अध्यक्ष प्रचण्डसँग अस्ट्रेलियाका राजदूत भोल्कको बिदाइ भेट
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गर्नुभएको छ ।
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजार ८२९ जनाले गराए राहदानी नवीकरण
राहदानी विभाग र पेरिसस्थित नेपाली राजदूतावासद्वारा पोर्चुगलको राजधानी लिस्बनमा अगस्ट २ देखि १३ सम्म राहदानी नवीकरण घुम्ती सेवा आयोजना गरेको छ । घुम्ती सेवाबाट तीन हजार ८२९ जना नेपालीले आफ्नो राहदानी नवीकरणको सेवा लिएको दूतावासले विज्ञप्तिमा जानकारी दिएको हो ।
अमेरिकामा राजनीतिक प्रक्रियामा सहभागिता जनाउँदै दोस्रो पुस्ता
संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यको हावर्ड काउन्टीमा बस्दै आउनुभएका हेनरी पाण्डेय अहिले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत हुनुहुन्छ, उहाँले अमेरिकाको विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरी डाक्टर बन्ने सपना रहेको बताउनुभएको छ तर भविष्यमा जे बने पनि हामीहरुले हरेक विषयमा बन्ने कानुन र त्यसको जानकारीले दिने
राष्ट्रपति पौडेलसमक्ष अष्ट्रेलियाका राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन वोकले बिदाइ भेट गर्नुभएको छ ।
मन्त्री पाण्डे र कोरियाका पूर्व पर्यटन मन्त्रीसहितको टोलीबिच भेटवार्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युजिन रोंङबिच भेटवार्ता भएको छ ।
गृहमन्त्री लेखकसँग भारतीय विदेश सचिवको भेटवार्ता
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहीआएको उल्लेख गर्दै विदेश सचिव मिस्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
क्यानडा नेपालको एक महत्त्वपूर्ण विकास साझेदार : राजदूत पौड्याल
क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनुभएको छ।
भारत भ्रमण सकेर उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता
बिमिस्टेक सम्मेलनका लागि भारत जानुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँच दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।
भारतीय विदेशसचिव मिस्री काठमाडौँमा
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमण यहाँ आइपुग्नुभएको छ ।
गाजामा इजरायली आक्रमणबाट एक सय प्यालेस्टाइनीको मृत्यु
हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ ।
मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने
मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताउनुभएको छ ।
इजरायल र लेबनानमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह
इजरायल र लेबनानका हिजबुल्लाह समूहबिच तनाव बढ्दै गएपछि दुवै देशमा रहेका नेपाली श्रमिकलाई सचेत रहन सम्बन्धित देशका नेपाली दूतावासले अनुरोध गरेका छन् । इजरायलस्थित नेपाली दूतावास र लेबनान हेर्ने इजिप्टको कायरो दूतावासले इजरायल र लेबनान पक्षबिच हुन सक्ने युद्धलाई ध्यानमा राख्दै सुरक्षित हुन त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको हो ।
बङ्गलादेशको आन्दोलनले आयातनिर्यातमा सामान्य प्रभाव
बङ्गलादेशमा जारी आन्दोलनले नेपालसँग हुने आयातनिर्यात व्यापारमा सामान्य प्रभाव परेको छ । आन्दोलन सुरु भएदेखि नेपालसँग मात्र होइन भारत र भुटानसँग हुने व्यापार प्रभावित भएको छ । बङ्गलादेशको नाका बङ्गलाबन्ध खुल्ने र बन्द हुने क्रम जारी हुँदा व्यापारमा प्रभाव भएको हो । बङ्गलादेशसँग नेपालबाट कम मात्र सामान निर्यात भए पनि ठुलो परिमाणमा आयात हुने गरेको छ । बङ्गलादेशमा लामो समयदेखि भएको आन्दोलनका कारणले आयातनिर्यातमा प्रभाव परेको छ ।
परराष्ट्र मन्त्री राणासँग बेलायती राजदूतको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले बुधबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।
रुस युद्धमा मारिएका पाँच नेपालीको अस्तुधातु परिवारलाई हस्तान्तरण
रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।
वैदेशिक रोजगारीका ठगी उजुरी सन्ताउन्न प्रतिशतले वृद्धि
वैदेशिक रोजगारीका नाममा हुने ठगीका उजुरी पछिल्लो वर्षमा ५७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार ३५६ उजुरी र आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आवभन्दा गत आवमा वैदेशिक रोजगारीका क्रममा भएका ठगीका उजुरीको सङ्ख्या चार हजार ४०६ ले बढेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन ।
शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित
इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन् ।
बेलायतमा हूलदङ्गा भएको स्थानमा भ्रमण नगर्न नेपाली दूतावासको आग्रह
संयुक्त अधिराज्य वेलायतमा रहेको नेपाली राजदुतावासले हालै केही दिनदेखि बेलायतका विभिन्न शहरमा प्रदर्शन हुलदंगा चलिरहेको हुँदा बेलायतमा रहनुभएका एवम् बेलायत भ्रमण गर्न लाग्नुभएका सम्पूर्ण नेपाली नागरिकलाई यस्तो हूलदङ्गा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको छ ।
परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
इजरायल जान तीन हजार ४६१ आवेदन स्वीकृत
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको छ ।
लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित : परराष्ट्र मन्त्रालय
सरकारले लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमा जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको हो ।
विश्व बैङ्कसँग सडक सुधारका लागि ११ अर्ब बराबरको सम्झौता
नेपालको प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि विश्व बैङ्क र सरकारबिच ११ अर्ब रुपियाँ बराबरको वित्तीय सम्झौता भएको छ ।
बङ्गलादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा जारी रहेको आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय रूपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिनुभएको छ ।