जग्गा स्वामित्वमा पुरुष र खेतीपातीमा महिला बढी
कृषि जग्गामा पुरुषको स्वामित्व बढी रहे पनि कृषि कार्य तथा खेतीपातीमा महिलाको सहभागिता बढी रहेको तथ्याङ्कले देखाएको छ । दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले जनाएको छ । नेपालको जनसङ्ख्यामध्ये ४१ लाख ५४ हजार ३४३ जना (महिला–पुरुष) को नाममा जमिनको स्वामित्व रहेका छन् तर यसमध्ये ६५.५६ प्रतिशत हिस्सा पुरुषको छ भने ३४.४ प्रतिशत हिस्सा मात्रै महिलाका छन् ।
घट्यो डिजेल पेट्रोलको मूल्य
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिसेम्बर १ अर्थात् १५ मङ्सिरदेखि लागुु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मट्टीतेल लिटरमा चार रुपियाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७० रुपियाँ र डिजेल/मट्टीतेल प्रतिलिटर १६० रुपियाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि एकहत्तर नर्स अन्तर्वार्तामा छनोट
वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो । वैदेशिक रोजगार विभागले गएको साउन ५ देखि तीन महिनाको समयावधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो । तीनमहिने अवधि राखेर आह्वान गरिएको आवेदनमा सात सय बढीको आवेदन परेकामा दुुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७५ जना मात्रै छनोट भएका हुन् । जसमा चार जना अनुपस्थित रहेकाले अन्तर्वार्तामा ७१ जना मात्रै सहभागी हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना
सरकारले आन्तरिक तथा बाह्य श्रम बजारको माग र आवश्यकताअनुसार सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ ।
नेपाल आयल निगम ऋणमुक्त
नेपाल आयल निगम ऋणमुक्त भएको छ । नेपाल आयल निगमले सरकारलाई तिर्नुपर्ने सात अर्ब रुपियाँ ऋण मङ्गलबार चुक्ता गरेसँगै निगम ऋणमुक्त भएको हो ।
खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपनि थोरै मात्रामा किसानले खाद्यलाई धान बिक्री गरेका छन् ।
बङ्गलाचुलीमा व्यावसायिक सुन्तला खेती
दाङको बङ्गलाचुली गाउँपालिका–५ कुडुले, साकिनेलगायत गाउँमा व्यावसायिकरूपमा सुन्तला खेती गर्न थालिएको छ । जिल्लामा व्यावसायिक सुन्तला उत्पादन हुन थालेपछि किसान उत्साहित बनेका छन् ।
कास्कीमा आलुखेती : निर्वाहमुखीबाट व्यावसायिकतातर्फ
झण्डै साढे तीन दशक अघिसम्म हिमाली क्षेत्रमा लगाइने आलुखेती अहिले पहाडी क्षेत्रमा व्यावसायिक रूप लिँदै गएको छ । २०४५/४६ सालतिर मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलु र कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बीउबाट कास्कीको हेम्जामा खेती सुरु गरिएकामा पछिल्ला वर्षमा जिल्लाका विभिन्न क्षेत्रमा विस्तार भएको हो ।
दूध बिक्री नभएपछि किसान चिन्तित
गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् ।
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् ।
पाँच दिनसम्म आठौँ पर्वतीय महोत्सव मनाइँदै
नेपाल पर्वतारोहण सङ्घले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौँ संस्करणको उक्त महोत्सव मङ्सिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातो पैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो ।
विपन्न विद्यार्थी अध्ययन खर्च जुटाउन विद्यालयमै कुखुरापालन
आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरा पालन व्यवसाय सुरु गरिएको छ । ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसक्ने बाध्यताको अन्त्य गर्न यस विद्यालयले विद्यार्थी पढ्ने कार्यसँगै कमाउने अवसर दिन कुखुरा पालन व्यवसाय सुरु गरेको हो ।
आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला
सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु उत्साहित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउनुहुन्छ ।
