जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती
हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान खेतीतर्फ आकर्षित भएका हुन् ।
चाडपर्वको समयमा रगत पाउन मुस्किल
चाडपर्वकै समय काठमाडौं उपत्यकालगायत देशैभर रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् । दशैँँ, तिहारजस्ता चाडपर्वमा रक्तदान कार्यक्रम नहुँनु र नेपाल रेडक्रस सोसाइटीले व्यवस्थापन प्रभावकारी नवनाउदाँ रगतको अभाव भएको पाइएको हो ।
अन्नखेती छाडेर किवीतिर लागे लालबहादुर
बेनी नगरपालिका ३ भकिम्ली सिमका कृषक लालबहादुर पुनले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्नुभएको छ । मकै र कोदो खेती गर्न छाडेर पुनले ६ वर्ष पहिला देखि व्यावसायिक किवी खेती सुरु गर्नुभएको हो । उहाँको बारीमा किवीका दुई सय पचास बोट छन् । वार्षिक रूपमा दश क्विन्टल किवी उत्पादन हुने गरेको छ । पुन सबै भन्दा धेरै किवी उत्पादन गर्ने कृषकमा पर्नुहुन्छ ।
उदार सहयोग आवश्यक छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विद्यमान आर्थिक, वातावरणीय तथा सामाजिक समस्या निराकरणमा उदारतापूर्वक सहायता उपलब्ध गराउन दातृ निकायहरूलाई आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालय र विश्व बैङ्कले बिहीबार आयोजना गरेको उच्चस्तरीय अन्तव्रिर्mया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले नेपालको आवश्यकता, वस्तुस्थिति र क्षमता हेरेर समृद्धिका लागि उदारपूर्वक सहयोग उपलब्ध हुनुपर्ने बताउनुभएको हो ।
फापर खेती घट्यो
लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ ।
धुलिखेलबाट दश क्विन्टल चिनी बरामद
काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ ।
एमसिसी परियोजना समयमा सम्पन्न गर्ने प्रतिबद्धता
अमेरिकाको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री एन पी साउदले एमसिसि परियोजना समयमा नै सम्पन्न गरिने बताउनुभएको छ ।
कोरिया र नेपालबिच कृषि विकासका लागि सम्झौता
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र गणतन्त्र कोरियाको कृषि, खाद्य र ग्रामीण मामिला मन्त्रालयबिच कृषिका विभिन्न विषयमा सहकार्य गर्ने आठबुँदे सम्झौता भएको छ । सिंहदरबारस्थित कृषि मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा दुई देशको कृषि मन्त्रालयबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपालका तर्फबाट कृषिमन्त्री डा. वेदुराम भुसाल र कोरियाका तर्फबाट कृषिमन्त्री चुङ ह्वाङ क्वुनले हस्ताक्षर गर्नुभयो ।
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।
दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानीकर्ता एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । निर्देशक घिसिङसहित एडिबी मनिला हेड क्वाटरबाट रमसे शुक्रमन्याम र एडिबीका नेपाल कन्ट्री डाइरेक्टर अर्नर्ड कुस्वा आयोजना स्थल रभुँवामा आउनुभएको हो । आयोजनाको पछिल्लो अवस्थाको विषयमा बुझ्न उहाँहरू रभुँवा आउनुभएको प्राधिकरणका उपनिर्देशक एवं दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका प्रशासन प्रमुख वासु कलौनीले जानकारी दिनुभयो ।
भ्रमण भिसाले ओमानमा काम गर्न नपाइने
मध्यपूर्वको देश ओमानमा अबदेखि भ्रमण भिसामा गएकाले भिसा परिवर्तन गरेर काम गर्ने भिसा लगाउन नपाइने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने नियम लागु गरेसँगै भ्रमण भिसामा गएर काम नपाइने भएको हो ।
मिठाईमा रङको प्रयोग सावधानीपूर्वक गर्न निर्देशन
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तिहारका लागि बिक्री गरिने मिठाईलगायतका खाद्यवस्तुुमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै विभागले जथाभाबी अखाद्य रङको प्रयोग गरेर खाद्यवस्तु बिक्रीवितरण नगर्न सचेत गराएको हो ।
देशको अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सो कुरा बताउनुभएको हो ।
नेपालको स्वास्थ्य प्रणालीलाई सुधार गर्न विश्व बैङ्कद्वारा सहयोग
नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैङ्कले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
नेप्से परिसूचकको ओरालो यात्रा जारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलब ८६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४७ दशमलब ७० मा सीमित भएको छ ।
पाक्न लागेको धानमा कालोपोके रोग लागेपछि किसान चिन्तित
धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो ।
किसानलाई धान काट्न भ्याइनभ्याई, उत्पादन बढने अनुमान
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् ।
भिजन लुम्बिनीको आइपिओ बिक्री खुला
कास्की, कात्तिक १६ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवर्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ ।माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो । उहाँका अनुसार कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार दुई सय ८५ कित्ता साधारण शेयर निष्कासन गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको चार लाख ८७ हजार नौ सय १० कित्ता शेयरसहित सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसअघि आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीयवासीका लागि जारी गरिएको शेयरमा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता आवेदन परेको थियो । प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको चार लाख कित्ता शेयर बिक्री हुन सकेको थिएन ।सर्वसाधारणका लागि जारी गरिएको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यसैगरी अधिकतममा तीन लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निष्कासन बन्द छिटोमा यही कात्तिक २० गते र ढिलोमा आगामी मङ्सिर १ गतेसम्म हुने कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउनुभयो ।आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यही मङ्सिर महिनाभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादनको तयारी गरिएको छ । माछापुच्छ्रेकाे सार्दिखोला भराभरीस्थित सेतीनदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाको लगानी रु पाँच अर्ब २० करोड छ । यसमा रु. तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् भने अन्य लगानी प्रवर्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको कम्पनीले जनाएको छ । रासस
तिहार नजिकिएसँगै व्यस्त मादल व्यापारी
प्युठान नगरपालिका– ३ ओखरवोटका जोख बहादुर सुनारलाई मादल बनाउन र मर्मत गर्न भ्याइ नभ्याइ छ। तिहारमा देउसी भैलो खेल्नेहरूले मादलको माग बढी गर्ने भएकाले व्यस्तता बढेको हो ।
तिहारका लागि विद्यालयमा फूल उत्पादन
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् ।
‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’
स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गर्नुभएको थियो ।
सयपत्री फूलको आयातमा कडाइ
नेपाली फूलको प्रवर्धनका लागि सरकारले भारतबाट आयात हुने फूलमा प्रतिबन्ध लगाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको पुष्प विकास केन्द्रले कात्तिक १ देखि लागु हुने गरी आयातमा रोक लगाएको जानकारी गराएको छ । फूल तथा फूलको बोट, बिरुवा, बिउबिजनसम्बन्धी कार्यलाई सङ्घीय सरकारका तर्फबाट पनि पुष्प विकास केन्द्रले हेर्ने भएकाले देशव्यापी रूपमा नै प्रतिबन्ध लगाएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो ।
ग्यास आयात आठ अर्बले घट्यो
बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ । आव २०७८/७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ ।
अर्जुनचौपारीमा प्रदेशकै पहिलो कर सहायता कक्ष
अर्जुनचौपारी गाउँपालिकामा गण्डकी प्रदेशमै पहिलो पटक कर सहायता कक्षको स्थापना गरिएको छ । पालिका भित्रका नागरिकका कर सम्बन्धी समस्यालाई सहायता गर्ने उद्देश्यले करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा पालिकामा सहायता कक्षको स्थापना गरिएको हो ।