नवलपुरमा दुई करोडको लगानीमा सिनेमा हल
पूर्वी नवलपरासी जिल्लामा सिनेमा हल सञ्चालन हुने भएको छ । कावासोतीमा यसअघि सञ्चालनमा रहेको गणपति फिल्म हलमै सुविधासम्पन्न सिनेम्याक्स सञ्चालनको तयारी गरिएको छ । चलचित्र हेर्नका लागि नारायणगढ, बुटवल जानुपर्ने यहाँका दर्शकका लागि यहाँको हल सञ्चालनमा आउने भएपछि यस क्षेत्रका दर्शक चलचित्र हेर्नैका लागि टाढा जानुपर्ने बाध्यता हट्ने छ । पुरानो हललाई व्यवस्थित र सुविधासम्पन्न रूपमा परिमार्जन गरी सञ्चालनको तयारी गरिएको सञ्चालक भरत
फूल खेतीमा रमाउँदै चर्तीमगर
नेपालगन्ज उपमहानगरपालिका–२० की महिला उद्यमी बिन्दु चर्तीमगरले व्यावसायिक रूपमा फूल खेती गर्न थालेको पाँच वर्ष पुग्यो । विगत पाँच वर्षदेखि चर्तीमगर फूल खेतीमा रमाइरहनुभएको छ । अरूले भन्दा फरक केही काम गर्नु पर्छ भन्ने मान्यताका साथ आफू फूल खेतीमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो सानैदेखिको रहर थियो, फूल खेतीतर्फ मेरो ध्यान गयो र आकर्षण बढ्यो । फूल खेतीका बारेमा सामान्य कुरा बुझेँ र जिल्लामा फूलको माग पनि रहेछ ।” फूल व्यवसाय सुरु गर्दा कम लगानीले पनि पुग्ने र बजार पनि निकै राम्रो भएकाले फूल व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । फूल खेतीबाट आम्दानी पनि राम्रै भएकाले आफू निरन्तर फूल खेतीमा लागेको उहाँको भनाइ छ ।
सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन निर्देशन
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ ।
शेयर बजारको ओरालो यात्रा कायमै
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ ।
दसैँपछि टीकापुर पार्कमा पर्यटक बढे
कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढेका छन् । पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन् ।
ढुङ्गा गिट्टीको बिक्रीबाट राजस्व उठाउनै सकस
दाङका दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन ।
घरजग्गा कारोबारमा वृद्धि, एक महिनामै १८ प्रतिशतभन्दा बढी कारोबार
काठमाडौँमा पछिल्लो समय घरजग्गा कारोबार बढ्दै गएको छ । सरकारले जग्गा कित्ताकाट फुकुवा गरेसँगै घरजग्गा कारोबारमा पनि वृद्धि भएको छ ।
तीन करोड लागतमा निर्मित रामायण भवन प्रयोगमा नआउँदै भत्किन थाल्यो
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थानलाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै भत्किन थालेको छ । भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग विहीन बनेकाले भत्किन थालेको हो । प्रयोगमा नआउँदै भत्किन थाले पनि संरक्षणको लागि ध्यान पुगेको छैन ।
आजदेखि प्रथम गुल्मी महोत्सव सुरु
गुल्मी उद्योग सङ्घले उपल्लो तम्घास खालाका चौरमा आयोजना गर्न लागेको ‘प्रथम ऐतिहासिक गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी आज बुधवारदेखि सुरु हुँदै छ । यो महोत्सव कात्तिक २५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
पढाउन छाडेर कृषिकर्म गर्दा ...
