तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतका युवा राज्यमन्त्री काठमाडौँमा
भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नुभएको छ ।
कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने
पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ ।
थाइल्यान्डमा विमान दुर्घटना: सात जनाको मृत्यु
थाइल्यान्डको पूर्वी प्रान्त चाचोएङ्साओमा बिहीवार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित सात जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर उडान दिउँसो करिब ३ः१० बजे म्यानग्रोभ जङ्गलमा खसेपछि खोजी तथा उद्धार कार्य जारी छ ।
औसतमा वार्षिक सात लाख तेह्र हजार नेपाली वैदेशिक रोजगारीमा
गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् भने गत आवको सो अवधिमा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ५५ हजार ५७५ थियो । चालुु आवको पहिलो महिना साउनमा श्रम स्वीकृति लिने महिलाको सङ्ख्या आठ हजार १४५ रहेको छ ।
अस्ट्रेलियाको फुटबल प्रतियोगितामा नेपाली टोली विजयी
अस्ट्रेलियाको तास्मानियास्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ ।
दक्षिण कोरिया र नेपालको सम्बन्ध थप बलियो बनाउनु पर्छ : मन्त्री शाही
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले दक्षिण कोरिया र नेपालको साझेदारी सम्बन्ध थप बलियो बनाउनु पर्ने बताउनुभएको छ ।
आठौँ धर्म–धम्म सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
भ्रमणले नेपाल-भारत आपसी सद्भाव अभिवृद्धि भएको छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबिचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
नेपालमा नयाँ सफलताको कथा लेख्ने बाटोमा छौँ : एमसिसीका आवासीय निर्देशक
नेपाली जनताको मन जित्नेगरी एमसिसी परियोजनाको काम भइरहेको दाबी सरोकारवाला उच्चअधिकारीहरूले दाबी गर्नुभएको छ ।
दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखापरिरहेको जलवायु परिवर्तनको असर लगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गर्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. राणालाई जनसम्पर्क समिति भारतको बधाई
हाल भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपाली कांग्रेस जनसम्पर्क समिति भारतले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
परराष्ट्रमन्त्री डा. राणा र विदेश विभाग प्रमुख डा चौथाइवालेबीच भेटवार्ता
भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच शुक्रबार भेटवार्ता भएको छ ।
लेबनानविरुद्धको इजरायली आक्रमणबाट फताह समूहका स्थानीय नेताको मृत्यु
लेबनानको दक्षिणी सहर सिदोनमा बुधबार इजरायली आक्रमणमा फताहका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी समूहका एक वरिष्ठ सदस्य र एक सुरक्षा स्रोतले बताएका छन् ।
दुबईमा नेपाली आदिवासीको सांस्कृतिक प्रदर्शन
दुबईमा ३० औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवस विभिन्न जातिय खानपान, भेष भूषाहरुको प्रदर्शन, शुभकामना आदन प्रदान र मौलिक संस्कृति झल्काउँदै सम्पन्न भएको छ ।
वैदेशिक रोजगारी महिलाको सङ्ख्या वृद्धि
वैदेशिक रोजगारीका लागि विदेश जाने महिलाको सङ्ख्या बर्सेनि बढेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार रोजगारीका लागि विदेश जाने महिलाको सङ्ख्या आर्थिक वर्ष २०७९/८० अघिल्लो वर्षको तुलनामा गत आवमा पनि वृद्धि भएको छ । यो सङ्ख्या श्रम स्वीकृति लिएका महिलाको मात्रै हो । श्रम स्वीकृति नलिईकन भारतलाई ट्रान्जिट बनाएर खाडी र मलेसियामा घरेलु काम जानेको सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिन्छ । यति नै महिला त्यहाँ कार्यरत छन् भन्ने तथ्याङ्क भेटिँदैन ।
परराष्ट्रमन्त्री डा. राणाद्वारा भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता
भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
धेरै देशमा गैर आवासीय नागरिकलाई पूर्ण दोहोरो नागरिकता प्रदान
बेलायतमा रहेका नेपालीहरूले विदेशमा रहेका नेपालीले नेपालमा कसरी नागरिकता प्राप्त गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । वक्ताहरुले धेरै देशले गैर आवासीय नागरिकलाई पूर्ण दोहोरो नागरिकता प्रदान गरेको जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता
भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गर्नुभएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उहाँ भारत प्रस्थान गर्नुभएको हो ।
नेपाली भाषा साहित्य संस्कृति र दर्शनको अनुसन्धान गर्ने सहमति
नेपाल प्रज्ञाप्रतिष्ठान र काशी हिन्दु विश्वविद्यालय वाराणसी भारतअन्तर्गत कला सङ्घ सङ्कायको भारतीय भाषा विभागबीच नेपाली भाषा साहित्य, संस्कृति तथा दर्शनको अध्ययन अनुसन्धान गर्नेसम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ ।
गृहमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको शिष्टाचार भेट
गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर हाम्डीले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री ओली र अमेरिकी उप–विदेशमन्त्री वर्माबिच भेट
प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर.वर्माबिच शिष्टाचार भेटवार्ता भएको छ ।
उपराष्ट्रपति यादवसँग होली सीका राजदूतको शिष्टाचार भेट
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि होली सी र भेटिकन सिटीका महामहिम राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गर्नुभएको छ ।
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा उहाँले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताउनुभयो ।