एसिड हान्ने भन्दै भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमा एसिड हान्ने भन्दै भिडियो अपलोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको साबिक देउराउली गाविस-४ घर भई हाल नवलपरासीको (बर्दाघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाल रहेका छन् ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौंको टोखा नगरपालिका–६ टोखाबाट बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिक पक्राउ
प्रहरीले धनुषा, पर्सा र रुपन्देहीबाट स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार जनकपुर उपमहानगरपालिका–१२ कुवाँबाट स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँसहित एक जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए दम्पती
बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षीय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षीया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
कल सेन्टरबाट चिनियाँ र भारतीयसहित छत्तीस पक्राउ
प्रहरीले कल सेन्टरमा छापा मारेर चिनियाँ, भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँको तीनकुनेस्थित सेन्टरमा सोमबार स्काई वल्र्ड सर्भिस सेन्टर नामक कल सेन्टरमा प्रहरीले छापा मारी ३६ जनालाई पक्राउ गरेको हो।
चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै
चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।
लोकगायिका सुनारको हत्या आरोपमा श्रेष्ठ जेल चलान
लोकगायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा
काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको हो ।
धर्मसन्तानका नाममा गैरकानुनी रुपमा लगियाे १४९ बालबालिका विदेशमा
धर्मसन्तानका नाममा १४९ बालबालिका गैरकानुनी रुपमा विदेश लगिएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनअनुसार १४९ बालबालिका धर्मसन्तानका नाममा गैरकानूनी रुपमा विदेशमा लगिएको देखिएको हाे।