बाढी पहिरोपीडितलाई पाकिस्तानको सहयोग
कोशी प्रदेशका बाढी पहिरो पीडित परिवारलाई पाकिस्तानले सहयोग गरेको छ । नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल–पाकिस्तान युवा परिषदले इलाममा बाढी पहिरो प्रभावित परिवारलाई राहत सहयोग प्रदान गरेको छ ।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु
नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार सुरु गरेको छ ।
अमेरिकाको फोर्ट वर्थ सिटीद्वारा दीपावली पर्वलाई मान्यता प्रदान
नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले मान्यता प्रदान गरेको छ ।
जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने
जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि टोकियो सप्ताह हुने भएको छ ।
मानवतावादी मूल्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको प्रतिबद्धता
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानवतावादी मूल्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिनुभयो ।
सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगारत्नमसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गर्नुभएको छ ।
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट
विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएको छ ।
बेलायतमा नेपाल एजुकेसन अवार्ड्स : शैक्षिक संस्थाबिच सहकार्यको नयाँ अध्याय सुरु
लन्डनको युनिभर्सिटी अफ ग्रिनिचमा ‘नेपाल एजुकेसन अवार्ड्स युके २०२५’ सम्पन्न भएको छ।
प्रधानमन्त्रीसँग अस्ट्रेलियाली राजदूतको भेट
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अस्ट्रेलियाली राजदूत लिअन जोनस्टनले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीसँग बेलायती टोलीको भेटवार्ता
प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत रोब फेन नेतृत्वको प्रतिनिधि मण्डलबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।
विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू
विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ ।
अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त
विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ ।
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गर्नुभएको छ ।
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबिच सोमबार यहाँ भेटवार्ता भएको छ ।
जीवित आशा गरिएका विपीन जोशीको शव इजरायल ल्याइँदै
लामो समयदेखि प्रतीक्षा गरेका नेपाली विद्यार्थी विपीन जोशी अब जीवितै फर्कने आशा निराशामा परिणत भएको छ ।
देवकोटा जयन्ती सम्पन्न
शनिबार साँझ यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गरिएको छ । नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले शनिवार महाकवि देवकोटा जयन्तीको अवसर पारेर आयोजना गरेको लक्ष्मीजयन्ती तथा अभिनन्दन समारोहमा नेपाली साहित्यका नक्षत्र देवकोटाको योगदानको चर्चा गरिएको थियो ।
नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक
नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत
इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा अब्दुल्लातिफ जमाल रसिदसमक्ष बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक
हमास समूहको बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको बुधबार एउटा भिडियो सार्वजनिक भएको छ । इजरायली गुप्तचर निकायले सन् २०२३ अक्टोबर ७ मा किबुट्ज अलुमिमबाट हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको नयाँ भिडियो फुटेज प्राप्त गरेको जनाएको छ ।
फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावास र नियोग प्रमुखहरुलाई आज भर्चुअल सम्बोधन गर्नुभएको छ ।