २०६६ अनुसार देशबाहिरबाट आउने वनस्पतिजन्य वस्तुमा रोग, किराको परीक्षण गर्ने गरेको छ ।
तिहारले बढायो सुनचाँदीको कारोबार
तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विगतका वर्षजत्तिको व्यापार बढ्न नसके पनि अन्य समयको तुलनामा दुई/तीन दिनअघिदेखि सुनको कारोबार बढ्दै गएको जानकारी दिनुभयो ।
आरोहणका लागि एक हजारले लिए अनुमति
शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार १८५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार कात्तिक २२ गते सम्ममा स्वदेशी तथा विदेशी गरी ९४८ जना पुरुष र २३७ जना महिलाले आरोहण अनुमति लिएका हुन् । विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी आमादब्लम आरोहणका लागि अनुमति लिने रहेका छन् । उहाँले भन्नुभयो, “आमादब्लम आरोहणका लागि ३३९ जना पुरुष र ७० जना महिला गरी ४०१ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७२ देशका आरोहीले विभिन्न ४९ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।” त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमतिबाट छ करोड ९१ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।
राहत कोषमा करिब छ करोड जम्मा
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म पाँच करोड ९५ लाख रुपियाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको भूकम्पका पीडितका लागि राहत सहयोग र पुनस्र्थापनाका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि उक्त रकम जम्मा भएको हो । यो रकम आइतबारदेखि बुधबारसम्मको हो ।
पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोडभन्दा बढी सहयोग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।
सयपत्री बेचेर नौ लाख आम्दानी
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।
दाउराको विकल्पमा 'गोबर'
ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङगोलाका बासिन्दाले गोबर सुकाएर दाउराको जोहो गर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै ओलाङ्चुङगोलाका बासिन्दाले याक र चौँरीको गोबर सङ्कलन गरेर दाउराको जोहो गर्न थालेका हुन् ।
तिहारमा ८० प्रतिशत स्थानीय माला प्रयोग, विदेशी माला आयतमा कमी
यस वर्षको तिहारमा नेपालमा ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार नेपालमा मागको ८० प्रतिशत फूल भने नेपाली उत्पादनले नै धान्ने देखिएको छ ।
चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित
बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीमा आकर्षित भएका छन् ।
रासायनिक मलको कोटा निर्धारण
किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउन कोटा निर्धारण गरिएको हो।
नेपाल पुनर्बिमा कम्पनीलाई प्रतिस्पर्धी बन्न सुझाव
सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी लिमिटेड स्थापनाको नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ ।