• ११ असोज २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

blog

प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता गर्नुहुँदै । तस्बिर : दिनेश भण्डारी

 न्युयोर्क (अमेरिका) असोज ७ गते । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका  प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । 

 प्रधानमन्त्रीको सचिवालयका अनुसार, उहाँहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा हुनुहुन्छ ।