गल्याङ (स्याङ्जा), कात्तिक १५ गते । स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल हुनुभएको छ । उहाँद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ । दुई दशकअघि गाउँकै वयोवृद्धा यज्ञप्रसाद लामिछानेको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेर हुमनाथ व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको थियो ।उहाँले गोलभेँडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायतका तरकारी फलाउँदै आउनुभएको छ । उहाँको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् । उहाँले फार्मबाट वार्षिक रु १२ लाखको कृषि उपज बिक्री हुने गरेको जनाउँदै खर्च कटाउँदा रु आठ लाख बचत गर्ने गरेको दाबी गर्नुभयो । उहाँले गड्यौलाबाट उत्पादित मल भने आफ्नै तरकारी बारीमा प्रयोग गर्दै आउनुुभएको छ ।किसान हुमनाथले स्थानीय बजार र पोखरामा यहाँ उत्पादित कृषि उपज बिक्री गर्दै आउनुभएको छ । उहाँले आफ्नो छोरा सन्तोषलाई पनि कृषि पेसामै स्थापित गराउने उद्देश्यले हरेक काममा सरिक बनाउँदै आउनुभएको छ । “विसं २०६२ मा आइपीएम तालिम लिएपछि व्यवसायलाई अझ व्यवस्थित बनाउँदै अगाडि बढेँ”, उहाँले भन्नुुभयो, “हालसम्म सात जति तालिम तथा प्रशिक्षण लिएको छुु, एक–दुईहप्ते तालिमले भन्दा पनि मेरो कृषि कर्मप्रतिको लगाव, निरन्तर, प्रयोग र अभ्यासले मलाई पूर्ण बनाएजस्तो लाग्छ ।”पित्लेकमा २६ र खहरेमा १० गरेर उहाँले कुुल ३६ रोपनी क्षेत्रफलमा कृषि व्यवसाय गर्नुभएको छ । उहाँको सात स्थायी टनेल छन् । फार्मभित्र जङ्गली जनावर नपसुन् भनेर फलामे तारबारसहित कम्पाउण्ड घेरिएको छ । पानी सङ्कलन गर्ने पोखरी पनि छ । वालिङ नगरपालिका–१ खहरेमा समेत दुईवटा टनेल छन् । उहाँसँग हातेट्रयाक्टर, पावर स्प्रे, स्प्रेलगायतका आधुनिक उपकरण छन् । उहाँले गएको वर्ष ५० क्वन्टिल सुन्तला बिक्री गरेर रु तीन लाख, तीन सय किलो कफी उत्पादन गरेर रु ३५ हजार र ९० लिटर मह उत्पादन गरेर रु एक लाख ५० हजार आम्दानी गरेको बताउनुुभयो ।रु चार लाख लगानीबाट सुुरु भएको हुमनाथको लगानी बढेर अहिले रु २५ लाख पुुगेको छ । “सडकको अभावमा पहिले–पहिले दुई घण्टा लगाएर डोकोमा तरकारी बेच्न त्रियासी पुग्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुुभयो, “अहिले सडक बनेपछि उत्पादित सामान बजार पुर्याउन सहज भएको छ । हुमनाथले आफूले गरेको व्यवसायबाट सन्तुुष्ट रहेको बताउनुुभयो । “गुणस्तरीय सामान उत्पादन गर्नेलाई बजारको कुनै समस्या छैन, उत्पादन गर्न सके बजारमा गाउँको अग्र्यानिक तरकारी भनेपछि खोसाखोस हुन्छ”, उहाँले थप्नुुभयो, “नाफाघाटा नहेरी बाह्रै महिना तरकारी फलाउने योजनासहित लाग्न सकेमा व्यवसाय टिकाउन सकिन्छ, विस्तारै उत्पादित सामग्रीको पनि उचित मूल्य पाउन सकिन्छ ।”उहाँले बाली विज्ञान पढिरहेका विद्यार्थी आफ्नो फार्ममा बसेर अध्ययन अवलोकन गर्ने गरेको जिकिर गर्नुुभयो । “स्याङ्जासहित बाहिरी जिल्लाका विभिन्न कृषकसहित व्यक्ति मेरो फार्म हेर्न आउनुुहुन्छ, मलाई हौसला दिएर जानुुहुन्छ”, उहाँले खुसी व्यक्त गर्नुभयो, “यसरी मानिस मेरो कर्म हेर्न आउँदा मलाई आत्मसम्मान र आत्मगौरव मिलिरहेको छ ।”उहाँले आफूलाई कृषि ज्ञान केन्द्र स्याङ्जाले तरकारी खेती गर्ने जिल्लाकै उत्कृष्ट कृषकका रूपमा पुरस्कारका लागि गण्डकी प्रदेश सरकारमा सिफारिस गरेको जानकारी दिनुुभयो । उहाँले कषि ज्ञान केन्द्रबाट हालसम्म रु १५ लाख बराबरको अनुदानसमेत पाउनुभएको छ । छोरा सन्तोषले भारतीय तरकारीले ठूलो ‘भोल्युम’मा तरकारी खेती गर्ने नेपाली किसान मारमा परेको दाबी गर्नुभयो । “हामीले स्थानीय बजारलाई लक्षीत गरेर ठूलो ‘भोल्युम’मा तरकारी उत्पादन गरेका हुन्छौँ, उत्पादन लागत बढी पर्ने हुँदा हाम्रो तरकारी थोरै महँगो हुन्छ”, हुमनाथले भन्नुुभयो, “हाम्रो तरकारी बजारमा पुुग्दा ठीक त्यही समय भारतीय तरकारी सस्तोमा बजारमा आउँछ, अनि नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्दैनौँ ।”सन्तोषले सिँचाइका लागि पानी प्रशस्त नभएको गुनासो गर्नुभयो । हरेक किसानलाई उद्यमीका रूपमा विकास गर्न सरकारसँग उहाँको माग छ । उद्यमी किसानलाई उद्योगसँग जोड्न सकेमा मात्र कृषि व्यवसाय दिगो हुने सन्तोषको विश्वास छ । किसानलाई उत्पादन किलोका आधारमा अनुदान दिन सकेमा वास्तविक किसान मारमा नपर्ने उहाँको तर्क छ । हुुमनाथलाई श्रीमती सीता, छोरा सन्तोष, ख्यामराज र सुमन, बुहारी सङ्गीताले काममा सघाइरहनुभएको छ । रासस
२१ लाख ८७ हजार सहित एक वालक पक्राउ