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ ।
कोदोजन्य बालीको बृहत् प्रदर्शनी हुने
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपालले संयुक्त रूपमा अन्तर्राष्ट्रिय कोदो गोष्ठी एवं बृहत् कोदो प्रदर्शनी काठमाडौँमा गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ को सन्दर्भमा पुस २ गते बृहत् कोदोजन्य बालीसम्बन्धी प्रदर्शनी तथा गोष्ठीको आयोजना हुन लागेको एफएओ नेपालका कार्यक्रमविज्ञ अरुण जिसीले जानकारी गराउनुभयो ।
‘कर्णाली उज्यालो योजनामा प्राधिकरण’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण कर्णाली उज्यालो पार्ने अभियानमा जुटेको बताउनुभएको छ । कार्यकारी निर्देशक घिसिङसहितको टोलीले कर्णालीमा विद्युत् क्षेत्रमा गरिरहेको काम र आगामी योजनाका बारेमा जुम्लामा बोल्दै प्राथमिकतामा राखेको जनाइएको हो । जुम्ला पुगेर कार्यकारी निर्देशक घिसिङले कोहलपुर, सुर्खेत, दैलेख, कालीकोट हँुदै जुम्लासम्मको १३२ केभी क्षमताको विद्युत् प्रसारण लाइन अगाडि बढाइएको पनि जनाउनुभयो ।
सरकारले तिर्यो एकासी अर्ब ऋण
सरकारले चालु आर्थिक वर्षको चार महिनामा ८१ अर्ब रुपियाँभन्दा बढी ऋण तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कात्तिकसम्म सरकारले ८१ अर्ब ६४ करोड रुपियाँ बराबर ऋणको साँवा तथा ब्याज भुक्तानी गरेको हो । यसमध्ये सरकारले आन्तरिक ऋणबापतको ६५ अर्ब ४५ करोड रुपियाँ भुक्तान गरेको छ । भुक्तान भएमध्ये ४२ अर्ब ८४ करोड रुपियाँ साँवा र २२ अर्ब ६१ करोड रुपियाँ ब्याज रहेको छ ।
सुनको मूल्य एक लाख पच्चिस हजार पुग्ने अनुमान
स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर प्रतितोला एक लाख १९ हजार तीन सय रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात सय रुपियाँ रहेको सुनको मूल्य बुधबार तोलामा एक हजार छ सय रुपियाँले बढेर एक लाख १९ हजार तीन रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो । वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताउनुभयो ।
डेढ अर्ब बिगो भराउन फैसला
दुई दशकअघि राष्ट्रिय वाणिज्य बैङ्कको कर्जा अपचलन गरी भ्रष्टाचार गरेको कसुरको मुद्दा सर्वोच्च अदालतले १२ वर्षपछि अन्तिम फैसला गरेको छ । मङ्गतुराम समूह आबद्ध नौ उद्योगले वाणिज्य बैङ्क रानी शाखा विराटनगरको २०६० सालअघि लिएको ऋण प्रकरणको टुङ्गो लागेको छ । सर्वोच्च अदालतको संयुक्त इजलासले मङ्सिर ७ गते विशेष अदालतको सुरु फैसला नै सदर गर्दै बैङ्कलाई हानि नोक्सानी पु¥याइएको एक अर्ब ३७ करोड ७१ लाख रुपियाँ असुल गर्न फैसला गरेको छ ।
एनसेलबाट अलग्गिँदै आजियटा
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको मुख्य लगानीकर्ता आजियटा समूह यसबाट अलग्गिने भएको छ । पाँच वर्षपछि दूरसञ्चार सेवाको अनुमतिपत्र नवीकरण र त्यसपछि सम्पत्ति व्यवस्थापनको विषयमा अन्योलमा रहेकै बेला उसले अलग्गिने निर्णय गरेको हो । विभिन्न देशमा सञ्चालनमा रहेका दूरसञ्चार सेवा प्रदायकको सन् २०२३ को तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गर्दै आजियटाले एनसेलबाट बाहिरिने निर्णय उल्लेख गरेको हो ।
जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैनः अर्थमन्त्री महत
अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताउनुभएको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
आठौं पर्वतीय महोत्सव २२ गतेबाट
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रामा आठौं संस्करणको महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म हुन लागेको हो ।
शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी
बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यवस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् ।