• २४ वैशाख २०८१, सोमबार

सरकारद्वारा मनिप्लान्ट सहकारी सम्मानित

blog

काठमाडौं, मङ्सिर ८ गते । आन्तरिक राजस्व कार्यालयले मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ०७८–७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८० को अवसरमा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय कोटेश्वरले बिहिबार सम्मान पत्र दिएर संस्थालाई कदर गरेको हो।

सम्मानपत्रमा विभागका महानिर्देशक दीर्घराज मैनाली र प्रमुख कर अधिकृत गणेशप्रसाद अर्यालले हस्ताक्षर गर्नुभएको छ । 

संस्थालाई सम्बोधन गर्दै लेखिएको छ, ‘‘आर्थिक वर्ष २०७८–७९ मा यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्नुभएकाले राष्ट्रिय कर दिवस २०८० को अवसरमा कदर स्वरुप यो सम्मान पत्र प्रदान गरिएको छ।’’

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’को मान्यतामा आधारित भएर क्रियाशील मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले भर्खरै १४ वर्ष पार गरेको छ। 

संस्थाका अध्यक्ष ईन्द्रमणि पोखरेल हुनुहुन्छ भने कार्यकारी प्रमुख ओमबहादुर बस्नेत हुनुहुन्छ। यसअघि सुदर्शन पराजुली अध्यक्ष हुनुहुन्थ्यो।