मोरङ प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट अवैध रूपमा ल्याइएको २१ लाख ८७ हजार रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा मङ्गलवार अपराह्न प्रहरीले एक बालकको नगद सहित पक्राउ गरेको हो ।
नेपालले पर्यटन प्रवर्द्धन र प्रविधि रुपान्तरणमा अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको छ: मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्चशील सिद्धान्तमा सञ्चालित भएको बताउनुभएको छ । ऐतिहासिक तथ्यहरूका आधारमा एउटा स्वतन्त्र अस्तित्वमा रहेका देशहरूमा हामी पनि भएकाले सोहीअनुसारको अभ्यास भएको उहाँको भनाइ थियो ।
बेलायतसहित युरोपका वित्त संस्था नेपालमा लगानी गर्न इच्छुक
संयुक्त अधिराज्य(बेलायत)सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
खाद्य कम्पनीद्वारा धान खरिद सुरु
सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँअघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो । राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा ढिलाइ भए पनि हाल नियमित रूपमा प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ । नेपालगन्ज धनगढी क्रमशः धान खरिद सुरु हुने कम्पनीले जनाएको छ । राजपुरका पाँच ठाउँमा खरिद केन्द्र राखेर धान खरिद भइरहेको छ । तराईका जिल्लामा धान ढिला पाक्ने हुँदा अन्य जिल्लाबाट खरिद प्रक्रिया सुरु गरिएको कम्पनीले जनाएको छ ।
पाँचसय परिवारलाई कोरली गाई वितरण गर्ने लक्ष्य
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ । कोरिया सरकारले गत पुसमा ८० वटा बाछी र २१ वटा बाछा दिएको थियो । कृषि मन्त्रालयले बाछालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाइदिएको छ भने ८० वटा गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो । त्यहाँका ५१ जना किसानलाई सो बाछी वितरण गरिएको थियो ।
मिठाईको पर्व तिहारमा चिनी अभाव
सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० को बिन्दुमा पुगेकोे हो ।
सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता
नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब रु १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
दशैँमा खसी, बोका र च्याङ्ग्राको व्यापार खस्कियो, सहुलियतको पनि बिकेन
गतवर्षको तुलनामा यसवर्ष खसी,बोका,भेडा तथा च्याङ्ग्राको व्यापार खस्किएको छ । यस वर्षको दशैँमा उपभोक्ताले मासुको खपत घटाएको व्यावसायीको भनाइ छ ।
व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य
कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् ।सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ ।
सुनथराली एयरपोर्ट निर्माण सम्पन्न,जहाज आउने अत्तोपत्तो छैन
सुन्दा अच्चम लाग्न सक्छ तर सत्य घटना हो, कालीकोटको कोटवाडामा भर्खरै सम्पन्न भएको सुनथराली एयरपोर्ट ३८ वर्ष लगाएर निर्माण सम्पन्न भएको छ । २०४२ सालमा तत्कालीन जिल्ला विकास समितिको बजेटबाट शिलान्यास भएको सुनथराली एयरपोर्ट झन्डै चार दशक लगाएर निर्माण सम्पन्न भए पनि यहाँ हवाईजहाज आउने अत्तोपत्तो छैन ।
एघार हजारभन्दा बढी मौरीका घार
मौरीपालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको ऐरावती गाउँपालिका–३, जाबुनेमा खिमा पुनले मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाउनुभएको छ । परम्परागत रूपमा मुढे घारमा मौरी पाल्दै आउनुभएका पुनले केही वर्षअघिदेखि आधुनिक घारमा मौरीपालन गर्न थाल्नुभएको हो ।
निकुञ्जबाट मनग्गे राजस्व सङ्कलन
दसैँको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकबाट एक करोड ८५ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । असार १६ देखि असोज १६ सम्म निकुञ्ज प्रवेश रोक लगाएर खुलेलगत्तै जङ्गल सफारीबाट राजस्व सङ्कलन गर्न सफल भएको हो । दसैँमा निकुञ्ज प्रवेश गर्ने वृद्धि भएसँगै राजस्व बढेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म निकुञ्ज प्रवेश गर्नेबाट एक करोड ८५ लाख ४४ हजार ९५० रुपियाँ राजस्व सङ्कलन भएको हो । विदेशी पर्यटकबाट मात्रै एक करोड २० लाख रुपियाँ सङ्कलन भएको छ । यस अवधिमा छ हजार ४८ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
अर्थतन्त्रमा सुधार देखिन थाल्यो : ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्रमा सुधार आउँदै गरेको उल्लेख गर्नुभएको छ । नेपाल जनसम्पर्क समिति लन्डनले बेलायतमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रको सुधारसँगै लगानीको वातावरणमा समेत सुधार आएको बताउनुभएको हो ।