विभिन्न क्लब, डान्सबार र दोहोरीमा जान्थ्यो सक्कली बोतलमा नक्कली मदिरा
विभिन्न ब्राण्डका सक्कली बोतलमा नक्कली रक्सी (मदिरा) राखेर एक समूहले उपत्यकाका डिस्को, डान्सबार, दोहारी तथा नाइट क्लबमा बिक्री गर्ने गरेको खुलेको छ।
मृतक खड्गविक्रमविरुद्ध ३० करोडको भ्रष्टाचार मुद्दा
बीस वर्षअघि निधन भइसकेका कुमार खड्गविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उहाँविरुद्ध २९ करोड ८८ लाख ८१ हजार रुपियाँ बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। राजपरिवारका ज्वाइँसमेत रहनुभएका शाहको २०५८ साल जेठ १९ गतेको राजदरबार हत्याकाण्डमा निधन भएको थियो। कर्मचारीलाई प्रलोभनमा पारेर शाहले धनुषाको पिडारी चोकस्थित रत्नसागर मन्दिरको जग्गा आफ्नो नाममा ल्याएको आयोगको आरोप छ।
जनकपुर गुठीका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी
जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिनुभयो ।
अभिनेता पल शाहको मुद्दाको पेसी भदौ ८ र १५ गते तोकियो
अभिनेता पूर्णविक्रम उर्फ पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी भदौको ८ र १५ गतेको लागि तोकिएको छ। नवलपुर जिल्ला अदालतमा भदौ ८ र तनहुँ जिल्ला अदालतमा १५ गतेका लागि पेशी तोकिएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो।
लागूऔषध गाँजासहित ओसारपसारमा संलग्न एकजना पक्राउ
प्रहरीले बर्दिवास १ स्थित पूर्वपश्चिम लोकमार्गबाट नियन्त्रित लागूऔषध गाँजासहित ओसारपसारमा सम्लग्न एकजनालाई पक्राउ गरेका छ । प्रहरीले करिव चा किलो तयारी गाँजासहित सर्लाही गोडैता ११ माधोपुरका २६ वर्षीय पिताम्बर साहलाई नियन्त्रणमा लिएको हो ।
बेवारिसे शव फेला
जिल्लाको भेरीगंगा नगरपालिका–९ जहरेमा बेवारिसे शव फेला परेको छ । मंगलबार बिहानको समयमा शव फेला परेको हो ।
कुलो विवादमा एकजनाको मृत्यु
कपिलबस्तुमा सिँचाइ गर्ने कुलोको विवादबाट एक जनाको मृत्यु भएको छ ।
‘मिटरब्याज लिएर जनता ठग्नेहरुलाई कारबाही गरिने’
गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताउनुभएको छ ।