नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द
जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट घरमा नजरबन्द गरिएको एक सैन्य अधिकारीले बुधबार बताएका छन् ।
अर्थमन्त्री पुन र विश्व बैङ्कका दुई उपाध्यक्षबिच भेटवार्ता
अर्थमन्त्री वर्षमान पुनले विश्व बैङ्कका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गर्नुभएको छ । आकिहिको निसिओ विश्व बैङ्कका विकास वित्त (डीएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुनुहुन्छ ।
लगानी सम्मेलनबारे कतारको चासो
नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहमद एलएई अन्सारीले नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा चासो व्यक्त गर्नुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मङ्गलबार सिंहदरबारमा भएको भेटका अवसरमा राजदूत अन्सारीले लगानी सम्मेलनका विषयमा व्यक्त गर्नुभएको हो । भेटमा श्रममन्त्री अर्यालले नेपालले गर्न लागेको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई लक्षित गरेर गरिएकाले कतारबाट पनि सहयोग आउनेमा विश्वास व्यक्त गर्नुभयो ।
उच्च जोखिमका क्षेत्रमा श्रमिक नपठाउन आग्रह
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्चालन (एनएनएसएम) ले द्वन्द्व प्रभावित क्षेत्रमा जोखिमपूर्ण वा उच्च जोखिमको कामका लागि नेपाली श्रमिक पठाउन रोक्न सरकारसँग आग्रह गरेका छन् । जेटियुसिसी र एनएनएसएमले मङ्गलबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जोखिमपूर्ण देशमा नेपाली श्रमिकको भर्तीलाई रोक्न माथिल्लो तहबाट तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका हुन् ।
रासायनिक मल उद्योग स्थापनामा लगानी गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहनुभएका गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
इजरायली आक्रमणबाट ३३ हजार ७९७ प्यालेस्टाइनीको मृत्यु
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या ३३ हजार ७९७ पुगेको छ ।
भारतीय नाका आजदेखि तीन दिन बन्द
भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।
इजरायलमा रहेका नेपालीको सुरक्षा चासो
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गर्नुभएको छ । आइतबार बिहानदेखि इरानले इजरायलको राजधानी तेल अभिभलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गर्नुभएको हो ।
अमेरिकामा नेपाली चेम्बर गठन
अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरू सङ्गठित भएका छन् । उनीहरूले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स गठन गरेका हुन् ।