पन्ध्र अर्बको बिजुली निर्यात
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपियाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले जेठ २८ गतेदेखि भारतमा विद्युत् निर्यात सुरु गरेको थियो । प्राधिकरणका अनुसार मङ्सिर २० गतेसम्म एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् भारतमा बिक्री गरिएको हो । प्राधिकरणले प्रतियुनिट औषत आठ रुपियाँ ७७ पैसाको दरले विद्युत् निर्यात गरेको जनाएको छ । सो अवधिमा दैनिक अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात भएको प्राधिकरणले जानकारी दिएको छ ।
रोकियो डिडिसीको भत्ता सुविधा
दुग्ध विकास संस्थान (डिडिसी) ले दुध किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसासले डिडिसीका कर्मचारी तथा सञ्चालक समितिले पाउने अतिरिक्त भत्ता र सुविधा रोक्नु भएको छ ।
लचिलो हुने प्रयास
अर्थतन्त्रलाई चलायमान बनाउने नीति अवलम्बन गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत कर्जाको माग बढाउने तथा नीतिगत दर हेरफेर गर्दै लचिलो नीति अवलम्बन गरिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अर्थतन्त्रको आन्तरिक पक्षलाई ध्यानमा राखेर चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई लचिलो बनाई कार्यान्वयनमा ल्याइएको छ । समीक्षामा आवासीय घर कर्जाको सीमा वृद्धि गर्नुका साथै सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थालाई खुकुलो बनाइएको छ ।
आरोहणका लागि एक हजार ३२९ ले लिए अनुमति
शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन् । विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिनेहरू रहेका छन् । उहाँले भन्नुभयो, “अमादब्लम आरोहणका लागि ४५ समूहका ४१२ जना पुरुष र ८० जना महिला गरी ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।” त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् ।
अबको पर्यटन छुट्टै हुनुपर्छ : अर्थमन्त्री डा. महत
शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री डा. महतले प्राकृतिक र अर्गनिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध गर्नुभयो।
आलु, प्याज र स्याउमा भ्याट नलाग्ने
आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ ।
पोखराको नयाँ बजारमा व्यापार मेला सुरु
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः नियमित उडानको माग गर्दै व्यवसायी आन्दोलित
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेपछि रुपन्देहीका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।
रियल स्टेट र शेयर कर्जाको जाेखिम भार घट्यो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
बैंक ब्याजदर घट्यो : सात प्रतिशत कायम
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको आजको बैठकले उक्त नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ
बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् ।
किसानको छ अर्बभन्दा बढी रकम बाँकी
डेरी उद्योगीले बक्यौता रकम भुक्तानी नगर्दा दुध उत्पादन गर्ने किसान मर्कामा परेका छन् । डेरी उद्योगीले किसानलाई चार/पाँच महिनादेखि भुक्तानी दिएको छैन । किसानले डेरी उद्योगीबाट करिब छ अर्ब रुपियाँ भुक्तानी पाउनुपर्ने देखिएको छ । भुक्तानीको माग गर्दै शुक्रबार माओवादी केन्द्र निकट किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) राष्ट्रिय कृषक समूह महासङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ लि. नेपाललगायतका सङ्घ संस्थाले विज्ञप्ति जारी गरेका छन् । यी संस्थाले किसानको बक्यौता रकम भुक्तानी नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
दाङमा बन्न सकेन मौरी स्रोत केन्द्र
लुम्बिनी प्रदेश सरकारले दाङमा मौरी स्रोत केन्द्र स्थापना गर्ने निर्णय गरेको चार वर्ष बितिसक्दा पनि काम सुरु हुन सकेको छैन । मौरी स्रोत केन्द्र स्थापना गर्ने गरी आफ्नो नीति तथा कार्यक्रम बनाएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा प्रदेशका विभिन्न जिल्लामा विभिन्न प्रकारका स्रोत केन्द्र स्थापना गर्ने नीति अनुसार दाङमा मौरी स्रोत केन्द्र स्थापना गर्ने उल्लेख गरेको थियो । स्रोत केन्द्र स्थापनाका लागि घोराही उपमहानगरपालिका–१३, कलमघारीमा जग्गा छनोट गरिएको थियो । नेपाल मौरीपालक महासङ्घका निवर्तमान केन्द्रीय उपाध्यक्ष दीपक श्रेष्ठका अनुसार घोराही उपमहानगरपालिका–१३ को कलमघारीमा स्रोत केन्द्रका लागि जग्गा छनोट गरिएको थियो तर अहिले पनि मौरी स्रोत केन्द्र स्थापनाको काम अघि बढ्न नसकेको बताउनुभयो ।
खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय
मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा सङ्कुचन आइरहेको छ । निर्जीवन बिमा कम्पनीहरूले कात्तिकमा दुई अर्ब २८ करोड रुपियाँको हाराहारीमा कुल बिमा शुल्क आर्जन गरेका छन् । नियामक निकाय नेपाल बिमा प्राधिकरणले प्रकाशित गरेको निर्जीवन बिमा कम्पनीहरूको कात्तिकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सङ्कलित बिमा शुल्कभन्दा २३ करोड १२ लाख ६८ हजार रुपियाँ कम अर्थात् ९.१९ प्रतिशत कम बिमा शुल्क उठेको हो । यो बिमा शुल्क सङ्कलन चालु आवकै असोजको तुलनामा पनि एक अर्ब सात करोड रुपियाँ अर्थात् ३२.०१ प्रतिशतले कमी हो । असोज महिनामा निर्जीवन बिमा कम्पनीहरूले तीन अर्ब ३६ करोड छ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका थिए ।
आलु र प्याजको भाउ वृद्धि
बजारमा आलु र सुकेको प्याजको भाउ बढ्दो छ । किसानले उचित मूल्य पाउन सकेका छैनन् । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता गरेको लिखित रूपमा पत्र प्राप्त नहुँदासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ । सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । व्यवसायीको हडतालका कारण बजारमा तीन दिनदेखि आलु र प्याज पाइन छाडेको छ । बजेटमा घोषणा हुँदा आयातित आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीको आरोप छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ ।
एनसेलको शेयर खरिद बिक्री छानबिन गर्न सरकारद्वारा समिति गठन
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । सरकारले एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो ।
एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री
जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको राससलाई जानकारी दिनुभयो । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४ जना सक्रिय कृषकसहित पाँच सय चार जना अन्य सेयर सदस्य आबद्ध छन् ।
‘सेयर खरिद बिक्रीको जानकारी छैन’
कम्पनी रजिस्ट्रार कार्यालयले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडको सेयर स्वामित्व खरिद बिक्रीको कुनै आधिकारिक जानकारी नभएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै सो कार्यालयले दर्ता किताबमा रेनोल्ड होल्डिङ्स लिमिटेडको नाममा रहेको ८० प्रतिशत स्वामित्व रहेको देखिएको र त्यसको बिक्रीसम्बन्धी कुनै आधिकारिक कागजात पेस नभएको उल्लेख गरेको छ ।
रोजगारीमा बाह्र करोडभन्दा बढीको ठगी
सुर्खेतका कृष्णबहादुर रानामगर (रिदम भनेर चिनिने) ले क्रोएसियामा आकर्षक रोजगारीमा पठाइदिने भन्दै १२ करोडभन्दा धेरै रकम ठगी गरेको खुलेको छ । क्रोएसिया जाने प्रलोभनमा परेर १५० जना पीडितले रिदमलाई प्रतिव्यक्ति आठ लाखदेखि १४ लाख रुपियाँसम्म दिएको भन्दै मिडियामा आएपछि सो विषय खुलेको हो । पीडितले सरकारी निकाय, प्रहरी प्रशासनमा ठगिएको प्रमाणसहित पटक पटक धाउँदा पनि न्याय नपाएको गुनासो गर्दै आएका छन् । रिदमसहितका पाँच जनाको गिरोहबाट ठगिएका युवा अधिकांश दोलखावासी रहेको जनाइएको छ ।
भैरहवा विमानस्थल सञ्चालनका लागि दबाब
रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेपछि विभिन्न दबाबका कार्यक्रम घोषणा गरिएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीले विरोध प्रदर्शन गर्दै विमानस्थल पूर्ण रूपमा सञ्चालनको मागसहित यही मङ्सिर २२ गतेदेखि दबाबका कार्यक्रम गर्ने घोषणा गरेको हो ।
लक्षित वर्गमा पुगेन लघुवित्तको ऋण
मुलुकमा लघुवित्तको उच्च विस्तार, निश्चित क्षेत्रमा संस्थाहरूको चरम केन्द्रीकरण भएको देखिएको छ । लघुवित्तमा बहुबैङ्किङ तथा अत्यधिक ऋणको अवस्थासमेत रहेको देखिएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलालाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत सङ्कलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्ना सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरूको बचत सङ्कलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ तर नेपाल राष्ट्र बैङ्कले तयार गरेको लघुवित्त अध्ययन प्रतिवेदनका अनुसार लघुवित्त वित्तीय संस्थाको उच्च विस्तार, निश्चित क्षेत्रमा संस्थाहरूको केन्द्रीकरण भएको देखाएको छ ।
रोजगारीका लागि युरोप जाने बढे
मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको रोजगारी युरोपतिर मोडिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युुवाको सङ्ख्या १० हजार ६७८ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो चार महिनामा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामा त्यत्तिकै सङ्ख्यामा युरोप गएका छन् ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो ।